Yathartha Press

Call Directions Website Contact the business

Yathartha Press yatharthapress.com
Online News Portal स्पष्ट विचार र यर्थाथ समाचारको सारथी....

05/06/2026

टीकापुर सत्ती भन्सारमा नियमविपरीत ट्रली लिलाम गरिएको खुलासा, प्रकाश खड्कानै पैसा असुल्ने धन्दामा


 : कैलाली क्षेत्र नम्बर १ का सांसद कोमल ज्ञावालीले टिकापुरस्थित जनजागृति माध्यमिक विद्यालयको अनुगमन गर्नु भएको छ ।अनुगमन...
22/05/2026

: कैलाली क्षेत्र नम्बर १ का सांसद कोमल ज्ञावालीले टिकापुरस्थित जनजागृति माध्यमिक विद्यालयको अनुगमन गर्नु भएको छ ।

अनुगमनका क्रममा विद्यालयका शिक्षक तथा अभिभावकहरूले विद्यार्थी संख्या अत्यधिक धेरै भएका कारण एउटै कक्षाकोठामा १०० भन्दा बढी विद्यार्थीलाई टिनको छाना मुनि राखेर पढाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । साथै विद्यालयमा कम्प्युटर प्रयोगशाला सहितको भवन, पर्याप्त कक्षाकोठा, शौचालय तथा आवश्यक भौतिक संरचनाको अभाव रहेको गुनासो राखेका हुन् ।

विद्यालयको अवस्था अवलोकन गर्दै सांसद ज्ञावालीले विद्यालयमा विद्यार्थी संख्या अत्यधिक रहेको पाइएको बताउँदै आवश्यक भौतिक संरचना निर्माण तथा शैक्षिक वातावरण सुधारका लागि आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

टिकापुर डुबान क्षेत्रको अनुगमनमा सांसद कोमल ज्ञावाली।YATHARTHA PRESS कैलाली क्षेत्र नम्बर १ का सांसद माननीय कोमल ज्ञावाल...
21/04/2026

टिकापुर डुबान क्षेत्रको अनुगमनमा सांसद कोमल ज्ञावाली।
YATHARTHA PRESS

कैलाली क्षेत्र नम्बर १ का सांसद माननीय कोमल ज्ञावालीले टिकापुर उद्यान (पार्क) सिमानामा रहेको तटबन्ध कटान क्षेत्र तथा सत्तीको पूर्वी भागको स्थलगत अनुगमन गर्नुभएको छ।

नदी कटानका कारण बर्सेनि स्थानीय बासिन्दाले सास्ती भोग्दै आएको उक्त क्षेत्रमा सांसद ज्ञावालीसहित प्रदेश सांसद, रानी–जमरा सिँचाइ आयोजना प्रतिनिधि तथा प्राविधिक (इन्जिनियर)हरूको टोलीले निरीक्षण गरेको हो।

अनुगमनका क्रममा टोलीले तटबन्धको अवस्थाबारे जानकारी लिँदै जोखिम न्यूनीकरणका उपायबारे छलफल गरेको थियो । स्थानीयवासीले हरेक वर्ष बाढी र कटानको समस्या झेल्दै आएको गुनासो राखेका थिए।

सांसद ज्ञावालीले नदी नियन्त्रण तथा दीर्घकालीन समाधानका लागि केन्द्र सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रभावित क्षेत्रको सुरक्षाका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक काम अघि बढाइने बताउनुभयो।


Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Yathartha Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yathartha Press:

Shortcuts

Share