Sagarnath yuwa samaj

Sagarnath yuwa samaj For letest and new fashion products at best quality with best price, easy shoping, all for you.

08/04/2023
08/04/2023
https://agrecruitment.eu/apply-now/UK seasonal visa ma kam grn jan ichukle yo site bat form vrn skin6
01/07/2022

https://agrecruitment.eu/apply-now/

UK seasonal visa ma kam grn jan ichukle yo site bat form vrn skin6

APPLY NOW Please fill in the form below, we will then contact you about attending an interview at one of our offices. 1 First Name* (Required) Surname* (Required) Email* (Required) Phone Number* (Required) Nationality* (Required) Current Location* (Required) Preferred language* (Required) UK Postcod...

धान रोप्ने मेशिनको प्रयोग@@@@@@@@@@@@@@प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कञ्चनपुरले पहिलो पटक भित्र्याएको धान रोप्...
25/06/2022

धान रोप्ने मेशिनको प्रयोग
@@@@@@@@@@@@@@
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कञ्चनपुरले पहिलो पटक भित्र्याएको धान रोप्ने मेसिन प्रयोग गरी धान रोपिँदै । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु,रासस

परशुरामको मुर्ति # # # # # # # # # # # # #परशुराम नगरपालिका, महाकाली नदी किनारस्थित प्रसिद्ध परशुरामधाममा बनाइएको परशुरा...
25/06/2022

परशुरामको मुर्ति
# # # # # # # # # # # # #
परशुराम नगरपालिका, महाकाली नदी किनारस्थित प्रसिद्ध परशुरामधाममा बनाइएको परशुरामको विशाल मूर्ति । गत आर्थिक वर्षमा निर्मित भगवान् परशुरामको मूर्तिले धार्मिक पर्यटकलाई थप आकर्षण दिने गरेको छ । तस्बिर ः धनबहादुर भण्डारी÷रासस

अकलादेवी माताकी जय # # # # # # # # # # # # # # # # # # #तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वीराजमार्ग नजिकै रहेको अ...
25/06/2022

अकलादेवी माताकी जय
# # # # # # # # # # # # # # # # # # #
तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित पृथ्वीराजमार्ग नजिकै रहेको अकलादेवी मन्दिर । उक्त मन्दिरमा भाकल गरेमा मनोकाक्ष पूरा हुने जनविश्वास भएकाले विभिन्न जिल्लाबाट अकलादेवीको पूजा गर्न भक्तजन आउने गर्छन् । तस्बिरः सानेबहादुर नेपाली÷रासस

सडकमा सुकाइँएको पराल # # # # # # # # # # # # # # # # # # # # # # # #तनहुँको व्यास नगरपालिका–१२ स्थित भड्खाला नजिक सडकमा ...
25/06/2022

सडकमा सुकाइँएको पराल
# # # # # # # # # # # # # # # # # # # # # # # #
तनहुँको व्यास नगरपालिका–१२ स्थित भड्खाला नजिक सडकमा सुकाइएको पराल । सवारी साधन सञ्चालन हुने सडकमा पराल सुकाइँदा दुर्घटना हुने डर हुन्छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

महोत्तरीको मटिहानी बजारमा बिक्रीका लागि राखिएको फलफूल पसल । तस्बिरः  सञ्जीतकुमार मण्डल÷रासस
25/06/2022

महोत्तरीको मटिहानी बजारमा बिक्रीका लागि राखिएको फलफूल पसल । तस्बिरः सञ्जीतकुमार मण्डल÷रासस

शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । कृषि आधुनिकीकरणका  कारण अहिले गा...
25/06/2022

शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । कृषि आधुनिकीकरणका कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले छिटो, छरितो र सजिलो बनाएको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका  किसान रोपाइँका लागि ट्याक्टरको सहायताले खेत सम्याउँदै । वर्षा नहुँदा किसानले पम्पसेटब...
25/06/2022

शुक्लाफाँटा नगरपालिकाको पिपलाडीका किसान रोपाइँका लागि ट्याक्टरको सहायताले खेत सम्याउँदै । वर्षा नहुँदा किसानले पम्पसेटबाट खेतमा सिँचाइ गरी रोपाइँ कार्य गरिरहेका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु-रासस

पाल्पाको रम्भा गाउँपालिका– १ सगाहा साठी खेतमा बाँदरले खाएर नोक्सान गरेको मकै देखाउदै किसान कृष्ण बस्याल । यस क्षेत्रका क...
25/06/2022

पाल्पाको रम्भा गाउँपालिका– १ सगाहा साठी खेतमा बाँदरले खाएर नोक्सान गरेको मकै देखाउदै किसान कृष्ण बस्याल । यस क्षेत्रका किसानलाई बाँदरले खेतबारीमा लगाएको अन्नबालीमा नोक्सान बनाएर सताउने गरेको छ । तस्बिर ः सुशीला रेग्मी-रासस

महोत्तरीमा वर्षौंदेखि लाखौँ मूल्यका काठ कुहिँदै # # # # # # # # # # # # # # # # # # # # # # # # #सामुदायिक वन जङ्गलबाट च...
25/06/2022

महोत्तरीमा वर्षौंदेखि लाखौँ मूल्यका काठ कुहिँदै
# # # # # # # # # # # # # # # # # # # # # # # # #
सामुदायिक वन जङ्गलबाट चोरी निकासीका क्रममा बरामद गरिएको काठ कुहिन थालेको हो । वन पैदावार चोरी निकासी र अतिक्रमणबारे डिभिजन वन कार्यालयमा आर्थिक वर्ष २०४८/४९ देखि २०७८/७९ सम्म दर्ता भएका २०३ मुद्दाको फैसला अहिलेसम्म हुन सकेको छैन । मुद्दा सङ्ख्या न्यून रहेको महोत्तरीमा एक वर्षको अवधिमा सबैभन्दा बढी ०६७/६८ मा २६ मुद्दा दर्ता भएका थिए । मुद्दा कम भए पनि फैसला नहुँदा बरामद काठ, सवारी साधन लिलाम नभएर वन कार्यालयको परिसरमा कुहिर नष्ट भइरहेछ । महोत्तरीभरिको वन सुरक्षाको कमाण्ड सशस्त्र वन सुरक्षा शाखालाई इिइएको छ । चोरी पैठारी भएको काठ बरामद भएर पाँच वर्षदेखि हालसम्म कुनै पनि मुद्दाको काठ लिलाम नभएको सशस्त्र वन सुरक्षा शाखाले जनाएको छ । सशस्त्र वन सुरक्षा शाखा परिसर र आसपासका जङ्गलमा वर्षौंदेखि राखिएका बहुमूल्य काठ कहिन थालेका छन् ।

सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नं ४ नेपाल कम्यूनिष्ट पार्टीको एमाले का नेता पुर्व गा. बि.स. अध्यक्ष कमरेड दिल बहा...
25/06/2022

सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका वडा नं ४ नेपाल कम्यूनिष्ट पार्टीको एमाले का नेता पुर्व गा. बि.स. अध्यक्ष कमरेड दिल बहादुर थिङ्ग को असमायिक निधन को खबर ले दुखि बनाएको छ । शोकाकुल परिवार प्रति भगवान श्री पशुपतिनाथले धैर्यधारण गर्ने शक्ति प्रधान गर्नुहोस् भन्दै। कमरेड दिल बहादुर थिङ्ग प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ।

रविको दाबी : हाम्रो पार्टी कुनै स्वतन्त्र उम्मेदवारविरुद्ध होइन**********************************पत्रकारिता छाडेर नयाँ र...
25/06/2022

रविको दाबी : हाम्रो पार्टी कुनै स्वतन्त्र उम्मेदवारविरुद्ध होइन
**********************************
पत्रकारिता छाडेर नयाँ राजनीतिक दल घोषणा गरेका रवि लामिछानले आफ्नो पार्टी कुनै स्वतन्त्र उम्मेदवारविरुद्ध नभएको दाबी गरेका छन् । उनले भने, ‘संसद् राम्रा मानिसले भरिनुपर्ने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी राखेका हौं।’ उनले स्वतन्त्रको ‘मुभमेन्ट’लाई सहयोग गर्नेबाहेक अन्य कुनै उद्देश्य नभएको उनले बताए। विभिन्न स्वतन्त्र उम्मेदवारहरुसँग छलफल पनि थालेको भन्दै लामिछानेले सबैलाई समेटेर अघि बढ्ने जानकारी दिए।

सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले चुनाव अघि गरेको बाचा पुरा गर्दै एक पछि अर्को उदाहरणीय काम ...
24/06/2022

सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले चुनाव अघि गरेको बाचा पुरा गर्दै एक पछि अर्को उदाहरणीय काम गर्दै । यसै क्रममा नगर प्रमुख आचार्यले नगरको पशु सेवा कार्यालयको मातहतमा नगरपालिका वडा नं. ०३ र १३ को बङ्गुर कृषक समूहलाई ५/५ वटा बङ्गुरको पाठा-पाठी सहित औषधि वितरण गरेका छन् ।

महोत्तरी कारागारमा कैदीको मृत्यु****************महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको ...
24/06/2022

महोत्तरी कारागारमा कैदीको मृत्यु
****************
महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए । उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।

सिद्धार्थ बैंकले आज ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र...
24/06/2022

सिद्धार्थ बैंकले आज ४ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

योमध्ये ८० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ । सिद्धार्थले १० वर्ष अवधिको ‘एसबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.७५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गरेको छ । यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ । सो समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने असार २४ गतेसम्म खुला रहनेछ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sagarnath yuwa samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share