31/08/2026
विद्यालय बग्यो, तर १,६४३ विद्यार्थी बाँचे!
नुवाकोटको त्रिशूली क्षेत्रमा विनाशकारी बाढी आउनुअघि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दबाडीले समयमै गरेको निर्णयले १,६४३ जना विद्यार्थीको ज्यान जोगिएको छ।
बाढीको पानी तीव्र गतिमा विद्यालयतर्फ आउँदै गरेको खबर पाएपछि उनले तत्काल विद्यालयको घण्टी बजाएर विद्यार्थीलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिए। बाटोमा रहेका विद्यालयका बसहरूलाई समेत फर्किन आग्रह गरे।
एउटा बस भने त्यतिबेला पुल पार गर्दै थियो। पानीको बहाव बढिरहेको देखेपछि उनले चालकलाई तत्काल फर्किन भने। बस सुरक्षित स्थानमा पुगेको केही समयमै बाढीले पुल नै बगायो।
विद्यार्थीहरूलाई उचाइतर्फ पठाएर सुरक्षित स्थानमा पुर्याइएको केही समयमै बाढीले विद्यालय भवन नै बगायो।
तर विद्यालय बग्यो…
१,६४३ विद्यार्थी बाँचे।
स्थानीयहरूले प्रधानाध्यापक राजेन्द्रलाई नायक भने पनि उनको सरल जवाफ थियो—
“मैले अरू के गर्न सक्थें र?”
संकटको त्यो क्षणमा समयमै लिएको एउटा निर्णयले हजारौँ बालबालिकाको जीवन जोगायो।
प्रधानाध्यापक राजेन्द्र दबाडीप्रति हार्दिक सम्मान।