ktmshorts

ktmshorts ktmshorts.com- "News in 60 seconds"

20/08/2023
नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के निकालिँदैहिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के डोजर...
20/08/2023

नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के निकालिँदै
हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–५ र ६ जोड्ने फड्के डोजरको सहायताले निकालिँदै । बर्खायाममा मस्र्याङ्दी नदी र दूधखोलाको पानीको सतह बढेपछि फड्के बगाउने भयले निकाल्न लागिएको हो । नदीमा पानीको सतह घटेपछि फड्के राखिने छ । तस्बिर ः नवीन लामिछाने÷रासस

खरखरेमा खसेका पहिरोडुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा खसेका पहिरो पार गर्दै यात्रु । स...
14/08/2023

खरखरेमा खसेका पहिरो
डुम्रे–बेसीसहर–चामे सडक अन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा खसेका पहिरो पार गर्दै यात्रु । सडकको ट्रयाक भासिएपछि ज्यानको बाजी लगाएर पहिरो पार गर्न बाध्य छन् । रासस

14/08/2023

सुन तस्करसँग बारम्बार फाेन संवाद गरेकाे महरापुत्रकाे स्वीकाराेक्ति, मिडियालाई न्यायालय नबन्न आग्रह

11/08/2023

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुईजना पक्राउ
नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौँस्थित इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गए राति काठमाडौँबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । बिहीबार पनि ब्यूरोले पाँच जनालाई पक्राउ गरेको थियो ।

11/08/2023

सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही हप्ता पहिले पक्राउ परेको करिब एक सय किलोभन्दा बढी सुन तस्करी प्रकरणमा आज थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उक्त प्रकरणमा चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को जिम्मा लगाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ ।

गृह जिल्लामा मन्त्री किराँती
11/08/2023

गृह जिल्लामा मन्त्री किराँती

30/07/2023

एक क्वीन्टल सुन प्रकरण : ठमेलको होटल भियनामा छापा, एक जना पक्राउ

26/07/2023

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरूद्ध गर्ने एमालेको तयारी ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when ktmshorts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ktmshorts:

Share