The New Media

The New Media Media

मनिषा कोइरालालाई हिरोनी हुनुअघि नै चिनेको र भेटेको हुँ लीला दिदीको घर बानेश्वरमा । त्यो भेटमा उनले भृकुटीमण्डपको हाइभिजन...
21/08/2026

मनिषा कोइरालालाई हिरोनी हुनुअघि नै चिनेको र भेटेको हुँ लीला दिदीको घर बानेश्वरमा ।

त्यो भेटमा उनले भृकुटीमण्डपको हाइभिजन हलमा गएर नेपाली फिल्म हेरेँ तर त्यो फिल्म मन परेन भनिन् । पछि उनले फुर्बा छिरिङ गुरुङको निर्देशनमा फेरि भेटौँला भन्ने फिल्म खेलिन् । यो फिल्मको स्क्रिप्ट लेख्न मलाई यस फिल्मका प्राविधिक सल्लाहकार राजविक्रम शाहले आग्रह गरेका थिए तर त्यो काम मैले गर्न भ्याइनँ ।

अरुण कायस्थ लगायत मेरा अरू केही मित्रले बनाएको फेरि भेटौँलापछि मनिषाजी सित फेरि भेट्न गाह्रो भयो । यही फिल्म उनको पहिलो निशानी हो र धेरै वर्षपछि उनले अर्को फिल्म खेलिन् – धर्मा , राजेश हमालसित । फिल्म खास चलेन ।

यसपछि शायद मनिषाको नेपाली फिल्मको यात्रा अवरुद्ध
भयो र अहिलेसम्म त्यो कथा यति नै छ ।

तर यो फोटोले अर्कै कथा बोकेको छ – त्यसको साक्षी हुन् फोटोग्राफर मीनरत्न बज्राचार्य, शायद उनले यसबारे धेरै भन्ने छन् कुनै दिन ... [प्रकाश सायमी]

Manisha Koirala ले नेपाली फिल्म फेरि भेटौँला (सन् १९८९) बाट अभिनयमा डेब्यू गरिन् र पछि हिन्दी चलचित्र सौदागर (सन् १९९१) बाट भारतीय सिनेमामा डेब्यू गरिन् । पछि उनले बम्बे (१९९५), अग्नि साक्षी (सन् १९९६), इन्डियन (सन् १९९६), गुप्त: द हिडन ट्रुथ (सन् १९९७), कच्चे धागे (सन् १९९९), मुधलवन (सन् १९९९) र कम्पनी (सन् २००२) सहित बलिउडमा व्यावसायिक सफलताका साथ आफूलाई स्थापित गरिन् ।

उनले १९४२: अ लभ स्टोरी (सन् १९९४) मा सिधासाधा केटी, अकेले हम अकेले तुम (सन् १९९५) मा महत्त्वाकांक्षी पत्नी, खामोशी: द म्युजिकल (सन् १९९६) मा बहिरा-मूक आमाबाबुकी छोरी, दिल से.. ( १९९८) मा आतंकवादी र लज्जा (२००१) मा दुर्व्यवहार गरिएको महिलाको भूमिका निर्वाह गरेकि छिन् ।

कीर्तिमुख भैरवको उत्पत्तिलाई दक्षयज्ञ र वीरभद्रको आख्यानसँग जोड्ने तान्त्रिक–पौराणिक परम्परा पनि भेटिन्छ।
21/08/2026

कीर्तिमुख भैरवको उत्पत्तिलाई दक्षयज्ञ र वीरभद्रको आख्यानसँग जोड्ने तान्त्रिक–पौराणिक परम्परा पनि भेटिन्छ।

आजभन्दा ६५ वर्षअघिको कुरा हो । सोभियत संघले अमेरिकाको नाकै नजिकै रहेको क्युबामा आण'विक मिसा'इलहरू जडान गरेपछि अमेरिका र ...
21/08/2026

आजभन्दा ६५ वर्षअघिको कुरा हो । सोभियत संघले अमेरिकाको नाकै नजिकै रहेको क्युबामा आण'विक मिसा'इलहरू जडान गरेपछि अमेरिका र सोभियत संघबीचको त'नाव च'रम विन्दुमा पुगेको थियो।

सन् १९६२ को अक्टोबर १६ देखि २८ सम्मको त्यो १३ दिन यति तनावपूर्ण थियो कि धेरै इतिहासकार र विज्ञहरूले त्यसलाई शी'त यु'द्धको सबैभन्दा ख'तरनाक क्षण र मानव इतिहासकै सबैभन्दा तना'वपूर्ण परिस्थितिहरूमध्ये एक मानेका छन् । यो Cuban Missile Crisis (क्युबाली मि'साइल सं'कट) को नामले चिनिन्छ।

त्यसबेला दुवै महाशक्तिसँग पर्याप्त आ'णविक ह'तियार भण्डारण थियो। दुवै पक्षका आ'णविक ह'तिया'रहरू आ'क्र'मणका लागि तयार अवस्थामा थिए । स्थिति भड्किएको भए कुनै पनि क्षण तेस्रो वि'श्वयु'द्ध सुरु हुन सक्थ्यो, जसले पृथ्वीको ठूलो हिस्सा ध्व'स्त पार्न सक्थ्यो।

अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीलाई उनका सैन्य प्रमुखहरूले क्युबामाथि तुरुन्तै हवाइ ह'मला र आ'क्रमण गर्न तीव्र दबाब दिइरहेका थिए । यदि केनेडीले सेनाको कुरा सुनेर आफू पनि आ'वेशमा आएर हम'लाको आदेश दिएको भए सोभियत संघ तत्कालै प्रतिकारमा उत्रिने थियो। परिणाम के हुने थियो होला, अहिले कल्पना गर्दा पनि सिरिङ्ग हुन्छ।

यही संकटका बीचमा सोभियत संघले क्युबामाथि उडिरहेको एउटा अमेरिकी जा'सुसी विमानलाई खसालिदियो। अमेरिकी उच्च सैनिक अधिकारीहरू त्यसबाट झनै क्रु'द्ध बने ।

यस्तो गम्भीर र यु'द्धको नजिक पुगिसकेको परिस्थितिमा पनि केनेडी र सोभियत नेति नीकिता ख्रुश्चेभले धैर्य गुमाएनन् । सार्वजनिक रूपमा कडा भाषा प्रयोग गरे पनि उनीहरूले पर्दा पछाडि गोप्य चिठ्ठीपत्र आदानप्रदान गरिरहे र मध्यस्थकर्ताहरू मार्फत निरन्तर संवाद जारी राखे।

त्यही धैर्य, संयम, सुझबुझ, कूटनीतिक क्षमता र उन्नत संवाद कौशलका कारण दुवै पक्षबीच गोप्य सहमति भयो। जस अनुसार सोभियत संघले क्युबाबाट आफ्ना मिसा'इलहरू हटायो। अमेरिकाले क्युबामाथि आ'क्रमण नगर्ने वाचा गर्दै टर्कीमा रहेका आफ्ना अमेरिकी मिसा'इलहरू गोप्य रूपमा हटायो।

र यसरी तेस्रो वि'श्वयु'द्धको संघारमा पुगेको ठूलो आ'णविक सं'कट टरेको थियो।

[देशभित्र संसद्मा, संसदीय समितिमा, महत्त्वपूर्ण बैठकहरूदेखि करिब करिब जताततै साना-साना कुरामा पनि झै-झगडा र तनावको दृश्य देख्दा दिक्क लागेको छ भने उन्नत संवाद कौशल र समस्या समाधानको यो उदाहरण पढ्न रूचीकर होला भन्ने विश्वासका साथ शरद पाठकले सामाजिक सञ्जालमा लेखेका छन् ।]

फोटो: Cuban Missile Crisis को एकवर्षअघि सन् १९६१ मा अष्ट्रियाको भियनामा निकिता ख्रुश्चेभ र जोन एफ केनेडीबीचको प्रत्यक्ष भेटवार्ता

वि.सं. २०१३ साल भाद्र ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल राष्ट्र बैंकको अंग्रेजी नाम "The State Bank of Nepal...
21/08/2026

वि.सं. २०१३ साल भाद्र ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाल राष्ट्र बैंकको अंग्रेजी नाम "The State Bank of Nepal" नभई "Nepal Rastra Bank" हुने जानकारी गराइएको थियो ।

नेपालको केन्द्रीय बैंक 'नेपाल राष्ट्र बैंक' को स्थापना वि.सं. २०१३ साल वैशाख १४ गते भएको हो, जसले देशको मौद्रिक नीति निर्माण तथा आर्थिक स्थायित्वको काम गर्दछ।

स्थापनाको सुरुवाती समयमा यसलाई अंग्रेजीमा "The State Bank of Nepal" लेख्ने गरिएको उक्त अभ्यासलाई सच्याउँदै वि.सं. २०१३ साल भाद्र ५ गते नेपाल राजपत्र (भाग २, संख्या १७) मा सूचना प्रकाशन गरी अंग्रेजीमा पनि Nepal Rastra Bank नै आधिकारिक नाम हुने स्पष्ट पारिएको थियो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँ'जाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरक...
21/08/2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँ'जाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले गाँ'जा उत्पादन र बजारीकरणलाई रोजगारी, आय तथा राजस्वसँगै औषधीय उपयोगका दृष्टिले पनि अध्ययन गरी व्यवस्थित गर्नुपर्ने बताए । यसका लागि विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा कानुनी ढाँचा निर्माण गर्न गृह मन्त्रालयसँग समन्वय गरिने उनको भनाइ छ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशन प्रक्रिया रोक्न माग गर...
21/08/2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन्।

आधिकारिकता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सा दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने कांग्रेस संस्थापन इतर पक्षको तर्क छ।

शुक्रबार दुवै नेताका तर्फबाट कानुन व्यवसायीले छुट्टाछुट्टै रिट सर्वोच्चमा दर्ता गरेका हुन्।

महात्मा गान्धीले लेखेका दुर्लभ हस्तलिखित नोटहरूको संग्रह मुम्बईमा भएको लिलामीमा १६.२ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ...
21/08/2026

महात्मा गान्धीले लेखेका दुर्लभ हस्तलिखित नोटहरूको संग्रह मुम्बईमा भएको लिलामीमा १६.२ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ।

स्वतन्त्रता सेनानी र गान्धीका नजिकका सहयोगी आनन्द टी. हिंगोरानीको परिवारले सुरक्षित राखेका ती संग्रहमा गान्धीद्वारा लिखित ६८८ सन्देश छन् ।

ती सन्देश १९४४ र १९४६ को बीचमा लेखिएका थिए । जसमा सत्य, अहिंसा र आत्मसंयमजस्ता विषयमा गान्धीका विचार छन्।

विद्यार्थीकालमा शेरबहादुर देउवा सादगीपूर्ण नेता थिए । पञ्चायतकालको अन्ततिर देउवामा विचलनको सम्भावना देखेर पार्टी सभापति ...
21/08/2026

विद्यार्थीकालमा शेरबहादुर देउवा सादगीपूर्ण नेता थिए । पञ्चायतकालको अन्ततिर देउवामा विचलनको सम्भावना देखेर पार्टी सभापति कृष्णप्रसाद भट्टराईले उनलाई बेलायत पठाएका थिए ।

विसं २०४६ सालको आन्दोलनताका देउवा लण्डनमा थिए । उनी आन्दोलनपछि मात्रै स्वदेश फर्किएका थिए । पछि उनले डडेलधुराबाट २०४८ सालको चुनाव जिते । सुदूरपश्चिममा १९ स्थानमध्ये १८ मा काँग्रेसले जित हासिल गरेसँगै त्यसको जस देउवालाई आइलाग्यो र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई गृहमन्त्री बनाए ।

विसं २०५२ सालमा उनी प्रम बनेसँगै उनको पदीय सफलता चुलिँदै र नैतिक पुँजी खस्कदै गयो । परिणामतः गत वर्ष भदौ २४ गते उनले शारीरिक, भौतिक र नैतिक क्षति बेहोर्न पुगे ।

वि.सं. १९६३ असार १७ गते जन्मेका राजा त्रिभुवन ५ वर्षको उमेर (वि.सं. १९६८) मा नेपालका राजा बनेका थिए। उनले ४३ वर्ष राजकीय...
21/08/2026

वि.सं. १९६३ असार १७ गते जन्मेका राजा त्रिभुवन ५ वर्षको उमेर (वि.सं. १९६८) मा नेपालका राजा बनेका थिए। उनले ४३ वर्ष राजकीय शासन गरे, यद्यपि राज्यसत्ताको बागडोर भने राणाहरूको हातमा थियो ।

उनको शासनकालमा चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर, मोहनशमशेर र मातृकाप्रसाद कोइराला गरी ६ जना प्रधानमन्त्री बने । विसं २००९ सालमा उनले भिनाजु केशरशमशेरको नेतृत्वमा परामर्शदातृ सभा गठन गरे । राणा शासनको अन्त्य र नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सुरुवात उनकै पालामा भयो । विसं २०११ साल फागुन ३० गते स्विट्जरल्याण्डमा ४८ वर्षको उमेरमा उनको निधन भयो ।

सरकारले नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूलाई राजनीतिक नियुक्तिको प्राथमिकतामा राखेको छ । पूर्वाधार विकासमन्त्री सुनि...
21/08/2026

सरकारले नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूलाई राजनीतिक नियुक्तिको प्राथमिकतामा राखेको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भर्खरै मन्त्रालयको विज्ञ सचिवका रूपमा अवकाशप्राप्त सहायक रथी धर्मेन्द्रकुमार झालाई नियुक्त गरेका छन्।

यस्तै, सरकारले बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा पनि पूर्वमहासेनानी डा. आनन्दसिंह भाटलाई नियुक्त गरेको छ ।

यसैगरी, चिकित्सा शिक्षा आयोग (चिशिआ) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका अवकाशप्राप्त रथी डा. देवेन्द्र खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका छन् ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायु सेवा निगम (नेवानि) को सञ्चालक समिति सदस्य पदमा नेपाली सेनाका पूर्वउपरथी डा. दीपकप्रसाद बाँस्तोलालाई नियुक्त गरेका थिए । तर बाँस्तोलाको नियुक्तिलाई सर्वोच्च अदालतले खारेज गरेको छ।

सरकारले गत वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ जारी गरी एकै पटक एक हजार ५३४ पदाधिकारी हटाएको थियो।

Address

Kirtipur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The New Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share