जनहित भ्वाइस

जनहित भ्वाइस जनहित भ्वाइस

हामी काठमाडौ महानगरमा आए पछि २३ अरब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै  सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ, हाम...
16/10/2025

हामी काठमाडौ महानगरमा आए पछि २३ अरब रुपियाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ, हाम्रो लक्ष्य करिब २ खरव मूल्य बराबरको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने हो।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको छ । हामी निर्वाचित भएको पहिलो दिनदेखि नै “सार्वजनिक सम्पत्तिमा जनताको पहूँच वृद्धि गर्ने” नीति लिएर काम गरिरहेका छौँ । यस क्रममा सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने, र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिहेका छौँ ।

त्यस अभियानअन्तर्गत हालसम्म करिब रु. २३ अर्बभन्दा बढी मूल्य बराबरको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सार्बजनिक उपयोग मै फिर्ता ल्याइएको छ । फिर्ता गरिएका ती जग्गाहरूलाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क,खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलहरूका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेका छौँ। यसै क्रममा अतिक्रम भएका केही खोला कोरिडोरहरू समेत हटाइएको छ ।

सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्रथामिकताका साथ् अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीति आधारका रूपमा ग्रहण गर्दै, मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यन्वयन समिति गठन गरिएको छ।

समितिले भोलिदेखि कार्य प्रारम्भ गर्दैछ । यस अभियानलाई सफल पार्न महानगर भित्रका सम्पूर्ण नागरिक, सरोकारवाला निकाय, समुदाय र संस्थाहरूलाई पूर्ण सहयोग र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछौँ ।यस अभियानको सफलतासँगै हामीले २ खर्ब रुपियाँभन्दा बढी मूल्य बराबरको सार्वजनिक र सरकारी जग्गा भू-माफियाको कब्जाबाट फिर्ता ल्याउन सक्नेछौँ । हामीलाई थाहा छ, यो कार्य केवल महानगरपालिकाको प्रयासले सम्भव हुँदैन । तर, हामीलाई विश्वास छ सच्चा नागरिकको साथ र आवाजले यो अवश्य सम्भव हुनेछ ।

रावल आयोगले पहिचान गरेका सार्वजनिक तथा सरकारी जग्गा मिच्ने व्यक्तिहरूका नाम, ठेगाना, कित्ता नम्बर र मिचिएको क्षेत्रफल सहितको विवरण यसैसाथ उपलब्ध गराएका छौँ । यो प्रतिवेदनले सहरी क्षेत्रमा अवस्थित बहुमूल्य सरकारी र सार्वजनिक सम्पत्तिहरूको दुरुपयोग समाजमा ठुला भनिएका नीति निर्माण कर्ता बाटै भएको प्रष्ट देखाएको छ । त्यसका विरुद्ध हामीले चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तथा कार्यक्रममै पुनः प्राप्तिको कार्यलाई प्राथमिकता सहित समावेश गरेका छौँ ।

यस प्रतिवेदन बाहेक तपाईँलाई कुनै व्यक्ति, संघ–संस्था, गैर–सरकारी संस्था वा समूहले सार्वजनिक सम्पत्ति अतिक्रमण गरेको जानकारी भएमा, कृपया काठमाडौं महानगरपालिकाको सहरी व्यवस्थापन विभागमा जानकारी गराउनुहुन समेत अनुरोध छ ।

यो सङ्घर्ष, केवल सार्वजनिक जग्गा अतिक्रमणमुक्त बनाउन मात्र होइन , सार्वजनिक सम्पत्तिमा सर्वसाधारण सबैको पहुँच बढाउन, जनताले उपभोग गर्न पाउने अधिकार स्थापित गर्न साथै स्वाभिमानको रक्षा गर्न पनि हो ।
***nshah

बालेन शाहले भारतबाट आउने फुल मालामा लगाए प्रतिबन्ध नेपालमै उत्पादित फुल माला प्रयोग गर्न आग्रह  ***nshah
10/10/2025

बालेन शाहले भारतबाट आउने फुल मालामा लगाए प्रतिबन्ध नेपालमै उत्पादित फुल माला प्रयोग गर्न आग्रह ***nshah

ताजा जनादेशको लागि ठूला राजनितिक दलहरुका एक खेमा सहित सम्पूर्ण नेपाली समाज तैयार भईसकेको अवस्थामा स्वार्थी र सत्तालिप्सा...
10/10/2025

ताजा जनादेशको लागि ठूला राजनितिक दलहरुका एक खेमा सहित सम्पूर्ण नेपाली समाज तैयार भईसकेको अवस्थामा स्वार्थी र सत्तालिप्सामा डुबेका नेताहरुले संसद पुनर्स्थापनाको बहस चलाउनु भाद्र २३ को युवा क्रान्तिको मर्म विपरित छ। साथै नागरिक सरकारले गराउने निर्वाचनको निष्पक्षता माथि शंका गर्नु, जनता समक्ष जान नसक्ने हत्यारा, भ्रष्टाचारि, कायर अपराधिक तत्वहरुको निकृष्ट बहाना मात्रै हुन्। आफुलाई लोकतान्त्रिक भन्ने तर लोकतान्त्रिक चरित्र देखाउन नसक्नेहरु लोकतन्त्रको अभ्यासबाट भाग्न खोजेको नेपाली जनताले प्रष्ट सँग बुझेका छन्।

शान्तिपूर्ण निकासको लागि एक कदम अगाडि बढिसकेको नेपाली समाजलाई द्वन्द तिर लैजान आफ्नो भातृ संगठनहरुलाई उक्साउनु ‘प्रतिक्रान्ति’ को तयारी गर्नु मात्रै हो। त्यसैले एमाले र काँग्रेस भित्र रहनु भएका नेपाल र नेपालीलाई माया गर्ने निष्ठावान युवा साथीहरुलाई परिस्थितिलाई जटिल हुन नदिन नेतृत्व सँग विद्रोह, प्रतिवाद र प्रतिरोध गर्न अपील गर्दछु।

नेपाल र विश्वको ईतिहास साक्षी छ। ‘प्रतिक्रान्ति’ को नेतृत्व गर्ने तत्वहरु विरुद्ध सामान्य जनताहरु विभाजन रेखाहरु भन्दा माथि उठेर गोलबद्ध हुन्छन्। त्यसैले काँग्रेस वा एमालेले यो देशको एक मात्र साझा शत्रु बन्ने चेष्टा नगरेको वेश।

याद राख्नुस्, कुनै पनि षडयन्त्र विरुद्ध लड्न जनता सचेत, सजग र तैयार छन्।



हालसम्म काठमाडौँ महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका मानिसहरू बसिरहेका छन्। महानगरपालिकाको...
04/10/2025

हालसम्म काठमाडौँ महानगरपालिकाभित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका मानिसहरू बसिरहेका छन्। महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल ९सेल्टर० व्यवस्था गर्न सकिने जनाएको छ। उनीहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ।
-विश्व निकेतन, त्रिपुरेश्वरमा ७० जना बसिरहेका छन्।
-गुह्येश्वरीमा ५२ जना बसिरहेका छन्।
-जन विकास, कुलेश्वरमा ५२ परिवार (२५१ जना) बसिरहेका छन्।
-महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना बसिरहेका छन्।
खोलाले कटान गरेका स्थानहरूमा काठमाडौँ महानगर प्रहरी बलले बोरामा माटो र गिट्टी राखेर नदी कटान रोक्ने कार्य तीव्र गतिमा गरिरहेको छ।
अन्य अव्यवस्था परे
कुनै आपतकालीन समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः
१६६००१०५५११
०१५९०१७६४
०१५९०१७६३
सबैलाई अनुरोध छ, जोखिमयुक्त स्थान नजिक नजाऔँ र सुरक्षित रहौँ।❣️🙏🏻

बालेन ट्यापे र्यापर रे बालनले के के गर्यो ?- 3 अर्ब भन्दा बढी को छात्रवृत्ति दियो- 50 बढी एम्बुलेन्स बितरण गर्यो- बिरामी...
25/09/2025

बालेन ट्यापे र्यापर रे बालनले के के गर्यो ?
- 3 अर्ब भन्दा बढी को छात्रवृत्ति दियो
- 50 बढी एम्बुलेन्स बितरण गर्यो
- बिरामी लाई निशुल्क एम्बुलेन्स सेवा
-फुटपाथ चौडा बनायो
-गन्हाएका सडक सफा गर्यो
-सास्कृतिक सम्पदा सफाइ र जगेर्ना गर्यो
-सरकारी जग्गा मिचेका लाई हटायो
-जथाभावी पार्किङ हटायो
-कर को दायरा बढायो
-बस स्टप मा यात्रु प्रतिक्षालय बनायो
-घुम्ती सेवा सुचारु गर्यो
-सडक मर्मत गर्यो
-ढुङ्गेधारा निर्माण गर्यो
-राजधानी का फोहोर का डङ्गुर उठायो
-नक्सा पास नभै बनेका संरचना हटायो
-विभिन्न किसिमका रोगको उपचार प्रबन्ध मिलायो
-डिजिटल गभर्नेन्स प्रणाली लागू गर्यो
-सभ्यता र सस्कृती जगेर्ना गर्यो
-फायर मेसिन जडान गर्यो
-ब्यबस्थित शहर बनायो
-कवाडी लुटेरा भगायो
-सरकार कस्तो हुन्छ भनेर पाठ सिकायो
-हरियाली काठमाडौ बनायो
-टोलभरी पेन्टिङ गरायो
-खाल्डाखुल्डी पुर्यो
-रातभरी उज्यालो झिलिमिली पार्नेगरी बत्ती जडान गर्यो
-अब्यबस्थित तार हटायो
-बाटो मिचेको ठाउँ खाली गरायो
-पार्क निर्माण गरायो
-शिपमुलक तालिम गरायो
-रोजगार मेला चलायो
-फोहोर गर्नेलाइ जरिवाना तिरायो
-सार्वजनिक सौचालय बनायो
-वाटर एटिएम सन्चालन गरायो
-खोलानाला सफाइ गरायो
-बुक फ्री फ्राइडे गरायो
-अखाद्य बस्तु बेचबिखन मा रोक लगायो
-सार्वजनिक स्थलमा धुम्रपान गर्न रोक लगायो
-भ्रष्ट हरु लाई तह लगायो
-खेलाडी हरु लाई सम्मान र पुरस्कृत गर्यो
-माफिया हरु लाई भगायो
-ठुला दल हरुलाइ चिलिम बनायो
-नेपाल लाई विश्व सामु चिनायो
FB साभार

को हुन सुमना श्रेष्ठ ? आज सम्म नामै नसुनेको Rabi Lamichhane ले बनाइदिएको भन्नेहरुले पढ्नुहोला। १) सुमनाले अमेरिकाको मासा...
21/09/2025

को हुन सुमना श्रेष्ठ ?
आज सम्म नामै नसुनेको Rabi Lamichhane ले बनाइदिएको भन्नेहरुले पढ्नुहोला।
१) सुमनाले अमेरिकाको मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाइटी) स्लोन स्कुल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबीए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्र र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन्

२) काठमाडौंको क्षेत्रपाटीस्थित सरस्वती आवासीय माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा पास गरेकी उनले काठमाडौंको बूढानीलकण्ठस्थित बूढानीलकण्ठ स्कुलबाट ए-लेभल गरेकी छन् ।

३) २०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) मा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटी ग्रुपमा समेत उनले काम गरेकी थिइन् । जब २०७२ सालमा नेपालमा महाभूकम्प गयो, त्यसपछि उनको जीवनको लेन बदलियो । भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) सँग काम गर्न बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) ले उनलाई नेपाल पठायो । यसरी नेपाल आएपछि भने उनी अमेरिका फर्किनन् ।

४) नेपाललाई नै कार्यक्षेत्र बनाएर काम गर्न थालेपछिका वर्षहरूमा सुमना नेपाल र नेपालीका लागि सञ्चालन भएका विभिन्न अभियान र कार्यक्रममा आधारभूत तहमै संलग्न भएकी छिन् । भूकम्पपछि प्रवासी नेपालीहरूमार्फत प्राप्त भएको सहायता सामग्री सङ्कलन र वितरणमा संयोजन गरेर होस् वा काष्ठमण्डप पुनर्निर्माणसम्बन्धी उपसमितिलाई नेतृत्व गरेर, अथवा रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेर, उनी तत्काल आवश्यक सहयोग, सहायतादेखि पुनर्निर्माणसम्मका गतिविधिमा सक्रिय रूपमा सहभागी भइन् ।

५) त्यति मात्र होइन, कोभिड - १९ को महामारीका बेलासमेत नेपाली नागरिकलाई कोभिड - १९ विरुद्धको खोप प्रदान गर्न अमेरिकी सरकारलाई त्यहाँको सिनेटमार्फत अनुरोध गरिन् । उनी एक सफल उद्यमी पनि हुन् । उनले कारपुल काठमान्डू (Carpool Kathmandu) र मेडिकेसन फर नेपाल (Medication For Nepal) जसलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा क्यालिफोर्नियामा भएको ग्लोबल अन्टरप्रेनरसिप समिटमा खुल्ला हृदयले प्रशंसा गरेका थिए) लगायतका परियोजनाको सुरुवात गरेकी छिन् ।

६) नाकाबन्दीका कारण देखापरेको इन्धनको समस्यामा नागरिकलाई थोरै भए पनि राहत दिने गरी सुरु गरिएको कारपुल नेपाल र विशेषतः महाभूकम्पपछिको अवस्थामा औषधिजन्य आवश्यकतालाई पूर्ति गर्ने उद्देश्यले सुरु गरिएको मेडिकेसन फर नेपाल दुवै सफल परियोजना हुन् । सुमना गणितमा पनि दख्खल राख्छिन् । गणितमा पनि स्थानविज्ञान (टोपोलोजी) र ज्यामितिमा उनको विशेषज्ञता छ । उनले व्यवस्थापन परामर्शदाताका रूपमा काम गरिसकेकी छिन् ।

७) उनले कोसी कोल्याबोरेटिभ (व्यवस्थापन तथा प्राविधिक परामर्शदाता कम्पनी), नोवाला बायोटेक (स्वास्थ्य उपकरण सामग्री उत्पादन) र बटुका क्रिमरी (आइसक्रिम पार्लर) लगायतका उद्यम स्थापना गरेकी छन् । प्रविधि र अर्थशास्त्रमा विज्ञता भएकी राजनीतिज्ञको रूपमा सुरुवाती चरणमा सुमनाका मूलतः तीनवटा प्राथमिकता छन् । पहिलो, रोजगारी सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा) । दोस्रो, नेपालको विकासको मुद्दामा प्रवासी नेपालीहरूलाई संलग्न गराउने । र तेस्रो, राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने हो । व्यवस्थापन परामर्शदाता सुमना श्रेष्ठ, उद्यमी र अभियन्ता पनि हुन् । सुमनाले काष्ठमण्डप पुनर्निर्माण र रानीपोखरी संरक्षण अभियानमा सम्पदाको संरक्षणका लागि स्थानीय तहमा समुदायलाई परिचालन गरी आन्दोलनका अग्रभागमा देखिन्थिन् । विभिन्न व्यवसायहरू स्थापना गरेर रोजगारी सिर्जना गरेकी छिन् ।

NOTE: यो पोस्ट रास्वपा प्रती लक्षित भने हुनेछैन। सुमना श्रेष्ठको बारेमा जान्न चाहनुहुनेहरुको लागि मात्रै हो है।🙏
Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय

यही मिती २०८१ पौष २० गते का.म.पा वडा ११ थापाथली बासीहरुको लागि निशुल्क आँखा शिविर संचालन हुने भएको हुँदा सो अवसरको सदुपय...
31/12/2024

यही मिती २०८१ पौष २० गते का.म.पा वडा ११ थापाथली बासीहरुको लागि निशुल्क आँखा शिविर संचालन हुने भएको हुँदा सो अवसरको सदुपयोग गरौ।

काठमाण्डौ महानगरपालिका वडा ११ का कुशल संचारकर्मि माया गिरी ज्यूलाई जन्मदिनको अवसरमा सु स्वास्थ, दिर्घायु एवं उत्तरोत्तर ...
19/12/2024

काठमाण्डौ महानगरपालिका वडा ११ का कुशल संचारकर्मि माया गिरी ज्यूलाई जन्मदिनको अवसरमा सु स्वास्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतिका साथै जन्मदिनको हार्दिक मंगलमय शुभकामना !!💐💐💐🎂

 #सबैमा_आभार #मलाई मेरो जन्मदिनमा आशिर्वाद,अनि अनगिन्ति माया तथा शुभकामना दिनुहुने सम्पुर्ण मेरा मित्रजन,शुभचिन्तक, सहकर...
06/12/2024

#सबैमा_आभार #
मलाई मेरो जन्मदिनमा आशिर्वाद,अनि अनगिन्ति माया तथा शुभकामना दिनुहुने सम्पुर्ण मेरा मित्रजन,शुभचिन्तक, सहकर्मी,आफन्त,अग्रज,अनुज लगायतलाई मेरो अन्तरहृदयबाट धन्यवाद टक्र्याउदछु।
यहाँहरुको माया सुभेच्छा शुभ-कामना र आत्मीय सदभाबका लागी सदैव आभारी रहने छु ।
🙏🙏🙏💞💞💞

नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हज...
09/10/2024

नाजायज सम्बन्धबाट सम्झौता गरि गौशाला धर्मशालाको नाममा मारवाडी सेवा समितीले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैया तिरेर हडपेको थियो ।

तर त्यो हटाउने बारेमा अदालतमा मुद्दा पर्छ । अदालतले फैसला गर्दै त्यो जग्गा पशुपति विकाश कोषलाई नै जिम्मा दिन्छ । अनि पशुपति विकाश कोषले धर्मशाला तथा असक्तहरुलाई निःशुल्क खाना र औषधी उपचार सेवाको व्यवस्थापन गर्न महानगरलाई दिन्छ । आफ्नो जिम्मेवारीमा आएको संरचनालाई संरक्षण र व्यवस्थापन गर्न महानगर प्रहरी पुग्छ । तर, अदालतको फैसला, कोषको निर्णय सबै लत्याएर मारवाडी सेवा समिति प्रतिकारमा उत्रिन्छ । नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर उल्टो मारवाडी सेवा समितिको संरक्षण गर्छ ।

अब बुझ्नु, देश चलेको त यस्तै समितिबाट पो रहेछ । यस्ता समितिहरूको नाजायज सम्बन्धहरू नियम र अदालत भन्दा माथि रहेछन् । हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ ।
- B***n Shah

यो मन्दिर काठमाण्डौ महानगर पालिका वडा नं ११ थापाथलीमा रहेको लक्ष्मीनारायण मन्दिर हो।विगत ४० बर्ष भन्दा पहिले देखि नै यो ...
05/04/2024

यो मन्दिर काठमाण्डौ महानगर पालिका वडा नं ११ थापाथलीमा रहेको लक्ष्मीनारायण मन्दिर हो।विगत ४० बर्ष भन्दा पहिले देखि नै यो गुठीको जग्गा र मन्दिर व्यक्तिले भोकचलन गर्दे आईरहेको छ।अब तपाईहरु नै भन्नुस् यो मन्दिर र जग्गा गुठी को नाममा आउँछ???????????
तपाईहरु को तर्फबाट जनप्रतिनिधि हरुलाई दुई शव्द जाओस्.......

Address

Swet Binayak Marg, Thapathali Ktm
Kathmandu

Telephone

+9779843800350

Website

Alerts

Be the first to know and let us send you an email when जनहित भ्वाइस posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share