20/10/2024
हाल गण्डकी प्रदेशको बागलुङ, पर्वत र स्याङ्जा जिल्लाहरू तथा बागमती प्रदेशको काठमाण्डौं उपत्यका लगायत नुवाकोट, सिन्धुपाल्चोक जिल्ला आसपासका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ, आगामी एक-दुई घण्टा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनु होला ।
हाल गण्डकी प्रदेशको बागलुङ, पर्वत र स्याङ्जा जिल्लाहरू तथा बागमती प्रदेशको काठमाण्डौं उपत्यका लगायत नुवाकोट, सिन्धुपाल्चोक जिल्ला आसपासका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ । तल चित्रमा वर्षा गराउने उक्त प्रणाली विस्तारै पूर्व तर्फ सर्दै गरेको देख्न सकिन्छ । त्यसैले ती स्थानहरूमा आगामी एक-दुई घण्टा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनु होला ।
थप जानकारीका लागि मौसम पूर्वानुमान माहाशाखाको टोल फ्री. नं. ११५५ मा फोन गर्नुहुन तथा महाशाखाको website www.mfd.gov.np हेर्नुहुन अनुरोध छ ।