09/08/2024
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले निकट भविष्यमै प्राधिकरणले आइपीओ जारी गर्ने बताएका छन् । आफ्नो दोस्रो कार्यकालको ३ वर्ष पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मलेनमा घिसिङले प्राधिकरणले कुल पुँजीको १० प्रतिशत आइपीओ जारी गर्नको लागि तयारी भईरहेको बताए ।