09/03/2026
पीडित सरकारी कर्मचारी
(आलेप/मलेप) Loophole बारे स्पष्ट?
..
सोही कारणले आफ्नो विवरण खुलाउन उपयुक्त लागेन। यहीबाट सुरु गर्न चाहे।
कुनै कार्यालयमा नियुक्ति लिएर गएको, १,२ महिनामै, आफूभन्दा माथिका बाट जानी नजानी कसरी भ्रष्टाचार गर्न सिकाइन्छ, मैले भोगेको, देखेको कुरा।
१. आलेप/मलेप लाई अडिट खर्चको नाममा बील बढाउन लगाइन्छ, अडिट खर्च नछुट्आय, बेरुजु लेख्छ भन्दै डर हालिन्छ, आलेप, मलेप ले केही भाग लिदो रहेछ, बाँकी त्यहीँका कर्मचारीले लुडाउदो रैछन् ।
२. कार्यक्रम गरेको केही भाग नदिएसम्म, फाइल अगाडि नबढाएर, फाइल अड्काईन्छ।
३. प्रतिरोध गर्न खोजेपछि, का. स.मु काटिदिन्छु भनेर अर्को डर थपिदिन्छन् ।
असल नियत राखेर काम गर्न खोज्दा एक्लो अवश्य भइदो रहेछ।
*** यहीबाट साँसद हुँदै हुनुहुन्छ टन्नै। देश सुधार्नु छ भने, कर्मचारी तन्त्र सुधार्नु होला सुरुमा ।
आलेप, मलेप को खेलो के रैछ बुझ्नुहोला। कर्मचारी तन्त्र सुध्रिएन भने, जति नै राजनीति, ब्यबस्था फेरिएपनी, केही हुने वाला छैन।
Via:- Unknown/Nickname