Balas Media

Balas Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Balas Media, Media/News Company, Anamnagar, Kathmandu.

19/10/2025

ध्वस्त संरचना जोगाउन चीनसङ्ग सहयोगबेइजिङस्थित नेपाली राजदूतावासले नेपालमा हालै ध्वस्त भएका ऐतिहासिक संरचनाहरू पुनःनिर्मा...
17/10/2025

ध्वस्त संरचना जोगाउन चीनसङ्ग सहयोग

बेइजिङस्थित नेपाली राजदूतावासले नेपालमा हालै ध्वस्त भएका ऐतिहासिक संरचनाहरू पुनःनिर्माणका लागि सहयोगक्प अपिल गरेको छ । भदौ २३ गतेको ‘जेन–जी’ प्रदर्शन र भदौ २४ गतेको विध्वंशमा क्षति पुगेका भौतिक संरचनाको पुनःनिर्माणका निम्ति सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा सहयोग गर्न राजदूतावासले आह्वान गरेको हो ।

राजदूतावासले आज एक सूचना जारी गर्दै चीनमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली समुदाय र चिनियाँ नागरिकलाई पुनःनिर्माण अभियानमा सहभागी हुन अनुरोध गरेको छ । सूचनामा भनिएको छ, “बेइजिङस्थित नेपाली दूतावास आफ्ना नागरिकहरू, गैरआवासीय नेपाली समुदाय, चिनियाँ समुदाय र अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पुनःनिर्माणको राष्ट्रिय अभियानमा सहभागी हुन हार्दिक अपिल गर्दछ ।”

सहयोगका लागि दूतावासले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर (१९६०१००१०२०७०००४) र क्युआर कोड सार्वजनिक गरेको छ ।

‘जेन–जी’ विध्वंशमा ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायत सयौँ सरकारी कार्यालयहरू ध्वस्त भएका थिए । ती संरचनाको पुनःनिर्माणमा ठूलो रकम आवश्यक पर्ने भएकाले सरकारले ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ खडा गरेको हो ।

09/10/2025
09/10/2025

माईतिघर बाट डा. निकोलस पक्राउ

माइतीघरमा एमालेका कार्यकर्ताले केपी शर्मा ओलीको ब्यानर हटाएपछिको अवस्था । हाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ...
08/10/2025

माइतीघरमा एमालेका कार्यकर्ताले केपी शर्मा ओलीको ब्यानर हटाएपछिको अवस्था । हाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, आरजु राणा, रमेश लेखक, माओवादीका संयोजक पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेवाल र झलनाथ खनालको ब्यानर राखिएको छ

काठमाडौं-  प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न देशका नेपाली राजदूतहरूसँग भर्च्युअल संवाद गरेकी छन्।प्रधानमन्त्री कार्क...
08/10/2025

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न देशका नेपाली राजदूतहरूसँग भर्च्युअल संवाद गरेकी छन्।

प्रधानमन्त्री कार्कीले बुधबार परराष्ट्र मन्त्रालयमा विदेशीस्थित नेपाली दूतावासका राजदूतहरूसँग भर्च्युअल छलफल गरेकी हुन्। प्रधानमन्त्री कार्की परराष्ट्रमन्त्रीसमेतको जिम्मेवारीमा छिन्।

छलफलमा जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका सम्बन्धमा छलफल गरिएको परराष्ट्रस्रोतले जानकारी दिएको छ।
जेनजी आन्दोलनपछि धेरै देशहरूले नेपाली नागरिकलाई भिसामा कडाइ गरेको विषयमा पनि उनले राजदूतहरूसँग चासो व्यक्त गरेकी थिइन्।
भर्च्युअल संवादमा मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राई पनि सहभागी छन्।

08/10/2025

बार्बारा फाउन्डेसनले दर्बारहत्या गराएको (महेश बस्नेत)

कुलमान लाई महेश बस्नेतको आरोप
08/10/2025

कुलमान लाई महेश बस्नेतको आरोप

२२ असोज, काठमाडौं । राजसंस्थावादी जेनजी समूहको नाममा सार्वजनिक गरिएको १५ बुँदे प्रस्तावमा सर्वपक्षीय सहमतिबाट राष्ट्रिय ...
08/10/2025

२२ असोज, काठमाडौं । राजसंस्थावादी जेनजी समूहको नाममा सार्वजनिक गरिएको १५ बुँदे प्रस्तावमा सर्वपक्षीय सहमतिबाट राष्ट्रिय एकताको मार्ग पहिल्याउन माग गरिएको छ ।

सरकार र राजनीतिक शक्तिहरूलाई विशेषगरी सम्बोधन गरिएको उक्त वक्तव्यमा यदि साझा समाधान नखोजिए ‘विद्रोह’मा जाने चेतावनी दिइएको छ । १५ बुँदामा विभिन्न माग तथा प्रस्तावहरु राखिएको सो वक्तव्य जारी गर्ने व्यक्तिको नाम वा हस्ताक्षर केही पनि छैन । राजसंस्थाको पुन:स्थापनाको पक्षमा रहेको भनिएको ‘जेन–जी एलायन्स फर मोनार्की’को नाममा सार्वजनिक गरिएको डकुमेन्टमा लेखिएको छ, ‘यदि साझा समाधान खोजिएन भने हामी विद्रोहमा जान बाध्य हुनेछौं ।’सो व्यक्तव्यमा संवैधानिक राजसंस्थाको पुन:स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणाली, सांसदहरूका अधिकार सीमित गर्ने, असमान सन्धिहरू खारेज गर्ने र नेपाललाई हिन्दु–बौद्ध–किराँत धर्मराज्य घोषणा गर्ने, सबै तहमा कम्तीमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने, १८ देखि २४ वर्ष उमेरका युवाका लागि अनिवार्य राष्ट्रिय सेवा लागू गर्नुपर्ने जस्ता विषय समावेश छन् ।

Address

Anamnagar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Balas Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share