EPS Korea News

EPS Korea News All news related to eps korea

२०८३ आश्विन १३ गते (September 29, 2026) मा कोरिया जाने रेगुलर (Manu) श्रमिकहरुको सूची
10/09/2026

२०८३ आश्विन १३ गते (September 29, 2026) मा कोरिया जाने रेगुलर (Manu) श्रमिकहरुको सूची

२०८३ आश्विन १२ गते (September 28, 2026) मा कोरिया जाने रेगुलर (Manu) श्रमिकहरुको सूची
10/09/2026

२०८३ आश्विन १२ गते (September 28, 2026) मा कोरिया जाने रेगुलर (Manu) श्रमिकहरुको सूची

🇳🇵🇰🇷 चो ह्युनको नेपाल भ्रमणले नेपाल–दक्षिण कोरिया सम्बन्ध थप सुदृढ हुने विश्वासकाठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री म...
06/09/2026

🇳🇵🇰🇷 चो ह्युनको नेपाल भ्रमणले नेपाल–दक्षिण कोरिया सम्बन्ध थप सुदृढ हुने विश्वास
काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री महामहिम चो ह्युनको नेपाल भ्रमणलाई नेपाल–दक्षिण कोरिया सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच हुने उच्चस्तरीय भेटवार्ताले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
विशेषगरी भोटेकोशी बाढीपछि खोजी, उद्धार तथा राहतमा भइरहेको नेपाल–दक्षिण कोरिया सहकार्यका बीच हुन लागेको यो भ्रमणले आपसी सहयोग र सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
🤝 भ्रमणका क्रममा रोजगारी, शिक्षा, पर्यटन, लगानी, प्रविधि, मानव संसाधन तथा द्विपक्षीय सहयोगका महत्वपूर्ण विषयमा छलफल तथा सहकार्य अघि बढ्ने अपेक्षा गरिएको छ।
नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई आगामी दिनमा अझ आत्मीय, सुदृढ र बहुआयामिक बनाउन उच्चस्तरीय भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
🇳🇵🇰🇷 नेपाल–दक्षिण कोरिया मित्रता अझ बलियो बनोस्।
🙏 भ्रमणको सफलताको हार्दिक शुभकामना।
EPS KOREA News

Big Breaking: Trishuli 3A सुरुङ भित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको छ, भने उहाँका अनुसार अरु पनि जीवितै छन् भन्ने ज...
04/09/2026

Big Breaking: Trishuli 3A सुरुङ भित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको छ, भने उहाँका अनुसार अरु पनि जीवितै छन् भन्ने जानकारी प्राप्त भएको छ। 😮

04/09/2026
२०८३ भाद्र ३० गते (September 15, 2026) मा कोरिया जाने रेगुलर (Manu+Agri) श्रमिकहरुको सूची
30/08/2026

२०८३ भाद्र ३० गते (September 15, 2026) मा कोरिया जाने रेगुलर (Manu+Agri) श्रमिकहरुको सूची

२०८३ भाद्र २८ र २९ गते (September 13 & 14, 2026) मा कोरिया जाने रेगुलर (Manu+Agri) श्रमिकहरुको सूची
30/08/2026

२०८३ भाद्र २८ र २९ गते (September 13 & 14, 2026) मा कोरिया जाने रेगुलर (Manu+Agri) श्रमिकहरुको सूची

🇰🇷🇳🇵 नेपालको रसुवा बाढीपीडितका लागि Doosan Group को ५० लाख डलर सहयोग घोषणादक्षिण कोरियाको Doosan Group (두산그룹) ले नेपालमा...
28/08/2026

🇰🇷🇳🇵 नेपालको रसुवा बाढीपीडितका लागि Doosan Group को ५० लाख डलर सहयोग घोषणा

दक्षिण कोरियाको Doosan Group (두산그룹) ले नेपालमा आएको भीषण बाढीबाट प्रभावित रसुवा क्षेत्रको खोज, उद्धार तथा आपतकालीन राहत कार्यका लागि ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। 🙏

कम्पनीका अनुसार उक्त रकम बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, आपतकालीन राहत तथा क्षति व्यवस्थापन लगायतका कार्यमा प्रयोग गरिनेछ।

🔴 ६ जना कोरियाली कर्मचारी सम्पर्कविहीन

Doosan Group अन्तर्गतको Doosan Enerbility (두산에너빌리티) नेपालमा निर्माणाधीन Upper Trishuli-1 (UT-1) जलविद्युत आयोजना को EPC कार्यमा संलग्न छ।

बाढीपछि आयोजनामा कार्यरत:
🔸 ६ जना कोरियाली कर्मचारीसँग सम्पर्क विच्छेद
🔸 १० जना कर्मचारी अलपत्र अवस्थामा रहेको कम्पनीले जनाएको छ।

🚨 ४० सदस्यीय आपतकालीन टोली गठन

घटनापछि Doosan Enerbility ले दक्षिण कोरियाको बुन्दाङस्थित मुख्यालयमा करिब ४० सदस्यीय आपतकालीन प्रतिक्रिया टोली गठन गरेको छ।

कम्पनीका उपाध्यक्ष तथा प्रतिनिधि निर्देशक Jeong Yeon-in (정연인) सहितको टोली नेपालतर्फ पठाइएको छ।

नेपाल प्रस्थान गर्नुअघि Jeong ले सम्बन्धित सरकारी निकायहरूसँग नजिकबाट समन्वय भइरहेको र सम्पर्कविहीन कर्मचारीहरूको उद्धारका लागि सक्दो प्रयास गरिने बताएका छन्।

त्यस्तै, सम्पर्कविहीन कर्मचारीका परिवार नेपाल जान चाहेमा कम्पनीले आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।

🙏 सम्पर्कविहीन सबैको सकुशल उद्धार होस्।

📰 श्रोत: Yonhap News

🇰🇷🇳🇵 रसुवा बाढी अपडेट: ९ जना कोरियाली अझै सम्पर्कविहीन 😥नेपालको रसुवा क्षेत्रमा आएको भीषण बाढीपछि ९ जना दक्षिण कोरियाली ...
27/08/2026

🇰🇷🇳🇵 रसुवा बाढी अपडेट: ९ जना कोरियाली अझै सम्पर्कविहीन 😥

नेपालको रसुवा क्षेत्रमा आएको भीषण बाढीपछि ९ जना दक्षिण कोरियाली नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

उनीहरू:
🔹 ३ जना Korea South-East Power (KOEN) का कर्मचारी
🔹 ६ जना Doosan Enerbility का कर्मचारी
रहेका छन्। उनीहरू रसुवामा जलविद्युत् आयोजना निर्माणमा कार्यरत थिए।

🇰🇷 दक्षिण कोरियाले ११ सदस्यीय Rapid Response Team नेपाल पठाएको छ। टोलीमा:
👨‍🚒 ५ जना अग्नि नियन्त्रक
👮 २ जना प्रहरी
👨‍💼 ४ जना परराष्ट्र मन्त्रालयका अधिकारी
रहेका छन्।

टोलीले नेपालमा पुगेर खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ।

यसैबीच Doosan Enerbility का थप १० जना कर्मचारी प्रभावित क्षेत्रमा फसेका भए पनि सुरक्षित रहेको जनाइएको छ।

🙏 सम्पर्कविहीन सबै नेपाली तथा कोरियाली नागरिक सकुशल भेटिऊन्।
उद्धार कार्यमा संलग्न सबैप्रति हार्दिक सम्मान। ❤️

📌 EPS KOREA News
🇳🇵 नेपाल | 🇰🇷 कोरिया सम्बन्धी विश्वसनीय अपडेटका लागि Follow गर्नुहोस्।

कोरिया जाने धेरै नेपालीलाई तालिम दिने प्रशिक्षक गोविन्द राई रसुवाको बाढीपछि सम्पर्कविहीन 😥🇰🇷रसुवामा आएको भीषण बाढीपछि २१...
26/08/2026

कोरिया जाने धेरै नेपालीलाई तालिम दिने प्रशिक्षक गोविन्द राई रसुवाको बाढीपछि सम्पर्कविहीन 😥🇰🇷

रसुवामा आएको भीषण बाढीपछि २१६ मेगावाट क्षमताको अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत गोविन्द राई सम्पर्कविहीन भएका छन्। बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरूको खोजी तथा उद्धार जारी रहेको अवस्थामा राईको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।

Address

Kathmandu

Telephone

+9779844524411

Website

Alerts

Be the first to know and let us send you an email when EPS Korea News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EPS Korea News:

Shortcuts

Share