11/03/2022
नेपालमा पाइने तर नेपालीले राम्रोसंग नचिनेको यो अमुल्य औषधि, जस्ले महिनावारी गडबडी, क्यान्सर र अन्य यस्ता ठुला रोग निको पार्छ
नेपालमा पाइने तर नेपालीले राम्रोसंग नचिनेको यो अमुल्य औषधि, जस्ले महिनावारी गडबडी, क्यान्सर र अन्य यस्ता ठुला रोग निको पार्छ
नेपाल जडिबुटीको खानी हो । यहाँ हरेक किसिमका रोगका औ षधि पाइन्छ । तर, औषधि चिन्न र प्रयोग विधिबारे भने निकै कमैलाई मात्रै थाहा हुन्छ । नेपालबाट जडिबुटी विदेश निर्यात हुने गरेको छ । नेपाल शहरभन्दा पनि ग्रामिण भेग धेरै भएको मुलुक हो । त्यसपछि वन, कान्लाहरु धेरै छन् । यि क्षेत्रमै धेरै औ षधीय गुण भएका बोटविरुवा, झारपात भेटिन्छ् । यी मध्येको एक हो बहुवर्षीय लहरायुक्त वनस्पति हो ।
यो स्वास्थ्य का लागि निकै उपयोगी मानिन्छ । कुरिलो मा काँडा सहित को काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसा लाई विशेष गरी तरकारी को रूपमा बढी प्रयोग गरिन्छ । जरा लाई भने विभिन्न रोगको अचुक औ षधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलो मा प्रशस्त मात्रा मा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।
कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौ’न दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ । कुरिलो को जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले से वन गरेमा वी’र्य बढ्छ । कुरिलोको नियमित सेवन महिला का लागि समेत फाइदा जनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ ।
उनीहरूमा यौ’न दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्न लगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ । कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदा जनक छ ।
कुरिलो लाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीर मा हुने विभिन्न दुखाइ सन्चो हुन्छ । कुरिलो सुत्केरी का लागि पनि उपयोगी छ । यस को सेवनले दूध नआउने समस्या समाधान गर्छ । कुरिलो को जरा लाई बुद्धि वद्र्धक, अग्निवद्र्धक औषधि का रूप मा तथा दुर्बलता, शोक आदि को निवारक का रूपमा आयुर्वेद मा व्याख्या गरिएको छ ।
कुरिलो : पाँच हजार बर्ष पुरानो औषधि
विश्वभर कुरिलो का ३०० प्रजाति पाइन्छन । तरकारी को रुपमा कुरिलो को व्यावसायिक खेती बढिरहेको छ । अमेरिका मा धेरै कुरिलो उत्पादन हुन्छ भने जापान ले कुरिलो धेरै आयात गर्छ । भारत र नेपालमा पाँच हजार वर्ष अघि देखि आयुर्वेदिक यसको प्रयोग गरिंदै आएको पाईन्छ । पौष्टिक हुने र सजिलै पचाउन सकिने भएकाले विरामी तथा कमजोर व्यक्ति हरुका लागि यो लाभदायि हुन्छ ।
कुरिलोको कन्द (जरा) को धुलो विभिन्न खाद्य पदार्थ तथा पेयमा मिलाएर खाने चलन छ । आयुर्वेदिक तथा आधुनिक चिकित्सा पद्धतीमा यसको प्रयोग दिनदिनै बढीरहेको छ । गाई वस्तुको दुध वढाउन पनि यसको प्रयोग गरिन्छ । नेपालमा कुरिलो को जरा परम्परागत रुपमै धेरै रोगको औषधिका रुपमा र शक्ति दिने खाद्यका रुपमा खाने गरिएको छ ।
नेपालमा अहिलेसम्म पाईएका ८ प्रजाति का कुरिलो मध्ये पश्चिम नेपाल मा पाइने प्रजाति को खेति बढी गरिन्छ ।
नेपालमा समुद्र सतह बाट एक सय ५० मिटर देखि दुई हजार एक सय मिटर सम्म कुरिलो पाईन्छ । सर्लाही, मकवानपुर, दाङ्ग, नेपालगञ्ज, बर्दिया, कैलाली, सल्यान र रुकुममा कुरिलो को खेती नै गरिएको छ ।
कुरिलोको बिउ कार्तिक अन्तिम देखि माघ सम्म पाक्छ । बीउ रातो भएर पाकेपछि टिपी हाल्नुपर्छ । चिल्लो, उज्यालो, चम्किलो कालो बिउको उमारशक्ति बढी हुन्छ । यस्तो बीऊ टिपेको २ बर्षसम्म उम्रन्छ । कुरिलो लगाएको दोस्रो वर्षदेखि बीउ फल्न थाल्छ ।
माघ देखि बैशाखसम्म ३ भाग जंगलको मलिलो माटो, १ भाग वालुवा र १ भाग पाकेको गोबर मिलाएर २४ घण्टासम्म चिसोपानीमा भिजाएको बिउ नर्सरीमा रोप्नुपर्छ । पराल वा घाँसले छोपेमा चिस्यान रहने र झार कम आउने हुन्छ ।
तराइमा २ देखि ३ हप्ता पछि र पहाडमा ४ देखि ५ हप्ता पछि बिउ टुसाउन थाल्छ । विरुवा १५ देखि २० सेन्टीमीटरको भएपछि असार साउनमा तयारी जग्गामा सार्नुपर्छ । नर्सरीमा एक बर्ष भएको विरुवा रोप्दा राम्रो हुन्छ ।
घाम लाग्ने र गोबर मल हालेको ठाउँमा यो राम्रो हुन्छ । एक हेक्टर जग्गामा ५ टन जति मल हाल्नुपर्छ । साउनमा बिरुवा रोप्दा कम पानी भए पनि सर्छ । एक हेक्टरमा २० हजार देखि २७ हजार सम्म विरुवा रोप्न सकिन्छ ।