02/08/2026
सर्वोच्च अदालतले 'विश्वकर्मा' समुदायलाई नागरिकता, जनगणना, राष्ट्रिय तथ्यांक, सरकारी कागजात तथा अन्य आधिकारिक अभिलेखमा इच्छाअनुसार 'कामी'को सट्टा 'विश्वकर्मा' थर प्रयोग गर्न पाउने आदेश दिएको छ।
न्यायाधीश हरि प्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले आत्मपहिचान प्रत्येक नागरिकको अधिकार भएको ठहर गर्दै आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो। साथै, 'कामी' थर नै राख्न चाहने व्यक्तिको अधिकार पनि सुरक्षित रहने स्पष्ट गरेको छ।
यो रिट विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गरेका थिए। अदालतले कुनै नाम वा पहिचानले अपमान वा विभेदको अनुभूति गराउँछ भने आफूलाई कसरी चिनाउने भन्ने निर्णय सम्बन्धित व्यक्ति वा समुदायको अधिकार हुने उल्लेख गरेको छ।