उज्यालो खबर

उज्यालो खबर विभिन्न ताजा ताजा जानकारिको लागि हाम्रो पेजलाई फलो गर्नुहोला🙏
(2)

22/09/2025

शिक्षामन्त्री महावीर पुन भन्छन्: मन्त्रालय मै बस्ने हो । त्यै ओछ्यान लगाउने हो, काम त्यै गर्ने हो । मन्त्रालय भित्रै किचन होला त्यै पकाएर खाने, त्यै सुत्ने ।

21/09/2025

नेपाल सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र शाक्यलाई हटाएको छ ।

सार्है दु:खद घटना😢जेनजी आन्दोलनले एउटा परिवारलाई दोहोरो पीडा बेहोर्न बाध्य बनाएको छ। दार्चुलाका प्रहरी जवान उत्तम थापा म...
16/09/2025

सार्है दु:खद घटना😢
जेनजी आन्दोलनले एउटा परिवारलाई दोहोरो पीडा बेहोर्न बाध्य बनाएको छ। दार्चुलाका प्रहरी जवान उत्तम थापा मंगलबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीको कु'टपिट बाट ज्यान गुमाउन पुगे। केही महिनाअघि मात्रै उनका कान्छा भाइ घाँस दाउरा गर्ने क्रममा भीरबाट लडेर ज्यान गुमाइसकेका थिए। सात महिनाभित्र एउटै आमा बुबाले दुई छोराको मृ'त्यु सहनुपरेको छ।

उत्तम थापा प्रहरी सेवामा रहेर राष्ट्रको सुरक्षामा खटिएका थिए। कर्तव्यपालनकै क्रममा आक्र'मणको शिकार बन्न पुगे। उनको असामयिक निधनले परिवारसँगै सम्पूर्ण जिल्लावासीलाई गहिरो शोकमा डुबाएको छ।अब गाउँमा दुई सन्तान गुमाएकी उनकी आमा एक्लो भएकी छिन्। पीडामा डुबेका परिवारलाई सान्त्वना दिने कोही छैन। एकपछि अर्को विपत्तिले छोएको यस परिवारको कथा सुन्दा आँसु रोक्न सकिदैन। उनका सहकर्मी र स्थानीयवासीले उत्तमलाई इमानदार, साहसी र जिम्मेवार प्रहरीका रूपमा सम्झिरहेका छन्।💔😢

ओलि सरकारबाट जिरो अङ्क पाएका उज्यालोका नायक  विद्युत प्राधिकरण देखि मन्त्रीसम्मको यात्रा जेन्जी जेनेरेसनले पाएको ठूलो उप...
15/09/2025

ओलि सरकारबाट जिरो अङ्क पाएका उज्यालोका नायक विद्युत प्राधिकरण देखि मन्त्रीसम्मको यात्रा जेन्जी जेनेरेसनले पाएको ठूलो उपलब्धि हो।

15/09/2025

जेन्जी आन्दोलनका शहीदहरूको अन्तिम यात्रा आज साँझ ४ बजे बाट चक्रपथ देखि पशुपति सम्म हुने भएको छ।

15/09/2025

अहिले सपथ लिँदै गर्नुभएका अर्थ मन्त्री रामेश्वर खनालले
1) आफ्नै गाडी चढ्ने , सरकारी गाडिको प्रयोग नगर्ने
2) सरकारी निवास नलिने
3) पिएसओ नलिने
4) नाम अगाडि माननीय नलेख्ने
माग गरेका छन् ।

14/09/2025

तीन मन्त्रीको लाग्यो टुंगो, भोलि शपथ
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृह मन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो ।

14/09/2025

पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छिन्। प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन्।

14/09/2025

जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या हालसम्म ७२ पुगिसकेको छ।

14/09/2025

दसैंका लागि अग्रिम टिकट बुकिङ खोल्नेबारे आज छलफल हुँदै छ ।

14/09/2025

PM Shushila Karki भन्नुहुन्छ "म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु । खट्छु । तपाईंहरुको घाउ मैले बुझेको छु । अहिले मलाई बधाई नदिनुहोला ! "

बुटवलको कालिका स्कुलमा पढाउने एक जना सरले भाटभटेनीमा आइसक्रिम चोरी गरेको फोटो भाइरल भएपछि स्कुलले ती शिक्षकलाई हटाएको छ ...
13/09/2025

बुटवलको कालिका स्कुलमा पढाउने एक जना सरले भाटभटेनीमा आइसक्रिम चोरी गरेको फोटो भाइरल भएपछि स्कुलले ती शिक्षकलाई हटाएको छ । 😲

Address

Manamaiju
Kathmandu

Telephone

+9779846628126

Website

Alerts

Be the first to know and let us send you an email when उज्यालो खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उज्यालो खबर:

Share