21/07/2024
वि.पी कोईराला स्मृति दिवस: नेपाल अधिराज्यका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली साहित्य जगतका प्रथम मनाेबैज्ञानि कथाकार तथा कुशल साहित्यकार स्व. विश्वेश्वरप्रसाद काेईराला ज्युकाे ४२औँ स्मृति दिवसकाे अवसरमा उहाँ प्रति हार्दिक श्रद्धा सुमन 💔🙏
विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१-०५-२४ - वि.सं. २०३९-०४-०६) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए। उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए। नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए।
सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको थियो, जसलाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भन्ने गरिन्छ। तत्कालिक समयमा देशमा रहेको जहानीयाँ वा एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। सात सालको क्रान्ति सफल भएसँगै राणा शासनको अन्त्य भएको थियो।
साहित्यमा योगदान:
प्रसिद्ध राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता विश्वेश्वरप्रसाद कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन्। कोइराला नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउन पहिलो आख्यानकार समेत हुन्।
उनले लेखेका कृति:-
उपन्यास: तीन घुम्ती, सुम्निमा, नरेन्द्रदाइ, मोदिआइन, हिटलर र यहुदी, 'बाबु, आमा र छोरा'
कथा: दोषी चश्मा, श्वेतभैरवी,
जीवनी: आफ्नो कथा, जेल जर्नल
नेपालकका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको निधन हाल भन्दा ४२ वर्ष अगाडि आजकै दिन अर्थात २०३९ साउन ६ गते भएको थियो। उनको अन्त्यष्टिमा झन्डै ५० लाख मानिसहरू उपस्थित भएका थिए।
FB.1624