Taja Times

Taja Times News Media

12/07/2024

Heart Breaking😢 💔
नारायणगढ मुग्लिन सडक अन्तर्गत सिमलतालमा आज बिहान अन्दाजि ३:३० बजे माथिबाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको जानकारी छ। बिरगंज - काठमाडौ ( एन्जल बस)-२४ जना र काठमाडौ - गौर(गणपति डिलक्स-४१ जना सवार रहेको जानकारी।
त्यसै गरि अर्को बसमा पनि पहिरोसंगै आएको ढुंगा खसेर चालकको मृत्यु भएको खबर प्राप्त भएको छ । 😞
उद्दार र खोजी कार्य जारी रहेको छ ।
सतर्क रहौं, सुरक्षित यात्रा गरौं, ईमर्जेन्सी बाहेक यात्रा नगरौं । 🙏

 #सम्मान : सुत्केरी बोकेर घर पुर्याउदै स्वास्थ्यकर्मीको टोली ।मल्लरानी -३  #प्युठान स्थित धरमपानी स्वास्थ्य चाैकीका स्वा...
09/07/2024

#सम्मान : सुत्केरी बोकेर घर पुर्याउदै स्वास्थ्यकर्मीको टोली ।
मल्लरानी -३ #प्युठान स्थित धरमपानी स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीको टोलीले एकजना सुत्केरी महिलालाई बोकेर उनको घरसम्म पुर्याईदिएका छन ।

09/07/2024

कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ ।😥

रौतहटका छुट्टाछुट्टै स्थानमा दुई शव फेला, एक जना बेपत्ता
09/07/2024

रौतहटका छुट्टाछुट्टै स्थानमा दुई शव फेला, एक जना बेपत्ता

रौतहटको छुट्टाछुट्टै स्थानको नदी किनारमा एकमहिला एक पुरुष गरी दुई जनाको शव बरामद भएको छ ।

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट
09/07/2024

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्.....

दु:खद खबर बाकेको कोहलपुर नगरपालिका १३ स्थित भरैया बस्ने बर्ष ४५ कि प्रेमि थारु मोटर जरित धारामा नुहाउने क्रममा करेन्ट ला...
04/07/2024

दु:खद खबर
बाकेको कोहलपुर नगरपालिका १३ स्थित भरैया बस्ने बर्ष ४५ कि प्रेमि थारु मोटर जरित धारामा नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षातको समयमा मोटरको प्लग छुटाएर मात्र धारामा जाऊ र नुहाउ ।

रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै
04/07/2024

रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाई
04/07/2024

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आजपनि सुनुवाई

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई आजपनि हुदै .....

रामेछापमा बस दुर्घटना हुँदा आठ जना घाइते, तीनको अवस्था गम्भीर
28/06/2024

रामेछापमा बस दुर्घटना हुँदा आठ जना घाइते, तीनको अवस्था गम्भीर

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ : अर्थमन्त्री पुन
27/06/2024

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्न...

मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गतेसम्ममा भएका विपद्‌बाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी ...
27/06/2024

मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गतेसम्ममा भएका विपद्‌बाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

मनसुन भित्रिएपछि गत जेठ २८ देखि असार १२ गतेसम्ममा भएका विपद्‌बाट आजसम्म ३३ जिल्ला प्रभावित भएको गृह मन्त्रालयले ...

यो तस्बिर सामाजिक सञ्चालमा ट्रोलको सिकार बनिरहँदा  संगिता कार्की लेख्नुहुन्छ-यस विद्यालय मा अध्ययन गरेको विद्यार्थी म आफ...
26/06/2024

यो तस्बिर सामाजिक सञ्चालमा ट्रोलको सिकार बनिरहँदा संगिता कार्की लेख्नुहुन्छ-

यस विद्यालय मा अध्ययन गरेको विद्यार्थी म आफै भएकाले यो ट्रोल देखिरहदा नराम्रो लाग्यो कुनै कुराको नराम्रो बोल्नु भन्दा पहिले गहिरिएर सोच्नु होला । जुन सुकै कुरालाई नकारात्मकता फैलाउने काम नगरौं । गर्भवती नाम नराम्रो होइन र जुन सुकै कुराको सुरुवात गर्भ बाट नै हुन्छ। नाम सुन्दा अनौठो लागे पनि स्थानीय परिसरमा रहेको गर्भवती देवीको नाम बाट नामाकरण गरिएको जेष्ठ हरुले बताउनु हुन्थियो।

वास्तवमा हाम्रो विद्यालय नजिक देवस्थल रहेको र देविको नाम नै गर्भवति रहेको र उक्त स्थान गर्भवति देवस्थलको रुपमा बिकास भएको र तिनै देवस्थलको नाममा यो विध्यालयको नाम गर्भवती रहन गएको हो । हरेक कुरालाई ट्रोल गर्नु भन्दा आ-आफ्नो काम गर्ने गरौं ।
धन्यवाद❤️

Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Taja Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taja Times:

Share