BSB

BSB all News update

06/01/2026

शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम
काठमाडौँ महानगरपालिका वडा नं. १५ को आयोजनामा तथा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको समन्वयमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम मिति २०८२ साल पुस २१ गते चमति खेलकुद पार्कमा सम्पन्न भयो।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारी, वडा अध्यक्ष ईश्वरमान डंगोल, महानगरीय प्रहरी उपरीक्षक शिवलाल पौडेल, प्रहरी निरीक्षक राजु खरेल, वडा सदस्यहरू, वडा सचिव तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।अन्तरक्रियामा वडा भित्रको शान्ति सुरक्षा अवस्था, स्थानीय उद्योग तथा मजदुरको सुरक्षा, अपराध नियन्त्रण र समुदाय–प्रहरी सहकार्य सुदृढीकरणका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमले स्थानीय सरकार, प्रहरी प्रशासन र समुदायबीचको समन्वयलाई थप मजबुत बनाएको निष्कर्ष निकालिएको छ।

06/01/2026

वडा नं. १५ मा उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागको आयोजनामा तथा वडा नं. १५ को सहकार्यमा सञ्चालन गरिएको पाँच दिने उद्यमशीलता विकास कार्यक्रम मिति २०८२ साल पुष २१ गते सम्पन्न भएको छ।

“एक वडा एक नमुना कार्यक्रम अन्तर्गत एक वडा एक उद्यम” अवधारणाअनुसार सञ्चालन गरिएको उक्त तालिममा उद्यम, व्यवसाय, बजार व्यवस्थापन, उत्पादन, लगानी, उपयुक्त स्थान छनोट तथा वर्तमान बजार अवस्थाबारे सहभागीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो।

समापन कार्यक्रममा वडा अध्यक्ष ईश्वरमान डंगोल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

31/12/2025

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागको आयोजनामा “एक वडा एक नमुना कार्यक्रम अन्तर्गत एक वडा एक उद्यम” विषयमा पाँच दिने उद्यमशीलता विकास तालिम २०८२ पुष १६ गते काठमाडौँ महानगरपालिका वडा नं. १५ कार्यालयमा सुरु भएको छ।

29/12/2025

काठमाडौँ महानगरपालिका वडा नं. १५ तथा स्वयम्भू सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम २०८२ साल पौष १४ गते भव्य रूपमा सम्पन्न भएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when BSB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share