The RUJU । द रुजू

The RUJU । द रुजू FactCheck From Nepal, theruju.com
Email: [email protected] It provides factual and impartial information to the Nepali people.

THERUJU.COM is a digital media platform dedicated to fact-checking and verifying public information. Run by experienced journalists, researchers, and experts in Nepal, the primary goal of THERUJU.COM is to fact-check and authenticate false and misleading information, delivering accurate and verified content to readers, viewers, and listeners. Registered as a media outlet with the Department of Inf

ormation and Broadcasting and the Press Council Nepal, THERUJU.COM adheres to the Code of Principles set by the International Fact-Checking Network (IFCN). tRUJU Digital Publication
New Baneshwor, Kathmandu, Nepal
Contact No.: 977 9761819654
Email : [email protected]
DoIB Reg No: 4479-2080/2081

दाबीः मुग्लिङ रोडमा पहिरोका कारण दुईवटा ट्रक खोलामा खस्यो । वास्तविकताः यो दाबी भ्रामक छ। यो भिडियो AI ले बनाएको हो र मु...
01/08/2025

दाबीः मुग्लिङ रोडमा पहिरोका कारण दुईवटा ट्रक खोलामा खस्यो ।

वास्तविकताः यो दाबी भ्रामक छ। यो भिडियो AI ले बनाएको हो र मुग्लिङमा यस्तो कुनै पनि दुर्घटना भएको छैन।

दाबी: चितवनमा माओवादी नेताहरू वन्यजन्तुका अंगसहित पक्राउ परेको दाबी।तथ्यजाँच: यो दाबी गलत हो। पुरानो घटनाको तस्बिर प्रयो...
31/07/2025

दाबी: चितवनमा माओवादी नेताहरू वन्यजन्तुका अंगसहित पक्राउ परेको दाबी।

तथ्यजाँच: यो दाबी गलत हो। पुरानो घटनाको तस्बिर प्रयोग गरी भ्रम फैलाइएको छ।

पूरा पढ्नुहोस्:
https://theruju.com/2025/07/31/maobadi-neta-banyajantuko-angasahit-pakrau-pareko-dabi-asatya

Fact Altert: भ्रम फैलाउने प्रयास: रुसको भन्दै म्यान्मारको पुरानो भिडियो पोस्ट !दाबी:  रुसमा गएको विनाशकारी भूकम्पको सीसी...
31/07/2025

Fact Altert: भ्रम फैलाउने प्रयास: रुसको भन्दै म्यान्मारको पुरानो भिडियो पोस्ट !

दाबी: रुसमा गएको विनाशकारी भूकम्पको सीसीटीभी फुटेज !
वास्तविकता: रुसको भन्दै म्यान्मारमा गएको भुकम्पको पुरानो फुटेज पोस्ट !

Fact Check :No Evidence of 500 Armed Child Traffickers Entering Nepal from India !!दाबी:भारतबाट ५०० तस्कर हतियारसहित नेप...
29/07/2025

Fact Check :No Evidence of 500 Armed Child Traffickers Entering Nepal from India !!

दाबी:
भारतबाट ५०० तस्कर हतियारसहित नेपाल प्रवेश?

सत्य:
यो दाबी पूर्णत: गलत हो।

फोटो तथ्य:
पोस्टमा देखिएको तस्बिर भारतमा पक्राउ परेका अल-कायदा आतङ्कवादीको हो, तस्करको होइन।

मिडियामा छैन:
नेपाल वा भारतका कुनै पनि विश्वसनीय मिडियामा यस्तो समाचार छैन।

प्रहरीको भनाइ:
केवल हल्ला हो, कुनै प्रमाण छैन।

त्रास फैलाउने अफवाहहरू साझा नगर्नुहोस्।

Fact Altert: लोकप्रिय युट्युबर प्रसन्न लामाले अवैध बेटिङ एपको प्रचार?दाबी: हालै युट्युबर प्रसन्न लामाले अवैध अनलाइन बेटि...
27/07/2025

Fact Altert: लोकप्रिय युट्युबर प्रसन्न लामाले अवैध बेटिङ एपको प्रचार?

दाबी: हालै युट्युबर प्रसन्न लामाले अवैध अनलाइन बेटिङ एप 'khalti88' को प्रचार गरेका छन् ।

वास्तविकता: 'khalti88' नामक प्लेटफर्म अवैध र शंकास्पद छ। नेपालको कानुनअनुसार जुवा तथा सट्टेबाजीको प्रचार गर्नु दण्डनीय अपराध हो।

के सिक्किममा नेपाली राष्ट्रगान बजाइएको हो?सामाजिक सञ्जालमा फैलिएको दाबी अनुसार भारतको सिक्किम राज्यमा प्रहरीको स्थापना द...
25/07/2025

के सिक्किममा नेपाली राष्ट्रगान बजाइएको हो?

सामाजिक सञ्जालमा फैलिएको दाबी अनुसार भारतको सिक्किम राज्यमा प्रहरीको स्थापना दिवसमा नेपाली राष्ट्रगान बजाइएको भनिएको छ । तर यो दाबी पूर्ण रूपमा भ्रामक र तथ्यविहीन छ । वास्तवमा, भिडियो सन् २०१९ मा आयोजित गणतन्त्र दिवसको कार्यक्रममा नेपाली समुदायद्वारा दिइएको सांस्कृतिक प्रस्तुति हो, जसलाई गलत सन्दर्भमा प्रयोग गरी प्रचार गरिएको हो । यो प्रहरीको कार्यक्रम थिएन, न त आधिकारिक रूपमा राष्ट्रगान बजाइएको थियो ।



The RUJU | Nepali Fact Check | Sikkim | National Anthem

सावधान! ग्यास्ट्रिकका घरेलु उपायमा लुकेको भ्रम !दही, बिरेनुन र ज्वानो खाँदा जस्तोसुकै ग्यास्ट्रिक पनि हप्तादिनमै निको हु...
25/07/2025

सावधान! ग्यास्ट्रिकका घरेलु उपायमा लुकेको भ्रम !

दही, बिरेनुन र ज्वानो खाँदा जस्तोसुकै ग्यास्ट्रिक पनि हप्तादिनमै निको हुन्छ" भन्ने दाबी भ्रामक हो। यस्ता घरेलु उपायहरूले अस्थायी राहत त दिन सक्छन्, तर ग्यास्ट्रिकको जरो उपचार गर्दैनन्। गम्भीर अवस्थामा डाक्टरको जाँच र सल्लाह आवश्यक पर्छ। यस्ता अन्धविश्वासले स्वास्थ्य जोखिम बढाउन सक्छ, त्यसैले साँचो जानकारीमा विश्वास गरौँ, भ्रामक दाबीबाट जोगिऔँ।

रूजू तथ्यजाँच: भ्रामक सूचना विरुद्ध एक सशक्त अभियान।

24/07/2025

Ruju Awareness : The Importance of Netiquette in Nepal; Digital Behavior Guidelines for Social Media Users.

नेटिक्वेट: सभ्य डिजिटल नागरिकताको आधार
आजकाल नेपालमा धेरै मानिसहरू फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम जस्ता प्लेटफर्म चलाउँछन्। तर चलाउन जान्नु मात्र पर्याप्त छैन, नेटिक्वेट (Netiquette) — अर्थात् इन्टरनेटमा सभ्य व्यवहार गर्ने नियमहरू — जान्न र पालना गर्न आवश्यक छ।

नेटिक्वेट किन आवश्यक छ?
नेपालमा अनलाइन दुरुपयोग, गालीगलौज, चरित्र हत्या, अफवाह फैलाउने, गोपनीयता उल्लङ्घन र जातीय/लैङ्गिक भेदभाव जस्ता समस्या बढ्दै गएका छन्। यसले सामाजिक तनाव, कानुनी कारवाही र व्यक्तिगत छवि बिगार्न सक्छ।

मुख्य नेटिक्वेट नियमहरू:

१. आदरपूर्वक व्यवहार गर्नुहोस् – विनम्र भाषा प्रयोग गर्नुहोस्, अरुलाई आक्रमण नगर्नुहोस्।
२. सकारात्मक र प्रमाणित सामग्री पोस्ट गर्नुहोस् – अफवाह वा रिसमा आधारित पोस्ट नगर्नुहोस्।
३. गोपनीयता कायम राख्नुहोस् – अरुको अनुमति बिना केही नसेयर गर्नुहोस्।
४. शक्तिको दुरुपयोग नगर्नुहोस् – प्रशासनिक अधिकारलाई इमानदार रूपमा प्रयोग गर्नुहोस्।
५. बौद्धिक सम्पत्तिको सम्मान गर्नुहोस् – अरुको सामग्री चोर्नु हुँदैन; अनुमति वा क्रेडिट दिनुहोस्।
६. गल्ती क्षमा गर्नुहोस् – सभ्य र रचनात्मक रूपमा प्रतिक्रिया दिनुहोस्।
७. कानुनको पालना गर्नुहोस् – साइबर अपराध कानुनी रूपमा दण्डनीय छन्।

“मोबाइल चलाउनु आधुनिकता होइन, नेटिक्वेट पालना गर्नु नै साँचो डिजिटल नागरिकता हो।”

आजैदेखि नेटिक्वेट अपनाऔं, सभ्य डिजिटल समाज बनाऔं।







गोलपत्ता र आठआने झार : चमत्कार या भ्रम ?गोलपत्ता अथवा आठआने झार दैनिक खालीपेट सेवन गरे आन्द्राको घाउसमेत ठीक हुन्छ" भन्न...
24/07/2025

गोलपत्ता र आठआने झार : चमत्कार या भ्रम ?

गोलपत्ता अथवा आठआने झार दैनिक खालीपेट सेवन गरे आन्द्राको घाउसमेत ठीक हुन्छ" भन्ने दाबी वैज्ञानिक प्रमाणमा आधारित छैन र भ्रामक हुन् । यस्ता घरेलु उपायहरूले सामान्य स्वास्थ्यमा सहयोग पुर्‍याउन सक्छन्, तर आन्द्राको घाउ (जस्तै अल्सर) जटिल रोग भएकाले चिकित्सकीय परीक्षण र औषधिको आवश्यकता पर्छ । खालीपेटमा जडीबुटी सेवनले उल्टो असर पनि पार्न सक्छ। त्यसैले यस्ता दाबीहरूलाई बिना प्रमाण विश्वास गर्नु उपयुक्त होइन; कुनै पनि स्वास्थ्य समस्या आएमा चिकित्सकको सल्लाह लिनु आवश्यक छ।


डेंगुको मौसममा गलत जानकारीबाट कसरी बच्ने?अहिले डेंगुको सिजन छ, र दुर्भाग्यवश, यससँगै धेरै गलत जानकारी र अफवाहहरू पनि फैल...
23/07/2025

डेंगुको मौसममा गलत जानकारीबाट कसरी बच्ने?

अहिले डेंगुको सिजन छ, र दुर्भाग्यवश, यससँगै धेरै गलत जानकारी र अफवाहहरू पनि फैलिरहेका छन्। सही र गलत छुट्याउनु अहिले झनै महत्त्वपूर्ण छ।

यहाँ दुई सामान्य डेंगुका अफवाहहरू र तिनीहरूको वास्तविकता प्रस्तुत गरिएको छ:

अफवाह १: डेंगु मानिसबाट मानिसमा छुँदा सर्छ।

वास्तविकता: गलत! डेंगु लामखुट्टेको टोकाइबाट मात्र सर्छ, सिधा सम्पर्कबाट होइन।

अफवाह २: सबै लामखुट्टेले डेंगु सार्छन्।

वास्तविकता: गलत! 'एडीस एजिप्टाई' र 'एडीस एल्बोपिक्टस' प्रजातिका पोथी लामखुट्टेले मात्र डेंगु सार्छन्।

याद गर्नुहोस्: कुनै पनि स्वास्थ्य जानकारी Social media वा अनौपचारिक स्रोतबाट प्राप्त हुँदा सधैं आधिकारिक स्वास्थ्य निकाय वा डाक्टरसँग पुष्टि गर्नुहोस्।

सही जानकारी फैलाऔं र डेंगु रोकथाममा सहयोग गरौं!

Fact Check: Can a Pregnancy Test Kit Identify the Father?Video Link : https://www.facebook.com/share/r/1ApKSyBjsT/Bises ...
22/07/2025

Fact Check: Can a Pregnancy Test Kit Identify the Father?

Video Link : https://www.facebook.com/share/r/1ApKSyBjsT/
Bises Khabar HD जस्ता टिकटक आइडीहरूमा यस्तो दाबी गरिएको छ, तर यो पूर्ण रूपमा झुटो हो। प्रेग्नेन्सी किटले महिलाको पिसाबमा HCG हर्मोन परीक्षण गरेर गर्भ भएको हो कि होइन मात्र देखाउँछ। यो किटले DNA परीक्षण गर्दैन र बाबुको अनुहार देखाउन सक्दैन। बाबु पत्ता लगाउन चाहिँ अलग प्रक्रिया — Non-Invasive Prenatal Paternity Test — आवश्यक पर्छ, जुन विशेष प्रयोगशालामा गरिन्छ। यस्ता भाइरल दावीहरू भारतमा पनि झुटा प्रमाणित भइसकेका छन्।

Fact Check : Is it true that B***n Shah signed to support Rabi Lamichhane?के बालेनले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरे...
21/07/2025

Fact Check : Is it true that B***n Shah signed to support Rabi Lamichhane?

के बालेनले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन त ?

यस्ता पोस्टहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।
हालसालै युट्युब च्यानल र टिकटक आइडीहरुमा पोस्ट गरिएको दृश्यमा बालेन शाहलाई देख्न सकिन्छ । साथै बालेनले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको दाबी गरिएको छ ।

तर, यो रुजू सामग्री तयार पार्दासम्म काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले रवि लामिछानेको समर्थनमा कुनै हस्ताक्षर गरेका छैनन् ।

२०२५ अप्रिलमा बालेन आफ्नो जन्मदिन मनाउन परिवारसहित पोखरा पुगेका थिए । पोखरामा उनले गण्डकी ट्राउट फार्मसमेत भिजिट गरेका थिए । यही सन्दर्भको तस्बिरलाई रवि लामिछानेसँग जोडेर सामाजिक संजालमा पोस्ट गरिएको पाइयो ।

रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको अभियोग छ । साथै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रविको पक्षमा हस्ताक्षर अभियान चलाएको छ । यो तथ्यजाँच तयार पार्दासम्म बालेन शाहले रवि लामिछानेको पक्षमा कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन्

के तपाई भ्रामक सूचनाको विपक्षमा हुनुहुन्छ? रुजूसँग जोडिनुहोस् ।

***nshah

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when The RUJU । द रुजू posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share