16/12/2023
अखिल नेपाल फुटबल संघ एन्फामा रमिताको सिलसिला जारी छ । एन्फा बचाउ, एन्फा शुद्धीकरणदेखि नेपाली फुटबल फ्यान क्लबसम्म खोलेर फुटबल विकासको नाममा पद र कुर्सीको खेल मौलाउँदो छ । हरेक अभियान पदमा पुगेर टुंगिन्छ । हरेक बार्गेनिङ कुर्सीसँग विनिमय हुने गरेको छ । एन्फा भित्र मौलाउदो यो खेलमा उत्रिएकाहरुलाई न लाज छ नत कुनै शरम नै । यसको पछिल्लो उदाहरण बनेका छन, इन्द्रमान तुलाधर र एन्फाको सत्ता पक्ष । पछिल्लो डेढ वर्ष एन्फा विरूद्ध निरन्त खनिएका तुलाधर सीईओका रूपमा एन्फा प्रवेश गर्ने तयारीमा रहेपछि निश्चित छ अब उनको आन्दोलन सेलाउने छ ।