Nepal Independent

Nepal Independent Use Your Critical Thinking

29/04/2026

नेपालको सबैभन्दा पुरानो र सरकारी अस्पतालको अवस्था डक्टर छ थोरै बिरामी छ धेरै।

अमेरिकाको इरानमाथिको दोस्रो कदम Navel Blocked हुन सक्ने ट्रम्पको संकेत?
12/04/2026

अमेरिकाको इरानमाथिको दोस्रो कदम Navel Blocked हुन सक्ने ट्रम्पको संकेत?

The Ukrainian Armed Forces have refuted Russian claims that they had captured Kivsharivka in the Kharkiv region and have...
31/03/2026

The Ukrainian Armed Forces have refuted Russian claims that they had captured Kivsharivka in the Kharkiv region and have shown captured invaders who were attempting to raise their flag in the town.

संसद् अधिवेशन बिहीबारदेखि : मुख्य ‘बिजनेस’ सभामुख र उपसभामुख निर्वाचनप्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो ...
31/03/2026

संसद् अधिवेशन बिहीबारदेखि : मुख्य ‘बिजनेस’ सभामुख र उपसभामुख निर्वाचन
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसद्को अधिवेशन आह्वान गरेका हुन् ।

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलील...
31/03/2026

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले रिजाललाई मंगलबार बिहान सुविधानगरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।

भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

त्यतिखेर रिजाल काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी थिए । यही प्रकरणमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक शुक्रबार नै पक्राउ परिसकेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्...
31/03/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । रास्वपा समर्थक सुनिता खड्काले टिकटकमा उक्त धम्की दिएको भन्दै उनलाई पक्राउ गरी कारबाही गर्न र आफूसहित परिवार र घरको सुरक्षा गर्न उनको माग छ । उनले भिडिओ र फोटो प्रमाणस्वरूप उपलब्ध गराएको जानकारी दिए ।

सोमबार बिहान उनले रास्वपाका समर्थकले आफूलाई मार्ने र घर जलाउने धम्की दिएको भन्दै ‘सुनिता खड्का’ नामक टिकटक आईडीको स्क्रिन सट राखेका थिए ।
Harka Sampang A Revolution

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आ...
30/03/2026

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफसमेत माग गर्ने आदेश गरेको हो । न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश गरेको हो ।

यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाउ आदेश जारी गरेको थियो । अदालतले उनीहरुलाई पक्राउ गर्नुको कारणसहित बहसका लागि अदालत उपस्थित हुन सरकारी पक्षलाई पनि भनेको छ ।

29/03/2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको दिन नेकपा एमालेका कार्यकर्ताहरूले देशैभरि प्रदर्शन गरेका छन्। र एमालेको सचिवालय बैठकले सदन सडक र अदालतको माध्यमबाट प्रतिकार गर्ने पनि बताएका छन्। केही महिना अगाडिको जेन्जी आन्दोलनलाई सम्झिँदै गर्दा जनमानसमा के कुरा उठिरहेको छ भने अब यदि एमालेले बोकेको यो राकोले सिंहदरबार अथवा कुनै सरकारी कार्यालयहरु जलाउन जाने क्रममा प्रहरीले फेरि गोली चलायो भने के होला र कसले जिम्मा लेला ?

Address

Kapan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Independent posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Independent:

Shortcuts

Share