Muluksanchar

Muluksanchar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Muluksanchar, Media/News Company, Kathmandu.

क्रिकेटमा आज भारत र पाकिस्तानबीच महाँभिडन्त हुँदैछ ? तपाई कसको पक्षमा हुनुहुन्छ ? कमेन्ट लेख्नुहोस्
14/09/2025

क्रिकेटमा आज भारत र पाकिस्तानबीच महाँभिडन्त हुँदैछ ? तपाई कसको पक्षमा हुनुहुन्छ ? कमेन्ट लेख्नुहोस्

14/09/2025

के तोसिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी हुन् ?

10/09/2025

नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै देशभरका कैदीहरूले आफुहरूलाई पनि छाड्न पर्ने माग गर्दै आएका छन् । यहि क्रममा जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले चलाएको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अपिल : संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याऔं !-आदरणीय नेपा...
10/09/2025

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अपिल : संयम, संवाद र एकताले शान्ति समाधान पहिल्याऔं !
-आदरणीय नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू
Gen-Z युवाहरूले सुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका होनहार युवाहरूप्रति फेरि पनि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
भदौ २३ र २४ गते दुई दिनमा भएका घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षले संयम र एकता साथ प्रस्तुत हुन जरुरी छ । नेपाल देशको समुन्नती र सुन्दर भविष्यका लागि लोकतान्त्रिक प्रणालीको बाटोलाई नवीन ढंगले सुनिश्चित गर्ने गुरुत्तर दायित्वप्रति हामी सबै गम्भीर बन्न आवश्यक छ । मुलुकको सार्थक हित चाहने, शान्ति, सुशासन र समुन्नतिको मार्गमा हिड्न चाहने सबैमा नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ ।
१. यो विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि सम्माननीय राष्ट्रपतिज्यूले लिनुभएको पहलकदमीको स्वागत गर्दछौं । सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्न हामी आग्रह गर्दछौं । नेपाली सेना लगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा कायम गर्न आ–आफ्नो स्थानबाट गरिरहेको प्रयास र संवाद प्रक्रियालाई आम नागरिक, नागरिक समाज, संचार जगत, अन्तराष्ट्रिय समुदाय सबै तहबाट पनि साथ–सहयोगका लागि अपील गर्दछौं ।
२. हामी यो पहललाई Gen-Z पुस्ताको भावनाबमोजिम नै निष्कर्षमा पुर्‍याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधानबमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहन्छौं । विधि विहिनताले थप अराजकता निम्त्याउँछ त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।
३. सोमवारको प्रदर्शनका दिन अत्यधिक बल प्रयोगबाट भएको गम्भीर अपराधको उच्चस्तरीय आयोग मार्फत गहिरो छानबिन गरेर दोषीहरुलाई कानूनी कार्वाहीको दायरामा ल्याउनु पर्छ भन्ने कुराको पनि पुनः ध्यानाकर्षण गराउँदछौं ।
४. सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न हामीले गरेका आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएको र अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी छ । हाम्रो पटक पटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनैतिक नेतृत्वले स्थितिको सही आंकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सहि सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं ।
५. सोमबार भएको मानवीय क्षतिले दिएको चोटमाथि मंगलबारका घटनाहरुले थप पीडा थप्न पुग्यो । शान्तिपूर्ण प्रदर्शन मार्फत दबाब सिर्जना गराएर आफ्ना माग पूरा गराउने Gen-Z पुस्ताको उद्घोष विल्कुलै जायज थियो । तर सिंहदरबार, शितल निवास, संसद भवन, सर्वोच्च अदालत लगायतमा आगजनी गरेर देशको ऐतिहासिक धरोहर र खर्बौंको संरचना अनि लोकतान्त्रिक संस्था ध्वस्त गर्ने र सार्वजनिक सम्पत्तिमा नष्ट गर्ने घोषणा Gen-Zको थिएन, र त्यो Gen-Z को माग पनि होइन भन्ने हाम्रो विश्वास हो । कयौं सरकारी कार्यालय, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान आदिमा गरिएको आगजनि अत्यन्तै दुःखद र निन्दनीय छ । Gen-Z आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर आन्दोलनको हुलमुलमा नियतवश पसेकाहरूले योजनाबद्ध रुपमा यो सब विध्वंश गरेका हुन् भन्ने हाम्रो बुझाइ छ । जेनजी युवाहरुको स्वस्फुर्त प्रदर्शनमा विभिन्न स्वार्थ समूहहरुले गरेको घुसपैठ, हिंसा, हत्या र योजनाबद्ध आगजनीको कठोर निन्दा गर्छौं । अबको सरकारले देशब्यापी रुपमा भएको यो सम्पूर्ण ध्वंसको छानबिन गर्न र पुनर्निर्माणका लागि यथासक्य चाँडो योजना निर्माण गर्नुपर्दछ ।
६. नागरिकको बोल्ने अधिकारको रक्षाका लागि लडेका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपर भएको आक्रमण एवं अन्य जो जसमाथि अमानवीय ढङ्गले भौतिक आक्रमण भएको छ, ती प्रत्येक घटना दुःखद र निन्दनीय छन् । यस्ता घटनाको हामी प्रष्ट शब्दमा भ्रत्सर्ना गर्दछौं ।
७. संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई गम्भीर आत्मसमीक्षा गरिरहेका छौं । त्यस क्रममा सत्तालाई जवाफदेही बनाउन गरेका हाम्रा प्रयास पनि अपूर्ण रहेको, पर्याप्त हस्तक्षेप गर्न नसकेको र नयाँ पुस्ताको लय र चाहना समयमै बुझ्न नसकेकोमा हामी आत्मालोचित छौं । तर, अब फेरिएको यस परिस्थितिमा युवाहरुको आकांक्षा र अपेक्षा अनुसार जिम्मेवार राजनीति गर्ने दलका रुपमा नेपाली कांग्रेस पार्टीलाई जरैदेखि सम्पूर्ण रुपमा पुनर्निर्माण गर्ने प्रतिबद्धता गर्छौं । हामी विश्वस्त छौं– आवेग, उत्तेजना र प्रतिशोध यस्तो उथलपुथलका बेला आउने र जाने क्षणिक कुरा भएकाले अबको नेपाली कांग्रेस आम जनताको अपेक्षा, Gen-Z युवाहरुको भावना र अन्य भिन्न पुस्ताको अभिमत समेतलाई गाँसेर अझ सशक्त र जनउत्तरदायी दल बनेर अघि आउनेछ ।
८. आम नागरिकको प्रतिनिधत्व, न्याय र समावेशिताका हकमा हामी जति अघि बढेका थियौं, त्यसबाट पछि फर्किनु भनेको अरु यस्तै आन्दोलन र विद्रोहहरुको श्रृंखलालाई निम्तो दिनु हो भन्ने स्मरण गर्दै, यस अघिका आन्दोलनका बेला अहिले जस्तै गरी सार्वभौम नागरिकहरुले ज्यू–ज्यान दिएर हात परेका उपलब्धि नउल्टियुन भन्नेमा र देशलाई २०७२ को संविधानभन्दा पछि फर्कन नदिन अब हाम्रो सम्पूर्ण प्रयास केन्द्रित गर्नेछौं । परिवर्तनले सदैव अग्रगमनलाई बोक्नुपर्छ भन्ने मान्यतामा हामी दृढ ढंगले प्रष्ट छौं ।
९. हरेक देशको प्रगति यात्रा र राजनीतिमा अनुकुल र प्रतिकुल स्थिति आउँछ नै । नेपालले पनि पटक पटक यस्तो अवस्था सामना गर्दै आएको छ । दुबै अवस्थामा संयम एवं एकतासाथ कार्य गर्नु र नागरिकपंक्तिसँग जोडिइरहनु प्रत्येक पार्टी सदस्यको कर्तव्य हुन्छ । पछिल्ला दिनमा विकसित घटनाक्रमबाट देश र विदेशमा रहनुभएका साथीहरू चिन्तित हुनुहुन्छ, अलमलिनु भएको छ । नेपाली कांग्रेस धेरै पटक अनेकन आक्रमण खेप्दै, उठ्दै र जुट्दै अगाडि वढेको हो । त्यसैले अहिलेको विषम परिस्थितिमा सबै साथीहरूलाई कुनै पनि रुपमा विचलित नभई संयम रहन, विवेकपूर्ण ढङ्गले कार्य गर्न र एकताबद्ध रहन सबै सदस्य र शुभचिन्तकमा अपील गर्दछौं । हामी पुनः विश्वास दिलाउन चाहन्छौं– गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।
अन्त्यमा, अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य छ । अत्यन्तै कठिन अवस्था र प्रतिकूलताबीच पनि ‘सामाजिक एकता र सदभाव’ नेपाली समाजको विशिष्ट चरित्र हो । अहिलेको अवस्थामा यो चरित्र बलियो ढंगले प्रस्तुत गर्न स्वदेश र विदेशमा रहेका समस्त नेपाली आमाबुबा, दिदिबहिनी दाजुभाइमा हार्दिक आह्वान गर्दछौं ।

सेयर गरौँ....सागर ढकाल लेख्छन्, - प्रिय Gen G साथिहरु कोही पनि नभएमा म हजुरहरुलाई मध्यस्तकर्ताको भुमिका निभाउन तयार छु। ...
10/09/2025

सेयर गरौँ....
सागर ढकाल लेख्छन्, - प्रिय Gen G साथिहरु कोही पनि नभएमा म हजुरहरुलाई मध्यस्तकर्ताको भुमिका निभाउन तयार छु। धेरैले म नै हुन्छु भन्नुभएको छ, म त्यो लाइनमा छैन, म पछि बसेर काम गर्न तयार छु । व्यक्तिगत आवश्यक्ता र इच्छा गौण हुन् , राष्ट्रिय आवश्यक्ता महत्वपूर्ण हो। प्रधानमन्त्री छान्नको लागि कानुन बिधि पध्दति, संविधान हेेर्नुपर्छ। छोटो समयमा हजुरले रुचाएको प्रधानमन्त्री हजुरजरुले‌ पाउनु हुन्छ। मैले यसमा सकेको सहयोग गर्नेछु। छिट्टै काठमाडौं मै भेटौँला।

09/09/2025

प्रधान सेनापति अशोकराज सिग्देल सम्बोधन गर्दै

वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिलकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा आउन अपिल गरेका छन...
09/09/2025

वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार साँझ एक अपिल जारी गर्दै लोकतन्त्रमा नागरिकाका माग जेन जीका प्रतिनिधिसमेत बसी पूरा गर्न सकिने भएकाले वार्तामा आउन सबै पक्षलाई उनले आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले प्रधानन्त्रीको राजीनामा स्वीकृति भइसकेको भन्दै यो विषम परिस्थितिमा मुलुक र लोकतन्त्रलाई माया गर्ने सबैले समस्या समाधानका लागि सहयोग गर्ने अपेक्षा गरेका छन् ।

जेनजीलाई सन्दूक रुइतको अपील- अब संयमित बनौँकाठमाडौं । डाक्टर सन्दूक रुइतले आन्दोलनरत जेनजीहरुलाई संयमित हुन आग्रह गरेका ...
09/09/2025

जेनजीलाई सन्दूक रुइतको अपील- अब संयमित बनौँ

काठमाडौं । डाक्टर सन्दूक रुइतले आन्दोलनरत जेनजीहरुलाई संयमित हुन आग्रह गरेका छन् । असहिष्णु भ्रष्ट राजनीतिक नेतृत्व पछि हटेकाले सार्वजनिक सम्पत्तिमाथि आगजनी र नष्ट नगर्न उनले अपील गरेका हुन् । अब देश निर्माणमा एकजुट हुनुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ । संयम बनौँ ।’

09/09/2025

३१ घण्टामै घुँडा टेकेको अहंकार

काठमाडौं । भ्रष्टाचारको अन्त्य र सुशासनको मागसहित सुधारको माग गर्दै सडकमा उत्रिएका जेन जी पुस्तामाथि सरकारले सोमबार बर्बर दमन गरेको थियो । मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्न बाध्य भए । जेन जीको आन्दोलन सुरु भएको ३१ घण्टाभित्र ओली सत्ता ढल्यो ।

उकुसमुकुस युवापुस्ताका मागलाई सम्बोधन गर्दै उनीहरूलाई संयमित बनाउनुको सट्टा राज्यले नै उनीहरूलाई उत्तेजित र आक्रोशित बनायो ।

जवाफदेहीताको माग गरेका पुस्तामाथि राज्यले रक्तपात मच्यायो । लोकतान्त्रिक राज्यमा कल्पना नै गर्न नसक्ने गरी राज्यले १९ जनाको ज्यान लियो । यो घटनामा ४ सय ५० जनाभन्दा बढी घाइते भएका छन् । राज्यले मच्याएको रक्तपातविरूद्ध नवपुस्ताको चर्को आन्दोलनको जगमा ३१ घण्टामै प्रधानमन्त्रीको राजीनामा आएको छ । यो राजीनामा निरंकुशताको अवसान हो ।

सामाजिक सञ्जालबाट सरकारको विरोध गरिरहेका पुस्तालाई सडकमा आउन सरकार स्वयंले नै बाध्य बनाएको थियो । उनीहरूलाई थप आक्रोशित बनाउने काम राज्य पक्षबाटै भएको मानवअधिकार आयोगले नै औँल्याएको छ ।

युवाहरूको आन्दोलन अनियन्त्रित हुनुमा सरकार पक्षमा अराजनीतिक अभिव्यक्ति र शैली नै प्रमुख कारण रहेको आयोगको भनाइ छ । ‘नवपुस्ताबाट उठाइएका विमतिका स्वरहरूलाई सरकारले समयमै सम्बोधन गर्नुको सट्टा हल्का रूपमा लिई त्यस्ता स्वरहरूलाई दबाउन जिम्मेवार अधिकारीले अराजनीतिक अभिव्यक्ति दिने र सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दै ज्याने लिने कार्यलाई कुनै पनि अर्थमा स्वीकार गर्न सकिँदैन,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जाल बन्देजलाई नवपुस्ताले नागरिक आवाज दबाउने कदमका रूपमा बुझेका थिए । प्रधानमन्त्री ओली भने यसलाई राष्ट्रवादसँग दाँज्दै आफ्नो कदमको बचाउ गरेका थिए । ‘मेटाले नेपालको संविधान कानुन मान्दिँन भन्छ । आफूलाई हेपेको सहन्छु नेपाललाई हेपेको सहन्न,’ प्रधानमन्त्रीले अडान लिइरहेका थिए ।

१९ जनाको ज्यान गएको घटनामा जिम्मेवारी लिँदै प्रधानमन्त्री ओलीले स्थिति साम्य पार्ने कोसिस गर्नुपर्थ्यो । प्रधानमन्त्री ओलीले संवैधानिक संरचना बचाउन खोज्दा घटना घटेको भन्दै दु:ख व्यक्त गरे । ‘प्रदर्शनमा भएको घुसपैठले हाम्रा संवैधानिक संस्थाहरुका कार्यालयहरुमा तोडफोड र आगजनी गरी क्षति पुर्‍याउने घटनाहरु भए र ती संस्थाका संरचनाहरु जोगाउने प्रयास गर्दा ज्यान जाने अप्रिय स्थिति उत्पन्न भयो,’प्रधानमन्त्रीले सोमबार राति भनेका थिए ।

घटनाको सम्पूर्ण नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री पदबाट राजीनामा दिनु श्रेयस्कर हुने उनले ठानेनन् । बरू उनी सर्वदलीय बैठकको मञ्चनमा अघि बढे ।

नागरिकमाथि दमन गर्ने प्रधानमन्त्री सत्तासीन भइरहँदा आन्दोलन थप चर्कियो । चौतर्फी कर्फ्युका बीच आन्दोलनकारी सडकमा आए । उनीहरूको प्रदर्शन थप उग्र बन्यो । प्रदर्शनकारीहरूले शीर्ष नेताको निवासलाई निशाना बनाए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा आगजनी र तोडफोड हुन पुग्यो । प्रदर्शनकारी यत्तिकै रोकिएनन् । उनीहरूले सिंहदबारसमेत आफ्नो कब्जामा लिए । संसद् भवनमा आगजनी गरे । आन्दोलनकारीले राज्यका तीनवटै अंग कार्यपालिका सिंहदरबार, न्यायपालिका सर्वोच्च अदालत र व्यवस्थापिका संसद् कब्जामा लिए ।

प्रदर्शन चर्किँदै जाँदा मन्त्रीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अवस्था आइलाग्यो।

यो घटनालगत्तै कांग्रेसले एमालेलाई दिएको समर्थन तत्कालै फिर्ता लिनुपर्थ्यो । पार्टीको पदाधिकारी बैठकमा कांग्रेसभित्र नेताहरूले यो सुझाव पनि दिएका थिए । नेता विमलेन्द्र निधिले बैठकमै समर्थन फिर्ता र सर्वदलीय सरकारतर्फ अग्रसर हुन सुझाएका थिए । सभापति देउवाले सातबुँदे सहमति सम्झाउन थाले । लोकतान्त्रिक दल भन्ने कांग्रेसले पनि अन्तिम समयसम्म निरकुंशतालाई संरक्षण गरेको अब छिप्ने अवस्थामा छैन ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर दलको लोकतान्त्रिक प्रतिष्ठा जोगाउने कोसिस गरे पनि धेरै ढिलो भइसकेको थियो । उनीहरूले कदम चाल्नुपूर्व नै आन्दोलनको बलमा प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिए । ‘हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका लागि आजैका मितिबाट लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ उनको विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री पदबाट ओलीको राजीनामासँगै उनकाे अंहकारको पराजय भएको छ । प्रधानमन्त्रीको राजीनामापछि पनि यो आन्दोलन साम्य भएको छैन । राजीनामापछि नयाँ सरकार कसरी बन्ने हो कसको नेतृत्वमा बन्ने हो भन्ने अझै अनिश्चित छ ।

अबको दायित्व भनेको आन्दोलन साम्य पार्ने र मुलुकलाई निकास दिने हो । यस आन्दोलनपछि २०७९ सालको चुनावी म्यान्डेट प्राप्त जनप्रतिनिधिहरूले पनि राजीनामा दिएका छन् । नवपुस्ताले स्वतस्फूर्त रूपमा थालेको यो आन्दोलने थप जनधनको क्षती पुर्‍याउनुपूर्व नै यसलाई निकास दिनु अपरिहार्य छ ।

अब सर्वस्वीकार्य सरकार गठन गर्दै ताजा जनादेशमा मुलुकलाई लैजानु उत्तम विकल्प छ । यसका लागि सरोकारवाला पक्षले संवाद थाल्नुपर्छ । नेपाली सेनासहितको राज्यका निकायका उच्चपदस्थहरूले संयमता दर्शाउन अपिल गरेका छन् ।

‘विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन आग्रह गर्दछौँ । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएको हुँदा राजनीतिक संवादको माध्यबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछौँ ।’

Please  gen Z देश तपाइँहरुकै हातमा हो तपाईं हरुले नै बनाउने हो ।अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।अब घर फ़र्कनु...
09/09/2025

Please gen Z
देश तपाइँहरुकै हातमा हो
तपाईं हरुले नै बनाउने हो ।
अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।
अब घर फ़र्कनुहोस ।

जेनजी आन्दोलनकारीलाई कुलमान घिसिङको अपील - नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमित हुन ज...
09/09/2025

जेनजी आन्दोलनकारीलाई कुलमान घिसिङको अपील -
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमित हुन जेनजीलाई आग्रह गरेका छन् । उनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थालाई मध्यनजर गर्दै अब संयमित भएर अघि बढ्न आन्दोलनरत पक्षलाई आग्रह गरे ।
घिसिङले भनेका छन्, ‘सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट बनेको हो, त्यसको तोडफोड नगरी संयम अपनाउनु जरुरी छ । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो ।’
युवापुस्ता र आन्दोलनमा संलग्न संस्थाहरूलाई धैर्य, आत्ममूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्नसमेत घिसिङले आग्रह गरेका छन् । उनले जेनजीसहित अन्तरिम चुनावी सरकार गठन गरी मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक रहेको बताएका छन् ।
देश परिवर्तनको संवेदनशील मोडमा उभिएको अवस्थामा विधिसम्मत, विवेकसम्मत र समन्वयात्मक बाटो नै प्राथमिकता हुनुपर्ने र यसैबाट ऊज्यालो नेपाल सम्भव हुने विश्वास घिसिङको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले ...
09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलन नियन्त्रणबाहिर गएर ठुलो जनधनको क्षति भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रधानन्त्रीको सचिवालयले उनले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको पुष्टि गरेको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Muluksanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share