07/06/2026
गोलीको निशानामा पर्यो ७ महिनाको निर्दोष जीवन, हेब्रोन घ’टनाले विश्वलाई स्तब्ध बनायो
वेस्ट बैंकको हेब्रोन सहरमा इजरायली सेनाको गोली लागेर सात महिनाका प्यालेस्टिनी शिशुको मृ’त्यु भएको छ भने उनका आमाबुबा घा’इते भएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार साँझ हेब्रोनको दक्षिणी क्षेत्र तेल रुमेइदामा उक्त घ’टना भएको हो।मृ’तक शिशुको पहिचान Sam Fahad Abu Haikal का रूपमा गरिएको छ। गोली लागेपछि शिशुको घ’टनास्थलमै मृ’त्यु भएको थियो भने उनका आमाबुबालाई मध्यम प्रकृतिको चोट लागेको बताइएको छ।
शिशुकी हजुरआमाका अनुसार परिवार चेकपोइन्ट नजिकै गाडीमा यात्रा गरिरहेको बेला इजरायली सैनिकहरू देखिएपछि गाडी रोकेको थियो। गाडी रोकेकै अवस्थामा सैनिकहरूले गोली चलाएको उनको दाबी छ। उनका अनुसार एउटा गोली शिशुको अनुहार र टाउको हुँदै उनकी आमालाई समेत लागेको थियो।यता, इजरायली सेनाले भने सैन्य अपरेसनका क्रममा एउटा सवारी साधन तीव्र गतिमा सैनिकतर्फ आएको देखेपछि आत्मरक्षाका लागि गोली चलाइएको जनाएको छ। सेनाले घ’टनामा तीन जना प्यालेस्टिनी घा’इते भएको स्वीकार गर्दै प्रारम्भिक अनुसन्धानमा पीडितहरू घ’टनामा संलग्न नभएका निर्दोष नागरिक रहेको देखिएको जनाएको छ।घ’टनापछि वेस्ट बैंक क्षेत्रमा तनाव थप बढेको छ। तेल रुमेइदा क्षेत्र लामो समयदेखि इजरायली बस्ती र प्यालेस्टिनी समुदायबीचको तनाव तथा हिंसात्मक घ’टनाका कारण संवेदनशील मानिन्छ।
💔