News Nepal TV

News Nepal TV The major objective of the channel is to expose the facts from all corners of the nation and within a second.

16/08/2026

सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन तथा चालकहरु कारबाही तीब्र बनाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार साउन महिनामा मात्रै प्रदेशभर करिब साढे तीन हजार सवारी साधन कारबाहीमा परेका छन् ।

16/08/2026

ओखलढुङ्गामा नेवार समुदायले मनाउने लाखेजात्राको रौनक सुरु भएको छ । सदरमुकाममा हरेक वर्ष साउन कृष्ण चतुर्दशीदेखि लाखेजात्रा सुरु हुने गरेको छ ।

16/08/2026

भक्तपुरको कमलविनायकस्थित कमलपोखरी धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।

16/08/2026

कैलालीका १३ वटै स्थानीय तहमा एक पालिका, दुई उत्पादन अभियान अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा पाँच करोड ५० लाख अनुदान उपलब्ध गराइएको छ ।

16/08/2026

बाजुराको त्रिवेणी नगरपालिकाले बाढी पहिरो पीडितलाई राहत वितरण गरिरहेको छ । साउन २८ गते राति अविरल वर्षासँगै बाढी र पहिरोले त्रिवेणी नगरपालिका वडा नम्बर ९, मा एक जनाको मृत्यु भएको थियो ।

16/08/2026

चितवनको राप्ती नगरपालिका वडा नम्बर १ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । आक्रमणकारी बाघलाई नियन्त्रणमा लिइएको छ ।

16/08/2026

काठमाडौंको नेपालटारस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम साभा आइतबार भएको छ । सभाको परराष्ट्रमन्त्री शिशिर खनालले उदघाटन गर्नभयो ।

16/08/2026

सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई प्रभावकारी बनाउन निर्देशन गरेको छ । प्रदेश सरकारले प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वय गर्ने पनि जनाएको छ ।

16/08/2026

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका वडा नम्बर २ रिसाङका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको छ । पछिल्लो पटक भारी वर्षा, बाढी र पहिरोका कारण रिसाङ क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

16/08/2026

दर्जनौ परिवार पहिरोको उच्च जोखिममा

Address

Kathmandu
66400

Alerts

Be the first to know and let us send you an email when News Nepal TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Nepal TV:

Shortcuts

Share

Category