Edu Sawal

Edu Sawal This is Official page of Edusawal. Edusawal is country’s leading education news portal. True Information about Education and College.

बाढीपीडितलाई उपचारमा सहयोग गर्न नेपाल शैक्षिक परामर्श संघ इक्यानद्वारा आयोजित रक्तदान कार्यक्रम ।
27/08/2026

बाढीपीडितलाई उपचारमा सहयोग गर्न नेपाल शैक्षिक परामर्श संघ इक्यानद्वारा आयोजित रक्तदान कार्यक्रम ।

रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्पछि उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सूचना ...
27/08/2026

रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्पछि उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सूचना तथा सञ्चार मन्त्रालयले संवेदनशील तस्बिर, भिडिओ तथा अपुष्ट सूचना प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ।

काठमाडौं- रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्पछि उत्पन्न विषम परिस्थितिलाई...

शैक्षिक परामर्शदाता संस्था ओली एन्ड एसोसिएट्सले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्...
27/08/2026

शैक्षिक परामर्शदाता संस्था ओली एन्ड एसोसिएट्सले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

नेपालका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो क्षति भइरहेका बेला प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम राहत कोषमा योगदान गरिएको संस्थाले जनाएको छ। ओली एन्ड एसोसिएट्सले आफू नेपालका नागरिक तथा समुदायसँग गहिरो रूपमा जोडिएको संस्था भएकाले संकटका समयमा एकअर्कालाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको जनाएको छ।

काठमाडौँ - शैक्षिक परामर्शदाता संस्था ओली एन्ड एसोसिएट्सले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थाप.....

आज बसेको सचिव स्तरीय बैठकले ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनर्स्थापनामा सरकारी कर्मचारीहरुवाट राहत सहयोग उठाउने निर...
27/08/2026

आज बसेको सचिव स्तरीय बैठकले ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनर्स्थापनामा सरकारी कर्मचारीहरुवाट राहत सहयोग उठाउने निर्णय गरेको छ।राष्ट्रसेवकहरूको तर्फवाट योगदान गर्न श्रेणीविहीन कर्मचारीबाट मासिक सुरु तलब स्केलको २ दिनको, राजपत्र अनंकित वा सो सरहका कर्मचारीबाट ५ दिनको, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सो सरहका कर्मचारीबाट ७ दिनको र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीवाट १० दिन बराबरको तलब/पारिश्रमिक रकम २०८३ भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय भएकाे छ।

काठमाडौँ - प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय संकट, राहत तथा ...

विद्यार्थीलाई व्यवसायिक विचार विकास तथा त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले...
27/08/2026

विद्यार्थीलाई व्यवसायिक विचार विकास तथा त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले ‘युनाइटेड इग्नाइट’ आयोजना हुँदै आएको कलेजले जनाएको छ। यसअघिका संस्करणबाट उत्कृष्ट भएका विद्यार्थीहरूले आइडिया स्टुडियो नेपालको ‘कलेज आइडिया हन्ट’ लगायत राष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागिता जनाएका छन्। युनाइटेड कलेजले २०२६/२७ शैक्षिक सत्रका लागि बीबीएम,बीसीए, बीबीएस, बीए र एमबीएस कार्यक्रममा भर्ना खुला गरेको जनाएको छ।

ललितपुर- युनाइटेड एकेडेमी समूहअन्तर्गतको युनाइटेड कलेजले तेस्रो वार्षिक व्यवसायिक विचार प्रस्तुति प्रतियोगि.....

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सी परिवारले प्...
27/08/2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। बाढीका कारण आफन्त गुमाएका परिवार तथा घाइते र घरबारविहीन बनेका नागरिकको पीडामा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले जानकारी दिए।

काठमाडौँ- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गोरेटो कन्स....

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्...
27/08/2026

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसँग बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा आर्थिक जोखिम न्यूनीकरणको महत्वपूर्ण माध्यम भएकाले सबै नागरिक बीमाको दायरामा आउनुपर्ने बताए।

विराटनगर- नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालयक...

ईक्यान मार्फत संकलित सहयोग रकम पारदर्शी रूपमा सम्बन्धित राहत कोष तथा निकायमार्फत प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्...
27/08/2026

ईक्यान मार्फत संकलित सहयोग रकम पारदर्शी रूपमा सम्बन्धित राहत कोष तथा निकायमार्फत प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा प्रयोग हुने संघले जनाएको छ। बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै ईक्यानले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। बेपत्ता नागरिकहरू शीघ्र सकुशल परिवारको सम्पर्कमा फर्किऊन् भन्ने कामना पनि संघले गरेको छ।

काठमाडौँ - नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले आफ्नो ३०औँ स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम स्थगित गर्दै ...

रसुवाको भोटेकोशी हुँदै अन्य नदीसम्म फैलिएको बाढीले धादिङ, नुवाकोट र रसुवा जिल्लाका एक दर्जन विद्यालयमा क्षति पुर्याएको छ...
27/08/2026

रसुवाको भोटेकोशी हुँदै अन्य नदीसम्म फैलिएको बाढीले धादिङ, नुवाकोट र रसुवा जिल्लाका एक दर्जन विद्यालयमा क्षति पुर्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति रसुवा जिल्लामा भएको प्रारम्भिक अनुमान छ । मन्त्रालयका अनुसार रसुवाका तीन वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्। एउटा विद्यालयमा भने आंशिक क्षति पुगेको छ।

काठमाडौँ- रसुवाको भोटेकोशी हुँदै अन्य नदीसम्म फैलिएको बाढीले धादिङ, नुवाकोट र रसुवा जिल्लाका एक दर्जन विद्यालयम....

27/08/2026

रसुवाको भोटेकोशी हुँदै अन्य नदीसम्म फैलिएको बाढीले धादिङ, नुवाकोट र रसुवा जिल्लाका एक दर्जन विद्यालयमा क्षति पुर्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै मानवीय तथा भौतिक क्षति रसुवा जिल्लामा भएको प्रारम्भिक अनुमान छ।
मन्त्रालयका अनुसार रसुवाका तीन वटा विद्यालय पूर्ण रूपमा ध्वस्त भएका छन्। एउटा विद्यालयमा भने आंशिक क्षति पुगेको छ।

Address

Anamnagar-29, Ghattekulo
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Edu Sawal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Edu Sawal:

Shortcuts

Share