nepalcoverage.com

nepalcoverage.com News all over the world.

एनपीएल-२: विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाइ ५३ रनले हरायो । २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.४ ओभरमा १६७ रनमा  अलआउ...
18/11/2025

एनपीएल-२: विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाइ ५३ रनले हरायो । २२१ रनको लक्ष्य पछ्याएको पोखरा १८.४ ओभरमा १६७ रनमा अलआउट भयो ।

13/11/2025

खुल्लामन्च अब सधैको लागि खुल्ला हुँदै छ
प्राकृतिक दुबोसहितको घाँसे चउर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था हो ।
खुल्ला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।

13/11/2025

खुल्लामन्च अब सधैको लागि खुल्ला हुँदै छ
प्राकृतिक दुबोसहितको घाँसे चउर, वरिपरि खुल्ला पैदल मार्ग, खुल्ला मञ्चको अहिलेको अवस्था हो ।
खुल्ला मञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चउर लोभलाग्दो भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।

भोट गर्नुहोस
06/11/2025

भोट गर्नुहोस

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलाई पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नबाट कुन शक्तिले रोक्यो भन्ने चासो सर्वत्र छ ।
29/10/2025

सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलाई पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नबाट कुन शक्तिले रोक्यो भन्ने चासो सर्वत्र छ ।

अहिलेको राजनीतिक घटनाक्रमका पछाडिका योजनाकार मध्येका कल्याण श्रेष्ठ पनि हुन् । उनी आफै प्रधानमन्त्री बन्न चाहन...

सिन्धुलीमा कार दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइतेकाठमाडौं - सिन्धुलीमा कार दुर्घटना हुँदा श्रीमानको म...
28/10/2025

सिन्धुलीमा कार दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती र छोरा घाइते
काठमाडौं - सिन्धुलीमा कार दुर्घटना हुँदा श्रीमानको मृत्यु भएको छ। घटनामा श्रीमती गम्भीर र छोरा घाइते भएको सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन्। उनकी ४९ वर्षीया श्रीमती सुनिता गम्भीर घाइते रहेको सुवेदीले बताए।
३१ वर्षीय छोरा निशान्त मध्यम घाइते छन्। घाइते आमाछोराको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
मंगलबार बिहान सवा ११ बजे सुनकोशी गाउँपालिका-६ चैनपुरस्थित बिपी राजमार्गमा विराटनगरबाट-काठमाडौं आउँदै गरेको बा७च ७५५४ नम्बरको कार आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। कार सडकदेखि करिब ४२ फिट तल खसेर दुर्घटना हुँदा ओमबहादुर गम्भीर घाइते भएङ्का थिए।

दिल्लीबाट कुलमानको अपिल– नेपालको नविकरणीय लगानी गर्नुस्नयाँ दिल्ली। ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री कुलमान घिसिङले ने...
28/10/2025

दिल्लीबाट कुलमानको अपिल– नेपालको नविकरणीय लगानी गर्नुस्

नयाँ दिल्ली। ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत एवम् सौर्य जस्ता नविकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
मंगलबार दिल्लीमा आयोजित स्वच्छ ऊर्जा रुपान्तरणका लागि क्षेत्रीय तथा विश्व अन्तरआवद्धताको परिकल्पना सम्बन्धी सभाको विषयगत सत्रलाई सम्बोधन गर्दै मन्त्री घिसिङले नेपालको जलविद्युत दक्षिण एशियाकै स्वच्छ ऊर्जा रुपान्तरणको रणनीतिक स्रोतको रुपमा रहेको बताए।
नेपाल स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा रहेको घिसिङले बताएका छन्। “जलविद्युतको अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धकासाथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ। नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस्,” घिसिङले भने।

28/10/2025

सशस्त्र प्रहरीद्वारा मनाङमा हिमपातमा फसेका ७५० जनाको उद्धार

28/10/2025

मनाङको माथिल्लो क्षेत्र ३२ सय मिटरको उचाइमा रहेको पिसाङदेखि माथिल्लो क्षेत्र र नार्पाभूमिमा हिमपात भइरहेको हो ।

28/10/2025

माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ । सोमबार राति साढे ९ बजेतिरबाट सुरु भएको हिमपात मंगलबार बिहानसम्म रोकिएको छैन ।

12/08/2025

बिरगंज स्थित नारायणी अस्पताल अगाडि प्रदर्शन , अहिले स्थिति तनावपुर्ण ।
कैदी रहुल तुराहाको उपचार पछी मृत्यु भए पछि आफन्तहरुले प्रशासन र अस्पतालको लापरबाहीले गर्दा मृत्यु भएको र अन्य अस्पताल लैजान भन्दा पनि नलगिएपछि मृत्यु भएको भन्दै बिरोध प्रदर्शन गरे।

Address

Kathmandu
O1

Alerts

Be the first to know and let us send you an email when nepalcoverage.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share