01/10/2022
मानव जिवनको बारेमा आफुले विभिन्न माध्यमद्धारा थाहा पाएका केही जानकारी यहाँहरु समक्ष पेश गरेको छु, केही गल्ति भएमा क्षमा गरिदिनु होला र अन्य केही उत्सुकता भएमा कमेन्ट गरिदिनुहोला ।
हाम्रो जिवनका आधार ५ प्रकारका शरिरः
१. अन्नमय शरिरः
काम अनुसार इनर्जी खर्च गर्छ, शरिर पुष्टीको लागि राम्रो शुद्ध खाना खानु पर्दछ । शरिर भित्र वाहिरी वातावरणबाट विभिन्न प्रकारका रोग, डर (अंगहरु काम्नु), शरिर पुष्टीको लागि शारिरिक इच्छा जाहेर गर्नु, सुन्न, वास्ना, तातो चिसो, स्वाद हेराई गरी ५ प्रकारले संसार संग परिचित रहन्छ । यो शरिर रोगी भएमा जिउ पोल्ने, दुख्ने, काम्ने आदी समस्याले ग्रसित हुन्छ ।
२. मनमय शरिरः
अन्नमय शरिरको इच्छा पुर्ति गर्नु, इतिहाँसलाई सम्झनु, भविष्य प्रति चिन्तीत रहनु, टाईम ट्राभल गर्नु, भक्ती गर्नु र समाधी लिनु मनमय शरिरले गर्दछ । यो शरिर रोगी भएमा कल्पनामा मात्र डुविरहने, डिप्रेशनमा जाने, कुनै विषय प्रति गहिरो चिन्तन गरिरहने, एकान्तमा बस्ने, ठुलो देखी डराउने, भूतकाल र भविष्य प्रति चिन्तीत रहने आदी समस्याहरुबाट ग्रसित रहन्छ ।
३. प्राणमय शरिरः
पृथ्वी (गहिराई, गुदी) र आकाश (निश्चित दुरी भन्दा तलमात्र) प्राणमय शरिर हामी संग हरेक समय स्वास प्रश्वासको माध्यमद्धारा रहेको हुन्छ । प्राणमय शरिर विमार भयो भने स्वास प्रस्वासमा समस्या, फोक्सोमा समस्या, टी.वी. आदी रोग बाट ग्रसित हुन्छ ।
४. विज्ञानमय शरिरः
विज्ञानमय शरिर भन्नाले जिवनमा केही गर्ने उत्साह भरिएको, सिर्जनसिल, कलात्मक, वैज्ञानिक, उसले जे सोच्दछ नयाँ ढँगले गर्न खोज्दछ, यस्तो अवस्था सम्म पुग्नको लागि मानिसको अन्नमय शरिर मनमय शरिर र प्राणमय शरिर ठिक हुनु पर्दछ । यदी उल्लेखित शरिरहरु ठिक छैनन र यो शरिरको प्रयोग गर्न थाल्यो भने जे गरे पनि असफल हुन्छ । यदी विज्ञानमय शरिर कमजोर छ भने आफुलाई असुरक्षित महशुस गर्ने, जे कुरामा पनि डर मान्ने, कुनै नयाँ कुरा गर्न नसक्ने, खाली योजना बनाएर हिड्ने, गफ गर्ने मात्र हुन्छ ।
५. आनन्दमय शरिरः
जिवनमा जतीसुकै पुर्णता छ भने पनि मानिसले यो शरिरको अनुभुति गर्न पाएको हुँदैन, मानिसलाई एक पछी अर्को भोगको तिर्सनाले सताई नै रहन्छ, आनन्दमय (भगवान स्वरुप) यो शरिरको अनुभुती गर्नको लागि माथि उल्लेखित ४ शरिरहरु ठिक हुनुपर्दछ अन्यथा आनन्दमय शरिरको अनुभुती गर्न सक्दैन, यो शरिर रोगी भएमा अस्थिर, अरुलाई विश्वास नगर्ने, अशान्ति, अक्रान्त, कही कतै आनन्द पाउछु की भनेर विभन्न कुलतको शिकार बन्दछ ।
आत्महत्याको विचारः
👉 मानिसले आत्महत्या किन गर्न खोज्दछ भने जसको अन्नमय शरिर विभिन्न रोगद्धारा विक्षिप्त छ, शारिरिक दुखाई अत्याधिक सहन गर्ननै नसकिने अवस्थामा छ भने आत्महत्याको प्रयास गर्दछ । कोही कोही आफ्नो शरिरलाई के गर्दा ? के लगाउदा ? के खाँदा ? आराम मिल्दछ त्यसरी नै बाँच्ने कोसिसमा रहेका हुन्छन ।
👉 जव कुनै इच्छा वा घमण्डद्धारा मनमय शरिर विक्षिप्त हुन्छ तव मानवले मृत्युलाई शान्ति सम्झन्छ र विभिन्न तरिका अपनाई हठात्रुपमा आत्महत्या गर्न पुग्दछ ।
👉 प्राणमय शरिरलाई आत्महत्याले केही फरक पर्दैन अन्नमय शरिर र मनमय शरिरको इच्छाले मात्र प्राणमय शरिरले छोड्नु पर्दछ अन्तिम अवस्था सम्म पनि प्राणमय शरिरले कार्य गरिरहन्छ । जस्तो कुनै कुनै वेला खसी काटेपछी पनि मासु केही समय सम्म आफै चलिरहन्छ त्यो प्राणमय शरिर हो ।
👉 विज्ञानमय शरिरले आत्महत्या त गर्दैन तर कहिले कही विनाशकारी रुपमा प्रस्तुत हुन्छ जसबाट अन्य शरिरहरुले पनि यसबाट पिडीत हुनुपर्ने हुन्छ जस्तैः कोरोना, युद्ध, वम ब्लाष्ट, प्राकृतिक प्रकोप, भूकम्प आदी ।
👉 आनन्दमय शरिरले कहिले पनि आत्महत्या गर्दैन, यो शरिर लगभग स्वर्गका राजा ईन्द्रको जस्तै नै अवस्थामा हुन्छ, यो शरिरको आनन्दको अनुभव गरेको छ भने अन्य शरिरको मृत्यु भए पनि जिवित भए पनि केही फरक पर्दैन ।