Paridrishya

Paridrishya PARIDRISHYA

पौवा होटेल प्रालिको नेपालगन्जमा वन्न लागेको फाइभ स्टार होटेल वारे पत्रकार भेटघाट
29/02/2024

पौवा होटेल प्रालिको नेपालगन्जमा वन्न लागेको फाइभ स्टार होटेल वारे पत्रकार भेटघाट

कलाकार , दर्शक हतियार सहित प्रहरी र भिडियोग्राफीमा व्यस्त बालिका।
24/02/2024

कलाकार , दर्शक हतियार सहित प्रहरी र भिडियोग्राफीमा व्यस्त बालिका।

नेपालगन्जमा ट्राफिक सप्ताह उद्घाटन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।
24/02/2024

नेपालगन्जमा ट्राफिक सप्ताह उद्घाटन गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

फागुन २४ र २५ नेपाल कल्चर फेस्टिवल हुने नेपालगंज कल्चर फेस्टिवल आगामी फागुनको २४ र २५ गते नेपालगंजमा हुने भएको छ । देशै ...
24/02/2024

फागुन २४ र २५ नेपाल कल्चर फेस्टिवल हुने
नेपालगंज कल्चर फेस्टिवल आगामी फागुनको २४ र २५ गते नेपालगंजमा हुने भएको छ । देशै भरको संस्कृति एउटै मञ्चवाट प्रस्तुत गर्ने फेस्टिवलको उद्देश्य छ ।
अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस फेस्टिवलमा स्थानीय दर्जन बढी संघ संस्थाहरुले सहकार्य गर्दैछन् । नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवद्र्दन तथा प्रचार प्रसार गरिनेछ ।
सुदुर पश्चिमको डेउडा नृत्य र गीत देखि पुर्वी नेपालको लिम्बु संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम सम्म, तराइको थारु र अवधि नृत्य÷गीत देखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाण्डौ उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजा देखि लाखे नाच सम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ भने ‘ भाषा र संस्कृतिका अध्येताहरु, गीत र नृत्यका अध्येताहरु र चाडपर्व, रितिरिवाजका जानकारहरुवीच छलफल र विचार विमर्श हुनेछ ’। फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने – ‘ यो नेपाली गीतसंगीत, नृत्य,भेषभुषा र संस्कृति झल्काउने संभवत ः नेपालकै ठूलो ईभेन्ट हो ।
बहु सांस्कृतिक, बहुभाषी संस्कृति रहेको हाम्रो देशमा सयांै थरी नाच र गीत रहेका छन् । यसको पवद्र्दन अध्यन अनुसंन्धान गर्नु फेस्टिवलको उद्देश्य हुनेछ ।
कतिपय परम्परागत बाजाहरु, भेषभुषाहरु गहनाहरु लोपहुने अवस्थामा पूगेको, पूराना पुस्ताका गीतहरु नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सवैखाले संस्कृति र गीतसंगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको हो ।
नेपालगंज रंगशालामा हुने यस फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ । शास्त्रीय संगीत देखि पछिल्लो पुस्ताको पप रक सम्मको प्रस्तुती रहनेछ । स्थानीय नव प्रतिभाहरुलाई विशेष प्राथामिकता दिइने फेस्टिवलमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा ख्याती कमाएका व्याण्ड देखि चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुति दिनेछन् ।
‘ देश भनेको भूगोल मात्र पनि होइन, संस्कृति जोगिएन भने पहिचान मेटिदै जान्छ – ’ अन्तरालका कार्यकारी जयनारायण शाहले भने– ‘नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगंजमा सिंगो नेपाल झल्किनेछ । ’

26/04/2023

राष्ट्रिय फोटो पत्रकारिता दिवशको अवसरमा सवैलाई शुभकामना !

प्रतिक्षाको घडी सकियो! नेपाल फोटोग्राफी समिट - आगामी चैत २२र २३ गतेनेपालगन्ज फोटो फेस्टिवल - आगामी चैत २१ र २२ गते सहकार...
15/03/2023

प्रतिक्षाको घडी सकियो!
नेपाल फोटोग्राफी समिट - आगामी चैत २२र २३ गते
नेपालगन्ज फोटो फेस्टिवल - आगामी चैत २१ र २२ गते
सहकार्य र सहभागीताकालागि सवैलाई आह्वान गर्दछौं।

तेस्रो संस्करणमा आईपुग्दा नेपालगन्ज फोटो फेस्टिवल देशव्यापी वनेको छ। अब नेपालगन्ज फोटो फेस्टिवलमा सिंगो नेपाल झल्किनेछ। ...
15/03/2023

तेस्रो संस्करणमा आईपुग्दा नेपालगन्ज फोटो फेस्टिवल देशव्यापी वनेको छ। अब नेपालगन्ज फोटो फेस्टिवलमा सिंगो नेपाल झल्किनेछ।
फेस्टिवल अन्तर्गत फोटो प्रतिस्पर्धामा देशैभरवाट फोटोपत्रकार र फोटोग्राफरहरुले पठाएका फोटोहरु छनौट गर्न वरिष्ठ फोटो पत्रकार श्री विकास कार्कीको नेतृत्वको निर्णायक मण्डलले काम गरिरहेको छ।
मण्डलका सदस्यहरुमा वरिष्ठ फोटोग्राफर श्री रमेश मल्ल र फोटो पत्रकार क्लव(PJ Club) कि अध्यक्ष श्री श्रुती श्रेष्ठ रहेका छन्।
प्रतिस्पर्धामा छानिएका १ सय ५१ फोटो प्रदर्शनीमा राखिनेछ।
९ विधामा उत्कृष्ट फोटोले पुरस्कार पाउनेछन् भने सर्वोत्कृष्ट फोटो वर्ष फोटो उपाधी सहित पुरस्कृत हुनेछ।

Address

Maharajgunj
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Paridrishya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share