Cool Channel

Cool Channel News with a Cool Vibe..
(1)

बिराज भट्टका छोरा नायक समीर भट्टले पनि नेपालका बाढीपिडितका लागि रु १५०,००० सहयोग गरेका छन्। यस अघि बिराज स्व्यमले पनि बर...
27/08/2026

बिराज भट्टका छोरा नायक समीर भट्टले पनि नेपालका बाढीपिडितका लागि रु १५०,००० सहयोग गरेका छन्। यस अघि बिराज स्व्यमले पनि बराबर रकम सहयोग गरेका थिए 🙏💓 हार्दिक धन्यवाद ...

देश रोइरहेको बेला आफ्नो तिजको गीत सार्वजनिक गर्नु परेको भन्दै अभिनेत्री निरुता सिंह एक कार्यक्रममा निकै भावुक बनेकी छन्।...
27/08/2026

देश रोइरहेको बेला आफ्नो तिजको गीत सार्वजनिक गर्नु परेको भन्दै अभिनेत्री निरुता सिंह एक कार्यक्रममा निकै भावुक बनेकी छन्। 😥💔 उनले हराइरहेका ब्यक्ती छिट्टै भेटिउन् भन्ने कामना गर्दै सबैलाई एक अर्काको साथ दिन पनि आग्रह गरेकी छन्।

विपदमा नेपालीको साथमा सञ्जय दत्त, सक्दो सहयोग गर्ने प्रतिबद्धताबलिउड अभिनेता सञ्जय दत्तले नेपालमा बाढीका कारण उत्पन्न वि...
27/08/2026

विपदमा नेपालीको साथमा सञ्जय दत्त, सक्दो सहयोग गर्ने प्रतिबद्धता

बलिउड अभिनेता सञ्जय दत्तले नेपालमा बाढीका कारण उत्पन्न विपद्प्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाएका छन्।

सामाजिक सञ्जालमा स्टोरी सेयर गर्दै दत्तले यस कठिन समयमा आफू नेपालीको साथमा रहेको बताएका हुन्। उनले आवश्यक परेको अवस्थामा आफूबाट सम्भव हुने जुनसुकै सहयोग गर्न तयार रहेको समेत उल्लेख गरेका छन्।

उनले बाढी प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै सुरक्षित रहन र धैर्य कायम राख्न आग्रह गरेका छन्। संकटको समयमा सञ्जय दत्तको यो सन्देशले नेपालीप्रति उनको सद्भाव र सहयोगी भावना देखाएको छ।

देशको अवस्था हेर्दै रचना रिमालले अष्ट्रेलियाको कार्यक्रम क्यान्सिल गर्दा एलिनाको कटाक्ष - "हाम्रो काम नै मनोरञ्जन दिने ह...
27/08/2026

देशको अवस्था हेर्दै रचना रिमालले अष्ट्रेलियाको कार्यक्रम क्यान्सिल गर्दा एलिनाको कटाक्ष - "हाम्रो काम नै मनोरञ्जन दिने हो। यसैबाट हामिले कमाएर सहयोग गर्ने हो।"

देशमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भइरहेका बेला गायिका रचना रिमालले अष्ट्रेलियामा तय भएका आफ्ना सांगीतिक कार्यक्रम स्थगित गरेकी छन्। रिमालले २८ अगस्टदेखि १२ सेप्टेम्बरसम्म हुने कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गर्दै विपद् राहत कोषमा एक लाख रुपैयाँ सहयोगसमेत गरेकी छन्।

रचनाको यो निर्णयपछि गायिका एलिना चौहानले भने फरक धारणा सार्वजनिक गरेकी छन्। उनले कलाकारको मुख्य काम नै मनोरञ्जन दिने रहेको उल्लेख गर्दै आफूहरूले यही पेशाबाट कमाएर आवश्यक परेको बेला सहयोग गर्ने बताएकी छन्।

एलिनाको भनाइलाई कतिपयले रचनाको कार्यक्रम स्थगित गर्ने निर्णयप्रतिको ‘कटाक्ष’का रूपमा समेत व्याख्या गरेका छन्। देश विपद्मा परेको अवस्थामा कलाकारले कार्यक्रम रोक्ने कि आफ्नो नियमित पेशालाई निरन्तरता दिँदै त्यसबाट आम्दानी गरेर सहयोग गर्ने भन्ने विषयमा सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

एलिनाले आफ्नो फेसबुकमा लेखेकी छन्-

"हामी कलाकार हौँ। जसरी डाक्टरले उपचार गर्छन्, पाइलटले उडान भर्छन्, सुरक्षाकर्मीले सुरक्षा दिन्छन्, त्यसरी नै हाम्रो पेशा र हाम्रो माध्यम कला हो।
यो बेला हामी पनि पीडितहरूको दुःखमा उत्तिकै दुःखी छौँ। तर हामीसँग सहयोग गर्ने माध्यम के छ? हाम्रो कला, हाम्रो आवाज र हामीलाई माया गर्ने दर्शकहरू।
त्यसैले कार्यक्रम गर्‍यौँ भन्दैमा गालि गर्नु कतिको उचित होला?
हामीले कार्यक्रम नगरेको भए, सहयोगका लागि रकम कसरी जुटाउने?
हाम्रो हरेक प्रस्तुति रमाइलोका लागि मात्र होइन यसपटकको कार्यक्रमबाट उठेको रकम विपतमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगमा समर्पित गर्ने उद्देश्यले हामी एक ठाउँमा उभिएका हौँ।
हामी कलाकार हौँ, हाम्रो काम कला प्रस्तुत गर्नु हो।
तर आज त्यही कलालाई कसैको आँसु पुछ्ने माध्यम बनाउन चाहेका छौँ।🙏🏼"

यो बिषयमा तपाई के भन्नुहुन्छ?

संचारकर्मी सुमन स्मारिकाको अर्जुन भुषाललाई सुझाव: आफ्ना मान्छे गुमाएकाहरूको घाउमा नुन नछर्कनुस् 😥💔सुमन लेख्छिन्- " कृपया...
27/08/2026

संचारकर्मी सुमन स्मारिकाको अर्जुन भुषाललाई सुझाव: आफ्ना मान्छे गुमाएकाहरूको घाउमा नुन नछर्कनुस् 😥💔

सुमन लेख्छिन्- " कृपया अर्जुन भुसाल ज्यु,

च्यातिएका, लुछिएका, भाँचिएका, क्षतविक्षत र अंगभंग भएका हेर्नै नसकिने मृत शरीरका विभत्स तस्बिर र भिडियोहरु देखाउन बन्द गर्नुस्।

देशमा विपत्ति आएको कुरा सबैलाई थाहा छ। यस्तो बिपत घडीमा सारा मानिसहरू त्रसित छन्। परिवारहरू आफ्ना मान्छेको खबर कुरिरहेका छन्।कसैको घरमा शोक छ। कसैको घरमा रुवाबासी छ । सारा देश चरम पिँडामा छ ।यस्तो अवस्थामा मृतकका शरीरका यस्ता पीडादायी दृश्यहरू पटक–पटक सार्वजनिक गरेर आखिर के उपलब्धि हुन्छ तपाईँलाई?

यो अन्टसन्ट मानवताहिन,घृणित कन्टेन बनाएर सामाजिक सञ्जालबाट डलर झार्ने, भ्युज बटुल्ने र दुःखलाई कन्टेन्ट बनाउने बेला होइन। यो आफ्ना मान्छे गुमाएका परिवारको घाउमा मलम लगाउने बेला हो।

तपाईंले देखाइरहेको त्यो क्षतविक्षत शरीर कसैको बुबा, आमा, छोरा, छोरी, दाजु वा भाइ हुन्। कुनै परिवारले आफ्नै मान्छेको अन्तिम अवस्था सामाजिक सञ्जालमा यसरी देख्नुपर्‍यो भने उनीहरूको पीडा कति हुन्छ भन्ने सोच्नुस्।

सक्नु हुन्छ भने उद्धारको सूचना दिनुस्। राहत कहाँ आवश्यक छ भन्नुस्। बेपत्ता मानिसको खोजीमा सहयोग पुग्ने सामग्री साझा गर्नुस्। तर कम्तिमा देशको यस्तो विषम अवस्थामा मृतकको शरीरलाई भ्युज, लाइक र कमाइको सामग्री नबनाउनुस् ।

साँचो पत्रकारिता वा सूचना सम्प्रेषणको नाममा पनि मानवीय संवेदनशीलता मार्न पाइँदैन। मृतकको सम्मान गर्नुस्। परिवारको पीडाको सम्मान गर्नुस्।

अहिले देशलाई तपाईँको लास देखाउने कन्टेन्ट होइन, मानवीयता र सहयोग चाहिएको छ। उहाँहरु हाम्रा पनि आफ्ना हुन्।यो हाम्रो पनि दुख हो। हाम्रो दुःखलाई तमासा नबनाऊस्। आफ्ना मान्छे गुमाएकाहरूको घाउमा नुन नछर्कनुस्। बिन्ति छ। 🙏🇳🇵🤢👊💔"

अभिनेता बिराज भट्टले बाढी पिडितहरुको लागि रु 151,000 सहयोग गरेका छन्। नेपालमा भीषण बाढीले जनधनको ठूलो क्षति पुर्‍याएपछि ...
27/08/2026

अभिनेता बिराज भट्टले बाढी पिडितहरुको लागि रु 151,000 सहयोग गरेका छन्। नेपालमा भीषण बाढीले जनधनको ठूलो क्षति पुर्‍याएपछि एक्सन स्टार तथा अभिनेता विराज भट्टले सहयोगको हात बढाएका हुन् ।

दुई दिन अघि मात्र सांगीतीक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेकी गायिका रचना रिमालले आफ्ना अष्ट्रेलियाका सम्पुर्ण कन्सर्टह...
27/08/2026

दुई दिन अघि मात्र सांगीतीक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेकी गायिका रचना रिमालले आफ्ना अष्ट्रेलियाका सम्पुर्ण कन्सर्टहरु क्यान्सिल गरेकी छन्।

नेपालमा पछिल्लो समय आएको प्रकोपबाट भएको भयावह अवस्थामा तिज कार्यक्रम गरेर नाँच्नु र नचाँउनु राम्रो होइन भन्दै उनले सिडनीको कार्यक्रम अर्को सुचना नआउदासम्मको लागी रद्द गरेकी हुन्। लागी

अहिले धेरैले उनको यो देशभक्ती कदमको प्रशंसा गरिरहेका छन्। 🙏💓

बाढीको पीडाले अन्तर्वार्तामै भक्कानिइन् प्रियंका कार्की, ‘मास्टर्नी’ फिल्मको प्रदर्शन पनि प्रभावित 😥💔काठमाडौं । नेपालमा ...
27/08/2026

बाढीको पीडाले अन्तर्वार्तामै भक्कानिइन् प्रियंका कार्की, ‘मास्टर्नी’ फिल्मको प्रदर्शन पनि प्रभावित 😥💔

काठमाडौं । नेपालमा पछिल्लो समय आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का घटनाले अभिनेत्री तथा निर्मात्री प्रियंका कार्कीलाई भावुक बनाएको छ। बाढीबाट भएको जनधनको क्षतिबारे कुराकानी गर्ने क्रममा उनी अन्तर्वार्तामै भक्कानिँदै रोएकी छन्।

विपद्का कारण धेरै परिवार प्रभावित भइरहेका बेला आफू पनि निकै दुःखी भएको प्रियंकाले बताएकी छन्। नेपाली चलचित्र क्षेत्रसमेत यस्तो विपद्को प्रभावबाट अछुतो नरहेको उनको भनाइ छ।

प्रियंकाको निर्माण तथा अभिनय रहेको चलचित्र ‘मास्टर्नी’ अहिले देशभरका हलमा प्रदर्शन भइरहेको छ। अगस्ट २१ देखि प्रदर्शनमा आएको चलचित्रले विपद्का कारण अपेक्षाअनुसारको दर्शक उपस्थिति पाउन कठिन भइरहेको बताइएको छ।

‘मास्टर्नी’ प्रियंकाको पहिलो निर्माण रहेको चलचित्र हो। शुभेन्दु घोष निर्देशित यस चलचित्रमा प्रियंकासहित आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा लगायतका कलाकारको अभिनय छ।

देश नै शोकमा रहेका बेला चलचित्रको व्यापारभन्दा पनि विपद्मा परेका नेपालीहरूको पीडा ठूलो भएको भाव प्रियंकाको अन्तर्वार्तामा देखिएको छ। उनको भावुक अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा समेत चर्चा पाउन थालेको छ।

चर्चित वरिष्ठ मु'टुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले बाढी तथा प्राकृतिक वि'पद्‌बाट प्र'भावित नागरिकहरूको रा'हत एवं उद्धा...
27/08/2026

चर्चित वरिष्ठ मु'टुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले बाढी तथा प्राकृतिक वि'पद्‌बाट प्र'भावित नागरिकहरूको रा'हत एवं उद्धा'रका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ। ❤️🙏 हार्दिक धन्यवाद ।

आमाछोरी नै बेपत्ता 😥 :  नुवाकोटको बेत्रावतीबाट कविता प्याकुरेल र उनकी छोरी रितिका प्याकुरेल बिहानदेखि सम्पर्कविहीन भएका ...
27/08/2026

आमाछोरी नै बेपत्ता 😥 : नुवाकोटको बेत्रावतीबाट कविता प्याकुरेल र उनकी छोरी रितिका प्याकुरेल बिहानदेखि सम्पर्कविहीन भएका छन्। उनीहरू रहेको घरसम्म पुगेर अवस्था बुझ्नसमेत कठिन रहेको जनाइएको छ। बेत्रावती क्षेत्रमा कसैले आमा - छोरीलाई देख्नुभएको भए ९८५१०१७४६८ मा सम्पर्क गरी जानकारी गराइदिन परिवारले आग्रह गरेको छ।

Address

Kathmandu
400001

Website

Alerts

Be the first to know and let us send you an email when Cool Channel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share