Tanahun update

Tanahun update Online News Portal

तनहुँको पवित्र धर्तीमा विराजमान अकला माईको दर्शनले सबैको मनोकामना पूरा गरून्। 🙏🙏
08/09/2026

तनहुँको पवित्र धर्तीमा विराजमान अकला माईको दर्शनले सबैको मनोकामना पूरा गरून्। 🙏🙏

श्रम संस्कृति पार्टीको कोसी बैठकले २०८४ को स्थानीय तथा प्रदेश चुनावमा बहुमत ल्याउने र त्यसपछिको २०८७ निर्वाचनबाट अध्यक्ष...
07/09/2026

श्रम संस्कृति पार्टीको कोसी बैठकले २०८४ को स्थानीय तथा प्रदेश चुनावमा बहुमत ल्याउने र त्यसपछिको २०८७ निर्वाचनबाट अध्यक्ष हर्क साम्पाङलाई देशको प्रधानमन्त्री बनाउने गरी संगठन निर्माण गर्ने औपचारिक निर्णय गरेको छ।

श्रीमतीको ख्यालवास्ता गरेर चर्चामा आएका विनोद खड्का दोस्रो सन्तानको बुवा बनेका छन्। लामो समयदेखि बिरामी रहेकी पहिलो श्री...
07/09/2026

श्रीमतीको ख्यालवास्ता गरेर चर्चामा आएका विनोद खड्का दोस्रो सन्तानको बुवा बनेका छन्। लामो समयदेखि बिरामी रहेकी पहिलो श्रीमती राधा खड्काको उपचार र स्वास्थ्य सुधारका लागि उनले लामो समयसम्म प्रयास गरेका थिए। स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि राधा र परिवारको सहमतिमा विनोदले दोस्रो विवाह गरेका थिए। दोस्रो श्रीमतीबाट हिजो छोराकोन जन्म भएको हो । विनोदको पहिलो श्रीमतीतर्फ एक छोरीसमेत छिन्, जो हाल ‘कान्छी’ सिरियलमा अभिनय गरिरहेकी छन्।

प्रेमीलाई महँगो बाइक उपहार दिने रहरले भारतको तमिलनाडु, कोइम्बटोरमा एक १९ वर्षीया युवतीलाई जेलको हावा खुवाएको छ। कलेज अध्...
06/09/2026

प्रेमीलाई महँगो बाइक उपहार दिने रहरले भारतको तमिलनाडु, कोइम्बटोरमा एक १९ वर्षीया युवतीलाई जेलको हावा खुवाएको छ। कलेज अध्ययनरत ती युवतीले आफ्ना प्रेमीका लागि नयाँ केटिएम बाइक किन्न आफ्नै बुबाका साथीको घरबाट ७२ ग्राम सुनका गहना चोरेको अनौठो घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार १९ वर्षीया छात्रा आर. जोय प्रिन्सी आफ्ना बुबाका साथी एच. तमिलसेल्भनको घर पाहुना बनेर पुगेकी थिइन्। त्यही मौका छोपेर उनले कोठाको दराजमा राखिएको सुनका गहना सुटुक्क चोरेकी थिइन्। त्यसपछि उनले ती चोरीका गहना स्थानीय सुन पसलमा लगेर बेचिन् र प्राप्त रकम प्रेमीको हातमा सुम्पिइन्।

सुन बेचेर आएको पैसाबाट उनले आफ्ना प्रेमी जनगन शिवाका लागि ब्रान्ड न्यू केटिएम बाइक खरिद गरिदिइन्। बाइक किनेपछि शोरुमबाट डेलिभरी लिँदै दुवै जनाले खुसी मनाएको भिडियो सामाजिक सञ्जालमा सेयर गरेपछि घटनाले नयाँ मोड लियो। घरबाट सुन हराएपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए र अनुसन्धानका क्रममा सामाजिक सञ्जालको त्यही भिडियो र युवतीको गतिविधिले चोरीको रहस्य खोलिदियो।

प्रहरीको सोधपुछका क्रममा युवतीले प्रेमीलाई बाइक उपहार दिनकै लागि सुन चोरेको बयान दिएकी छिन्। उनलाई प*क्राउ गरी न्यायिक जे*लमा पठाइएको छ भने युवती प*क्राउ परेलगत्तै उनका प्रेमी फरार भएकाले प्रहरीले खोजी कार्य तीव्र बनाएको छ।

बालेनको चमत्कार, बाढी गएको १० दिनमै नुवाकोटको तादी खोलामा एक्रो ब्रिज जडाननुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोला...
05/09/2026

बालेनको चमत्कार, बाढी गएको १० दिनमै नुवाकोटको तादी खोलामा एक्रो ब्रिज जडान

नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी खोलामा ६० मिटर लामो एक्रो ब्रिज जडानको काम सुरु भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावले यहाँको पक्की पुल बगाएपछि अहिले सोही स्थानमा नयाँ वैकल्पिक पुल जडान गर्न थालिएको हो।

बाढीले बगाएको पुरानो पुलको अबुटमेन्टमै नयाँ एक्रो ब्रिज जडान भइरहेको छ। पुल बगेसँगै स्थानीय आवागमनमा समस्या उत्पन्न भएको थियो भने अब नयाँ पुल निर्माण सुरु भएसँगै क्षेत्रका बासिन्दाले छिट्टै सहज यातायातको अपेक्षा गरेका छन्।

बाढी गएको करिब १० दिनमै पुल जडानको काम सुरु हुनु प्रभावित क्षेत्रका लागि ठूलो राहतका रूपमा हेरिएको छ। पुल सञ्चालनमा आएपछि देवीघाट आसपासका स्थानीयवासी तथा सो सडक प्रयोग गर्ने यात्रुको आवतजावत पुनः सहज हुने अपेक्षा गरिएको छ।

यस विपतको समयमा रिमा विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुक पेजमार्फत रसुवा बाढीको बारेमा पलपलको अपडेट गराइरहे...
05/09/2026

यस विपतको समयमा रिमा विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुक पेजमार्फत रसुवा बाढीको बारेमा पलपलको अपडेट गराइरहेकी छन्। समाचारवाचककै शैलीमा रसुवा को अपडेट दिँदा रिमा विश्वकर्माको सर्वत्र प्रशंसा भएको छ।

राहत दिने एमाले केन्द्रीय अध्यक्ष के पी ओली,राहत पाउने एमाले केन्द्रीय सदस्य प्रेम तामाङ।
05/09/2026

राहत दिने एमाले केन्द्रीय अध्यक्ष के पी ओली,
राहत पाउने एमाले केन्द्रीय सदस्य प्रेम तामाङ।

रसुवा बाढीपछि सदनमा भावुक देखिए प्रधानमन्त्री बालेन शाह, भने– ‘नेतृत्वलाई रुन छुट छैन’ रसुवामा गएको विनाशकारी बाढीबाट भए...
02/09/2026

रसुवा बाढीपछि सदनमा भावुक देखिए प्रधानमन्त्री बालेन शाह, भने– ‘नेतृत्वलाई रुन छुट छैन’ रसुवामा गएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले सदनमा निकै भावुक सम्बोधन गरेका छन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले मुलुक अहिले अत्यन्तै दुःखद् र संवेदनशील परिस्थितिबाट गुज्रिरहेको भन्दै विपत्तिको समयमा नेतृत्वले भावनामा बगेर बस्ने नभई जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले भने, “नेतृत्वलाई रुन छुट छैन। मन भक्कानिँदा एक–अर्कासँग बिलौना गर्ने समय पनि छैन। हाम्रा लागि यो एकदमै दुःखको समय हो।”
रसुवा बाढीले पुर्‍याएको क्षतिले आफूलाई समेत अत्यन्तै दुःखी बनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पीडित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताए।

भोटेकोशी बाढीमा आफ्नो छोरिहरू बचाउन सङ्घर्ष गरिरहेकी आमा। १० सेकेन्ड ले आफ्ना छोराछोरी बचाउन सफल भएकी महान आमा जसले आफू ...
02/09/2026

भोटेकोशी बाढीमा आफ्नो छोरिहरू बचाउन सङ्घर्ष गरिरहेकी आमा। १० सेकेन्ड ले आफ्ना छोराछोरी बचाउन सफल भएकी महान आमा जसले आफू मात्र बाँचिनन् बच्चाहरू समेत बचाएर आमा हुनुको कर्तव्य निभाएकी छन्

आफ्नो ज्यानको बाजी लगाएर उद्धारमा खटिने नेपाली सेनालाई सलाम!
02/09/2026

आफ्नो ज्यानको बाजी लगाएर उद्धारमा खटिने नेपाली सेनालाई सलाम!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Tanahun update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share