02/10/2025
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामी मगरले बडादशैं २०८२ को पावन अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ 👇
सयौं वर्षदेखि विद्यमान विभेदको अन्त्य, आधारभूत सत्यले बलशाली बन्दै जान सम्भव हुने अवस्था निर्माणमा बडा दशैं २०८२ ले सबैमा प्रेरित गरोस् 🙏
आज बडा दशैं (२०८२ असोज १६ गते) ।
करीब तीन हप्ता अगाडि (२०८२ भदौ २३-२४ मा) एकाएक सतहमा आएको जेन जी (Gen Z) आन्दोलनको घाऊ आलै छ । कांग्रेस-एमाले दल सम्मिलित सरकारको विघटन भई नागरिक सरकार गठन भए पश्चात देशलाई केही लयमा हिंडाउन प्रयत्न भएको त छ तर पनि देशको सबै क्षेत्रमा थप आशंका र अलमल कायम छ ।
समय र पात्रो अनुसार घर आँगनमा पर्व आए पनि आम नेपालीजनमा अन्तरहृदयदेखि हर्ष र हौसलाको अभाव छ । यो परिस्थितिलाई जेन जी आन्दोलन भन्दा अगाडिका सरकार सञ्चालकहरुका चरम अकर्मण्यताको परिणाम मानिएको छ र हो पनि त्यस्तै ।
मानिसको सामाजिक जीवनमा समाज जन्य संस्कार, संस्कृति भन्ने कुरा परम्परागत सामाजिक विधिविधान पनि हो । यसको लयमा समाज कहीं न कहीं जसरी तसरी जोडिई राखेको हुन्छ । यद्यपि सुखदुःख, संयोग-वियोगका अवस्था बहुआयामिक नै रही रहन्छ । एकाघरमा हुने यस्ता परिस्थितिले सानो ईकाईमा असर पारेको हुन्छ तर राज्य तहमा घट्ने/हुने परिस्थितिले आम रूपमा पीडा/वेखुशी सञ्चार गर्दो रहेछ । यद्यपि यसो भनी रहन जरुरी त छैन तर स्मरण विहिन हुन नसकिने रहेछ ।
आजको पावन दिनमा सबैमा अनुरोध र शुभकामना छ - समाजमा विद्यमान कुनै पनि विभेद, अन्याय, कुशासन, कुप्रवृत्ति, दमन र अत्याचार, निहित स्वार्थ प्रेरित आशय र कर्म अबका दिनमा घट्दै जाओस् । तब मात्र व्यक्ति, परिवार, समाज र सिंगो देशको सुस्वास्थ्य, सुखशान्ति, सम्वृद्धिको अपेक्षामा बढोत्तरीको सम्भावना स्पष्ट हुंदै जाने हो ।
आफूबाट कम्तिमा नराम्रो काम (अरुलाई हानी हुने काम) नहोस् भन्ने तर्फ सबैको सकारात्मक प्रयत्नको लागि मंगलमय शुभकामना व्यक्त गर्दछु । Happy Dashain -2082 🙏
टोप अस्लामी
महासचिव
राष्ट्रिय जनमुक्ति पार्टी