Muluksanchar

Muluksanchar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Muluksanchar, Media/News Company, Kathmandu.

14/06/2026

एक महिला र टेम्पोसँग जोडिएको आंसूको कथा

कैलालीबाट आएको एउटा भिडियो हृदय विक्षिप्त बनाउने खालको छ । भिडियोमा देखिन्छ, एक महिला रोइरहेकी छिन्, बारम्बार बिन्ती गरिरहेकी छिन्।

उनको जीवनको आधार बनेको टेम्पो, जसले उनलाई चाउचाउ, पानी र अन्य सामान्य सामान बेचेर जीविका चलाउन सहयोग गर्थ्यो । तर उनको त्यो सहारा टेम्पो बनका कर्मचारीहरूले भीरबाट खसालिदिएका छन्।

महिलाको त्यो टेम्पो मात्र कुनै साधारण साधन थिएन, त्यो उनको परिवारको आशा थियो, उनको घरको उज्यालो थियो। तर त्यो आशा, त्यो उज्यालो अचानक खसालिन पुग्यो। उनी आँसू झार्दै, बिन्ती गरिरहेकी थिइन्, तर उनको आवाज सुनिएन।

यदि नियम उल्लङ्घन भएको थियो भने कानुनी प्रक्रिया अपनाउन सकिन्थ्यो, जरिवाना गर्न सकिन्थ्यो, या जफत गर्न सकिन्थ्यो। तर कसैले उनको जीविकाको आधार नै नष्ट गर्नु कत्तिको उचित हो ?

यो निर्णय कसले गर्‍यो ? आदेश कसले दियो ? र यस्तो काम गर्ने साहस कसरी आयो ? यी प्रश्नहरू हाम्रो सामु छन्।

अब आवश्यक छ निष्पक्ष छानबिन। यस घटनामा संलग्न सबैको जिम्मेवारी निर्धारण हुनुपर्दछ। दोषी जो भए पनि कानुन अनुसार कारबाही हुनुपर्छ। किनकि, राज्यको शक्ति नागरिकलाई रुवाउन होइन, संरक्षण गर्न प्रयोग हुनुपर्छ।

यो कथा हामी सबैलाई सम्झाउँछ कि नियम र कानुनले मात्र होइन, मानवता र सहानुभूतिको पनि सम्मान गर्नुपर्छ।

कसरी पाइन्छ मोबाइल बैंकिङबाटै बिना धितो १० लाखसम्म ऋण ?
09/06/2026

कसरी पाइन्छ मोबाइल बैंकिङबाटै बिना धितो १० लाखसम्म ऋण ?

अकबरे खुर्सानीको भाउ एकै दिन २० प्रतिशतले बढ्यो, अरुको कति ?
09/06/2026

अकबरे खुर्सानीको भाउ एकै दिन २० प्रतिशतले बढ्यो, अरुको कति ?

Red Lions ले आफ्नो आगामी खेल आज साँझ ४:१५ बजे Akcel United Brussels विरुद्ध खेल्ने तालिका रहेको छ। सन्दीपको टोलीमा Faf d...
09/06/2026

Red Lions ले आफ्नो आगामी खेल आज साँझ ४:१५ बजे Akcel United Brussels विरुद्ध खेल्ने तालिका रहेको छ। सन्दीपको टोलीमा Faf du Plessis, Shoaib Malik, Chris Lynn, Corey Anderson, Gerhard Erasmus, Harmeet Singh र Peter Siddle जस्ता अन्तर्राष्ट्रिय स्टार खेलाडीहरू पनि रहेका छन्।

लम्की साना सहरी खानेपानी तथा सरसफाई संस्थाको मिति २०८३ जेठ २३ गते सम्पन्न कार्यसमिति तथा लेखासमितिकाे निवार्चन प्रक्रिया...
09/06/2026

लम्की साना सहरी खानेपानी तथा सरसफाई संस्थाको मिति २०८३ जेठ २३ गते सम्पन्न कार्यसमिति तथा लेखासमितिकाे निवार्चन प्रक्रिया बाट बिजयी कार्यसमिति

थापाथली सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन ।
25/04/2026

थापाथली सुकुम्बासी बस्ती हटाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन ।

कांग्रेस विवादमा सर्वोच्च अदालतले यि ६ वटा आधार र कारणका आधार देखाएको छ ।
17/04/2026

कांग्रेस विवादमा सर्वोच्च अदालतले यि ६ वटा आधार र कारणका आधार देखाएको छ ।

गगन थापा नेतृत्वको कांग्रेसले मान्यता पाउनुको कारणमा सर्वोच्च अदालतकाे भनाई.............
17/04/2026

गगन थापा नेतृत्वको कांग्रेसले मान्यता पाउनुको कारणमा सर्वोच्च अदालतकाे भनाई.............

सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।न्यायाधीशहरु श...
17/04/2026

सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ ।

न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर्‍याएको हो । सर्वोच्चको निर्णयसँग विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रुपमा अस्विकृत भएको हो ।

सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा पूर्णबहादुर खड्काद्वारा दायर दायर रिट खारेज भएको जनाएको छ । सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्यसमितिले गर्ने कामकारवाहीले निरन्तर मान्यता पाउनेछ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्र...
16/04/2026

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो । सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Muluksanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share