14/04/2025
नमो तस्स भगवातो अर्हतो सम्मा सम्बुद्धस।।
त्रिरत्न शरणम नमोबुद्धाया!!!
उपस्थित सम्पूर्ण महानुभावहरूमा ध्यानाकर्षणका लागि हार्दिक अनुरोध गर्दछु।
आज मिति २०८२ साल वैशाख २९ गते वैशाख शुक्लपक्ष पूर्णिमाको दिन तथागत सम्यक सम्बुद्धको २६४९ औँ जन्म,२६१४औं बुधिलाभ र २५६९ औँ महापरिनिर्वाण त्रिसंयोग अर्थात् बुद्ध पूर्णिमा यस विशेष समारोहमा सहभागी सम्पूर्ण महानुभावहरूलाई मेरो व्यक्तिगत तर्फबाट र आयोजक टिमको तर्फबाट मैत्रीपूर्ण स्वागत गर्दछु।
कार्यक्रमलाई सुरु गर्नुभन्दा पहिला...
सम्यक सम्बुद्धको जीवनी लाई संक्षिप्तमा भन्न गहिरहेको छु।
नेपालको सिद्धार्थनगर कपिलवस्तु शाक्या वंशको राजा शुद्धधन र मायादेवीको छोरा सिद्धार्थको जन्म ईसाको ५६३ वैशाख पूर्णिमाको दिन लुम्बिनीमा भएको थियो।
जब २९ वर्षसम्मको उमेर उहाँले राजपुत्रको हैसियतले राजा शुद्धोदनको दरबारमै बिताउनुभएको थियो । आफ्ना पूर्वजन्मका अभ्यास र बोधिसत्त्वचर्याको कारणले गर्दा उहाँको मनले त्यो दरबारिया जीवनशैलीलाई त्यति खाएको थिएन । राजाले वैराग्य उत्पन्न हुने कुनै परिस्थिति पनि न आओस् भनेर सके जति प्रबन्ध मिलाउने कोशिस पनि गरेकै थिए । तर एक दिन अचानक उहाँले एकजना बूढो एवं सजिलोसँग उभिन र हिँड्न नसक्ने दयनीय अवस्थाको व्यक्ति, एकजना रोग लागेर पीडाले छटपटिँदै वैद्यकहाँ लगिँदै गरेको व्यक्ति र एक मरेको व्यक्तिको लाश बोकेर रुँदै विलौना गर्दै घाटतिर जाँदै गरेको व्यक्तिहरूलाई देख्नुभयो । त्यसले उहाँको मनलाई अत्यन्तै भित्रदेखि छोयो र उहाँलाई अशान्ति हुन थाल्यो । किन मानिसहरूलाई यस्ता बुढ्याई, रोग र मृत्युशोकका जस्ता असह्य पीडाहरू आइलाग्छन् भन्ने प्रश्नले खलबल्याउन थाल्यो।
त्यसपश्चात् उहाँ सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के होला ? भनी चिन्तित हुन थालियो। भगवान गौतम बुद्धको इतिहास अनुसार उनी त्रि कल्पसम्म हजारौँ पूर्व जन्महरूमा बोधिसत्व भएकोले मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा निकै संबेदनसिल हुनुहुन्थ्यो । केही न केही मार्ग त अवस्य हुन सक्छ भन्ने प्रश्नोत्तर उहाँको मनमा आभाष भइसकेको थियोे। कठिन ध्यान र खोजको माध्ययमबाट दु:ख निवारणको सत्यमार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी राजकुमार सिद्धार्थ हाल भारतको विभिन्न ठाउँमा छ वर्षसम्म महान तपस्या गर्नुभयो। अन्तत: कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको बृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उहाँलाई सम्यकसम्वोधि प्राप्त भयो र त्यसपछि उहाँ सम्यक सम्बुद्ध हुनुभयो। त्यसपछि ४५ वर्षसम्म उहाँ भारत र नेपालका विभिन्न ठाउँ पुग्नुभइ दु:ख निवारण सम्वन्धी आफूलाई प्राप्त महाज्ञानको धर्मचक्र प्रवर्तन गर्नुभयो।
संसारलाई अहिंसाको पाठ सिकाउने र युद्ध, आतङ्क, काटमारबाट मानिसको हित नदेख्ने गौतम बुद्धको महापरिनिर्वाण भारतको कुशीनगरमा ईशापूर्व ४८३ बैशाख शुक्ल पूर्णिमाको दिनमा भएको थियो।
अब कार्यक्रमलाई ढिला नगरी आसन ग्रहण कार्यक्रमलाई अघि बढाउन चाहन्छु।
१.आसन ग्रहणको लागि यस कार्यक्रमका सभाध्यक्ष रूपमा आसन ग्रहण गरिदिनुहुन श्री बुद्धवीर तामाङज्यूलाई हार्दिक अनुरोध गर्दछु।
२. यस कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख श्री रामशरण भण्डारी ज्यूलाई प्रमुख अतिथिको रुपमा आसन ग्रहण गरिदिनुहुन नम्र निवेदन गर्दछु।
३. यसैगरी पनौती नगरपालिका उपप्रमुख श्री गीता बन्जारा ज्यूलाई विशिष्ट अतिथिको रुपमा आसन ग्रहण गरिदिनुहुन नम्र निवेदन गर्दछु।
४. यसैगरी पनौती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष श्री जयराम केसीज्यूलाई विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुहुन नम्र निवेदन गर्दछु।
५.यसैगरी यस गुम्बाका प्रमुख लामा श्री माइला लामाज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
६. त्यसैगरी यस गुम्बा विकास समितिका अध्यक्ष श्री वीरबहादुर लामाज्यूलाई आशन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
७.यसैगरी यस वडा नम्बर १२ का वडा सदस्य श्री...............................................ज्यूलाई आशन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
२.श्री.......................................... ज्यूलाई आशन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
३..श्री.......................................ज्यूलाई आशन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
४श्री........................ ....................ज्यूलाई आशन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
८. त्यसैगरी यस गुम्बाका पूर्व अध्यक्ष श्री छिरिङ लामा ज्यूलाई आशन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
९.
१०.
११.
१२.
१३.
१४.
१५.
# साथै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण धर्म मित्र,कल्याण मित्र, उपासक ,उपासिका ,समाजसेवी ,बुद्धिजीवी, अग्रज व्यक्तित्व
यस गुम्बा समितिका पदाधिकारी ज्यूहरू, बोधि चित्तमा माणीपा आमा संघ का पदाधिकारीज्यूहरू, विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरू विभिन्न स्कुलका teacher student ज्यूहरू पत्रकार महोदय सुरक्षाकर्मी साथीहरू सहित तथागत सम्यक सम्बुद्धको २६४९औँ जन्म,२६१४औं बुधिलाभ र २५६९ औँ महापरिनिर्वाण त्रिसंयोग अर्थात् बुद्ध पूर्णिमा यस विशेष समारोहमा सहभागी सम्पूर्ण महानुभावहरूलाई यथास्थानमा आशन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
# बुद्ध पूर्णिमा समारोह कार्यक्रमलाई अगाडि बढाउन श्रीमान प्रमुख अतिथिज्यू समक्ष सादर निवेदन गर्दछु।
# कार्यक्रमको प्रारम्भमा राष्ट्र र राष्ट्रियताको सम्मानमा राष्ट्रिय गान बजाइने कार्यक्रम रहेकोले श्रीमान प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण महानुभावहरूलाई यथास्थानमा उभिदिनु हुन नम्र निवेदन गर्दछु।............... राष्ट्रिय गान।।।
धन्यवाद आसन ग्रहणको लागि अनुरोध गर्दछु।
# कार्यक्रमको दोस्रो चरणमा स्वागत मन्तव्य भएको हुँदा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरी दिनुहुन यस पाल्मोथाङ गुम्बा विकास समितिका................................................ ज्यू समक्ष हार्दिक अनुरोध गर्दछु।
धन्यवाद................................................ज्यू।
# सम्यक सम्बुद्धलाई जल अर्पण गर्ने कार्यक्रम भएकोले प्रमुख अतिथि ज्यू लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरुलाई सम्यक सम्बुद्धलाई जल अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
# सम्यक सम्बुद्धलाई जल अर्पण गर्दा। हामीमा भएका पञ्चक्लेशहरू जरैबाट मुक्त भई हामी पनि छिट्टै सम्यक सम्बुद्ध हुने पुण्य सञ्चय गर्नु हो।
# अब शरण गमन र बोधि चित्त उत्पाद र पञ्चशील प्रार्थना पाठ लागि लामा गुरुज्यूहरू लाई अनुरोध गर्दछु।
धन्यवाद लामा गुरुज्यूहरूलाई.....।
# यो पाठ गरेको पुण्यको बलले सबै प्राणीहरूमा सुख, शान्ति र समृद्धि होस् र सम्पूर्ण प्राणीहरू छिट्टै नै बुद्धको पथमा लाग्न सकोस् र बुद्धत्व प्राप्त गर्न सहयोग मिलोस् ।।
# अब मैत्रीपूर्ण पदयात्राको लागि सम्पूर्ण महानुभावहरू तयारी मा बस्नुहोस्। पदयात्रा गर्नुभन्दा पहिला पदयात्राको बारेमा छोटकरीमा बन्न गइरहेको छु।
# मैत्रीपूर्ण पदयात्राको रुट यसरी तय गरिएको छ।
~ पाल्मोथाङ गुम्बा हुँदै कालाँती गाउँ हुँदै बुद्ध पार्क हुँदै रोशी बजार हुँदै भालेश्वर मन्दिर चोक हुँदै बादल पाखा हुँदै गागल गाउँ हुँदै महासत्व राजकुमारको जन्म भएको नगर पनौती बजार परिक्रमा गरिने छ।
~~~~मैत्रीपूर्ण पदयात्रा~~~~~~
१. दुई लाइनमा पदयात्रा गर्ने।
२. बुद्धिचित्त माणिपा आमा संघ र ब्यानर।
३. विभिन्न संघसंस्था स्कुलको कर्मचारी विद्यार्थी ज्यूहरू ।
४.उपस्थित श्रद्धालु भक्तजन समाजसेवी बुद्धिजीवी ज्यूहरू
५. पाल्मोथाङ गुम्बा र अन्य गुम्बाका लामाहरू गुरु ज्यूहरू ।
६. गाडी नम्बर १ बुद्धको जन्म भएको ब्यानर।
७.गाडी नम्बर २ बुद्धले महा बोधिलाभ प्राप्त भएको ब्यानर।
८.गाडी नम्बर ३ बुद्धको महापरिनिर्माण भएको ब्यानर।
९.अन्तिममा मोटरसाइकलमा यात्रा गर्नुहुने महानुभावहरू ...।
# पथ यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरू;
~. पदयात्रा गर्दा अनुशासित संयम भएर पदयात्रा गर्नुपर्ने।
~. जाँड रक्सी चुरोट गुट्खा जस्ता मनलाई लठ्याउने कुराहरू सेवन गरी यात्रा नगर्नु होला।
पुण्यनुमोदन।।।।।
कार्यक्रम समापन।।।।साधु साधु साधु।।।🙏🙏🙏🙏