14/04/2025
~शस्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ, पहिचान हराए राष्ट्र हराउँछ ।~
☸️Lasso,Tashi Delek,Fyafulla.
सोनाम लोछारला ज्याबाडान्बा।
☸️उपस्थित सम्पूर्ण महानुभावहरूमा ध्यानाकर्षणका लागि हार्दिक अनुरोध गर्दछु।
आज मिति २०८२ साल माघ ५ गते मन्जुश्री सम्वत् २८६२ औं (अग्नि पुरुष घोडा) (म्हे फो ता) राष्ट्रिय पर्व सोनाम लोछारको विशेष अवसरमा पाल्नुभएका सम्पूर्ण महानुभावहरूमा आयोजकको तर्फबाट र म कार्यक्रम सञ्चालकको तर्फबाट मैत्रीपूर्ण स्वागत एवम् शुभकामना व्यक्त गर्दछु। र आज यस पाल्मोथाङ गुम्बाको प्रथम वार्षिक साधारण सभा समेत रहेको जानकारी गर्दछु।
अब म यो कार्यक्रमलाई ढिला नगरी औपचारिक रुपमा अगाडि बढाउँदै छु।
१. यस कार्यक्रमको सभाध्यक्ष रूपमा आसन ग्रहण गरिदिनुहुन यस पाल्मोथाङ गुम्बा विकास समितिका अध्यक्ष श्री वीरबहादुर लामा ज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
२. यस पाल्मोथाङ गुम्बाको प्रमुख लामा गुरु श्री माइला लामाज्यूलाई आसन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
२.आज यस कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख श्री रामशरण भण्डारी ज्यूलाई प्रमुख अतिथिको रुपमा आसन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
३. यसैगरी पनौती नगरपालिका उपप्रमुख श्री गीता बन्जारा ज्यूलाई विशिष्ट अतिथिको रुपमा आसन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
४. यसैगरी पनौती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष श्री जयराम केसीज्यूलाई विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। गर्दछु।
५.
६.
७.
८.
साथै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण धर्म मित्र,कल्याण मित्र, उपासक ,उपासिका , लोछार प्रेमी,समाजसेवी ,बुद्धिजीवी, अग्रज व्यक्तित्व यस पाल्मोथाङ गुम्बा विकास समितिका पदाधिकारी ज्यूहरू,बोधि चित्तमा माणीपा आमा संघ का पदाधिकारीज्यूहरू, विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरू हाम्रो निमन्त्रणालाई स्वीकारी विभिन्न ठाउँबाट पाल्नुभएका छोरीचेेली एवं पाहुना ज्यूहरू साथसाथै हाम्रो सानासाना भाइबहिनीहरू सहभागी सम्पूर्ण महानुभावहरूलाई यथास्थानमा आशन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
आसन ग्रहण कार्यक्रम जारी नै रहन्छ।
कार्यक्रमको प्रारम्भमा राष्ट्र र राष्ट्रियताको सम्मानमा राष्ट्रिय गान बजाइने कार्यक्रम रहेकोले श्रीमान प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण महानुभावहरूलाई यथास्थानमा उभिदिनु हुन हार्दिक अनुरोध गर्दछु।............... राष्ट्रिय गान।।।
धन्यवाद आसन ग्रहणको लागि अनुरोध गर्दछु।
आजको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई शब्दद्वारा स्वागत गर्नको लागि श्री…………………………………………………… ज्यू लाई म यहाँ आमन्त्रित गर्दछु।
धन्यवाद................................................………………ज्यू।
अब यस पछाडि कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ।
दीप प्रज्वलन गरेर मञ्जुश्री सम्वत २८६२ औँ (अग्नि पुरुष घोडा)नयाँ वर्ष सोनाम लोछार कार्यक्रमको समुद्घाटन गरिदिनुहुन यस कार्यक्रमका प्रमुख अतिथि श्री रामशरण भण्डारी ज्यूलाई हार्दिक अनुरोध गर्दछु।
( र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई यो कार्यक्रममा सरिक भइदिनुहुन हार्दिक अनुरोध गर्दछु।)
धन्यवाद। आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु।
अब यस पछाडि कार्यक्रमको उद्देश्य लोछारको परिचय, लोछारको महत्व बारे दुई शब्द राखिदिनुहुन यस पाल्मोथाङ गुम्बा विकास समितिका सचिव श्री सुबल सिं तामाङज्यूलाई म यहाँ आमन्त्रित गर्दछु। साथै वार्षिक प्रतिवेदन आर्थिक आयव्य समेत पेश गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
अब यसपछि शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ।
आफ्नो शुभकामना मन्तव्यको लागि………………………………………
अब यसपछि कार्यक्रममा जेष्ठ नागरिक सम्मान कार्यक्रम रहेको छ ।
समाजमा जेष्ठ नागरिकहरुले धर्म, इतिहास, सामाजिक संस्कार, संस्कृति, लिपि भाषा, साहित्य, परम्परागत ज्ञान, आदर्श मूल्य मान्यताहरु वर्तमान तथा भावी पुस्तामा हस्तान्तरण गर्दै सामाज विकासमा अग्रणी भूमिका निभाउँदै आउनुभएको हुँदा सम्मान स्वरुप पाल्मोथाङ गुम्बा बिकास समिती द्वारा मञ्जुश्री सम्वत २८६२औं (अग्नि पुरुष घोडा वर्ग) सोनाम लोछार को शुभ अवसर पारी यो सम्मान पत्र द्वारा सम्मानित गर्ने कार्यक्रम राखेका छौँ।
जेष्ठ नागरिकहरूलाई सम्मानस्वरूप दोसल्ला, खादा र सम्मानपत्र प्रदान गरिदिनुहुन यस कार्यक्रमका सभाध्यक्ष प्रमुख अतिथि प्रमुख लामा विशिष्ट अतिथि विशेष अतिथि ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु।
अब जेष्ठ नागरिक समान कार्यक्रम पनि लगभग गरिसकेका छौं।
अब यसपछि पनि शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ।
आफ्नो शुभकामना मन्तव्यको लागि……………………...................
अब हामीले कार्यक्रममा हाम्रो सानासाना भाइबहिनीहरूलाई खेल खेलाइ उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रम पनि राखेका छौं
हाम्रो volunter साथीहरूलाई त्यो व्यवस्था मिलाउन हार्दिक अनुरोध गर्दछु। ।
धन्यवाद खेलमा सहभागी हाम्रो सानासाना भाइबहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
अब यस पछाडि हामीले यस पाल्मोथाङ गुम्बाका पूर्व समितिका सदस्य ज्यूहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखेका छौं। सम्मानको गर्ने क्रममा............
अब यस पछाडि हामीले विभिन्न समयमा गुम्बालाई आर्थिक एवं भौतिक सहयोग गर्नुहुने दाताहरूलाई हामीले सम्मानपत्रद्वारा सम्मानित गर्ने कार्यक्रम पनि राखेका छौं।
पाल्मोथाङ गुम्बा संरक्षण प्रवर्द्धन र व्यवस्थापन को कार्यमा देश तथा विदेशमा रहनुभएका धेरै मनकारी दाताहरू यस कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिनुभएको थियो सम्पूर्ण महानुभावहरूलाई गुम्बाको तर्फबाट साधुवाद धन्यवाद भन्न चाहन्छु।
साथै, तपाईहरुको आगामी दिनहरूमा पनि समाजको निम्ति यसैगरी योगदान रहिरहोस् र यहाँहरूको भावी योजनाले पूर्ण सफलता मिलोस् र यहाँहरूको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त पनि गर्दछौं ।
अब पाल्मोथाङ गुम्बा विकास समितिको निर्णयअनुसार रु ५ हजार भन्दा माथि सहयोग गर्नुहुने सहयोगी दाताहरूलाई सम्मान पत्रद्वारा सम्मानित गर्ने निर्णय भएको हुँदा । सम्मानपत्रद्वारा सम्मानित गरिदिनुहुन आज यस कार्यक्रमका सभाध्यक्ष ,प्रमुख लामा, प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि ज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु।
धन्यवाद।
सम्मान गर्ने क्रममा नै छौं हामी यस पल्मोथाङ गुम्बाको रु ५ हजार भन्दा माथि शुल्कतिरी आजीवन सदस्यता लिनुहुने महानुभावहरुलाई आजीवन सदस्यता प्रमाणपत्र वितरण गर्ने कार्यक्रम पनि राखेका छौं।
सम्मान गर्ने क्रममा.......…………………………
सम्मान गर्ने क्रममा हामीले माइती छोरीचेेली र गुम्बाको सम्बन्ध अझ बलियो होस् भन्ने हेतुले विभिन्न क्षेत्रमा रहेर कार्य गर्दै टोल, वडा र नगरको नाम राष्ट्र र अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न सफल हुनुभएका छोरी चेलीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखेका छौं। र आगामी दिनहरूमा पनि यसैगरी सम्मान गर्दै जाने जानकारी समेत
गर्दछौं। सम्मान गर्ने क्रममा………………………………………
अझै सम्मान गर्ने क्रममै छौँ हामी……………………
यस पनौती नगरपालिका वडा नं १२ का नवप्रतिभा junior singing star 2025 का उपाधि जित्न सफल भइ यस वडा र नगरको नाम राष्ट्रिय रूपमा स्थापित गर्न सफल हुनुभएकोमा सम्मान स्वरुप पाल्मोथाङ गुम्बा बिकास समिती द्वारा तपाईँको यस योगदानको उच्च कदर गर्दै मञ्जुश्री सम्वत २८६२औं (अग्नि पुरुष घोडा वर्ग) सोनाम ल्होछार /लोसार पर्व को शुभ अवसर पारी यो सम्मान पत्र द्वारा सम्मानित गरिएको छ ।
श्री सुप्रिया तामाङज्यू।
साथै, तपाईको आगामी दिनहरूमा भावी योजनाले पूर्ण सफलता मिलोस् र यहाँको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामन व्यक्त गर्दछौँ।
अब यसपछि शुभकामना मन्तव्य कार्यक्रम रहेको छ आफ्नो शुभकामना मन्तव्यको लागि यस पनौती नगरपालिका १२ का वडा प्रमुख श्री जयराम केसीज्यूलाई म यहाँ आमन्त्रित गर्दछु।
धन्यवाद यस वडाका अध्यक्षज्यू पाल्मोथाङ गुम्बा र समग्र यस वडाका विकासका लागि आउँदा दिनहरूमा पनि यहाँको साथ सहयोगको आशा र अपेक्षा लिएका छौं।
आफ्नो शुभकामना मन्तव्यको लागि पनौती नगरपालिका उपप्रमुख श्री गीता बन्जाराज्यूलाई म यहाँ आमन्त्रित गर्दछु।
धन्यवाद यस पनौती नगरपालिका का उपप्रमुख ज्यू पाल्मोथाङ गुम्बा र समग्र यस वडा र नगरको विकासका लागि आउँदा दिनहरूमा पनि यहाँको साथ सहयोगको आशा र अपेक्षा लिएका छौं।
आफ्नो शुभकामना मन्तव्यको लागि यस पनौती नगरपालिका का नगरप्रमुख श्री रामशरण भण्डारीज्यूलाई म यहाँ आमन्त्रित गर्दछु।
अब पाल्मोथाङ गुम्बा विकास समिति तर्फबाट यस कार्यक्रमका प्रमुख अतिथि रामशरण भण्डारीज्यूलाई मायाको चिनो प्रदान गर्ने कार्यक्रम भएको हुँदा मायाको चिनो प्रदान गरिदिनुहुन प्रमुख लामा र अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु।
त्यसैगरी नगर उपप्रमुख गीता बन्जाराज्यूलाई मायाको चिनो प्रदान गरिदिनुहुन प्रमुख लामा र अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु।
त्यसैगरी वडा अध्यक्ष श्री जयराम केसी खत्रीज्यू मायाको चिनो प्रदान गरिदिउन प्रमुख लामा र अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु।
हुन्छ त आजको कार्यक्रमको हामी लगभग आएका छौं यहाँ उपस्थित भइदिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो व्यस्त समय बावजुद पनि यहाँ उपस्थित भई समय प्रदान गरिदिनु भएकोमा नगर प्रमुख लगायत विशिष्ट अतिथि विशेष अतिथि अतिथि ज्यूहरूलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमका सभाध्यक्ष श्री वीरबहादुर लामाज्यूलाई समापन मन्तव्यको लागि आग्रह गर्दछु।
यो कार्यक्रममा यतिबेलासम्म मलाई साथ दिनुभएकोमा यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सञ्चालन गर्ने क्रममा केही कमी कमजोरी भएमा माफी माग्दै म कार्यक्रम सञ्चालक विजय लामा पनि छुट्टी माग्छु ।धन्यवाद ।भवतु सब्ब मङ्गलम।