Khabari Gang

Khabari Gang सम्पुर्ण खबरहरुको संगालो "खबरी Gang"
'' सत्य , प्रष्ट र ताजा समाचार ''
|| सबैका लागी, सँधैका लागी //

तीनकुने सामूहिक हत्या : शङ्कास्पद व्यक्ति ट्याक्सी चढेर आफैं पुगेका थिए प्रहरी चौकि चार जनाको हत्या भएको स्थान । तस्वीरः...
16/09/2023

तीनकुने सामूहिक हत्या : शङ्कास्पद व्यक्ति ट्याक्सी चढेर आफैं पुगेका थिए प्रहरी चौकि

चार जनाको हत्या भएको स्थान । तस्वीरः गौरव/अनलाइनखबर

तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणमा पक्राउ परेका व्यक्ति आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ ।

मिलको हाताभित्रै शुक्रबार राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको थियो । घटनालगत्तै एक जना व्यक्ति आफैं ट्याक्सी चढेर तीनकुनेस्थित प्रहरी वृत्त नयाँबानेश्वर पुगेका थिए । उनी २८ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जानकरी दिएको छ ।

प्रहरी स्रोतका अनुसार लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेका थिए । घटनास्थलबाट हडबडाउँदै सडकमा निस्किएका राईले ट्याक्सी भेटेपछि तीनकुनेको प्रहरी चौकीमा पुर्‍याइदिन भनेका थिए ।

प्रहरीले राईलाई पुर्‍याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । प्रहरी स्रोतका अनुसार चालकले सोधपुछका क्रममा रगत लतपतिएका कपडासहित आएका राईले हड्बडाउँदै आफूलाई प्रहरी कार्यालय पुर्‍याइदिने भनेको बताएका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा राईका बुवा दिव्य सःमिलमै लामो समय काम गरेर छोडेका थिए । बुवाले काम गर्ने भएकोले पहिलेदेखि नै नीवन त्यहाँ आउनेजाने गर्थे । हत्या भएका नवीन राई उनका साथी समेत हुन् ।

घटना भएको सःमिलको सामान ओसारपसार गर्ने एक जना रिक्सा चालक बसन्त रोकाका अनुसार पक्राउ परेका व्यक्ति पहिले पनि त्यहाँ आइरहन्थे । बुवाले काम गर्दा उनी त्यहीँ बस्ने गरेका थिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रहरी वृत्त, नयाँ बानेश्वर पुगेर घटनाबारे जानकारी दिने राई नै हत्यामा संलग्न रहेको बताएको छ । हत्याको कारण भने स्पष्ट भइसकेको छैन । राईका बुबा अहिले धनकुटामा छन् ।

मिलका सञ्चालक बालकृण सिवाकोटीले भने घटनाबारे प्रहरीले जानकारी दिएपछि मात्रै थाहा पाएको बताएका छन् । ‘म गौशाला बस्थेँ, बिहान प्रहरीले फोन गरेपछि आएँ’, उनले भने, ‘मिलमा विभिन्न स्थानमा छरिएको अवस्थामा शवहरु थिए ।’

उनका अनुसार हत्या भएका कुमार र अम्बिका मिलकै कर्मचारी हुन् । कुमारकी आमा शुभद्रा भुजेल भने केही दिनअघि मात्रै काठमाडौं आएकी थिइन् । ‘श्राद्धका कारण आउनु भएको रहेछ, त्यसपछि त्यहीँ बस्नु भएको थियो’, शिवाकोटीले अनलाइनखबरसँग भने, ‘राति यस्तो घटना भएछ ।’
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, घटनामा मिलमा गेट पालेका रुपमा काम गर्दै आएका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङका नविन राईको मृत्यु भएको छ ।
एसएसपी मैनालीका अनुसार, चारै जनाको शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

16/09/2023

Braking News

गैरिगाउँ स्थित एक काठ पसल चार जनाको हत्या

माथिल्लो तामाकोशी हाइड्रोपावरले माग्यो ४५ कर्मचारी, कुन पदका लागि कति ?
12/07/2023

माथिल्लो तामाकोशी हाइड्रोपावरले माग्यो ४५ कर्मचारी, कुन पदका लागि कति ?

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति मेरा कुरा टिभीको तर्फबाट भाबपुर्ण श्रद्धास...
12/07/2023

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति मेरा कुरा टिभीको तर्फबाट भाबपुर्ण श्रद्धासुमन अर्पण गर्दछौँ । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।
मेरा कुरा टि भि परिवार,
काठमाडौँ
Mera Kura TV
मेरा कुरा टि.भि
सृजना भुजेल

कोशी प्रदेशको बार्षिक नीति तथा कार्यक्रम सुरु भएसँगै पालै पालो निदाए साम्सदहरु ।।
14/06/2023

कोशी प्रदेशको बार्षिक नीति तथा कार्यक्रम सुरु भएसँगै पालै पालो निदाए साम्सदहरु ।।

13/06/2023
सुनको मूल्यको नयाँ रेकर्ड :– सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा...
02/06/2023

सुनको मूल्यको नयाँ रेकर्ड :–
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ८ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य शुक्रवार तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
सृजना भुजेल
Mera Kura TV
मेरा कुरा टि.भि

शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै आज अदालत लगिँदै ||नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई प्र...
17/05/2023

शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै आज अदालत लगिँदै ||
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने चाँजोपाँजो मिलाउँदै ठगी गरेको आरोपमा हालसम्म पक्राउ परेका १४ जनालाई नै प्रहरीले आज अदालतमा उपस्थित गराउन लागिएको हो । पक्राउ परको एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिएपनि अनुसन्धान नसकिएका कारण पुनःम्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो । हालसम्म पक्राउ परेका १४ जनामध्ये पूर्वसांसद् शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ ।
सृजना भुजेल
Mera Kura TV
मेरा कुरा टि.भि

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले...
16/05/2023

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १÷१ महिनामा पठाउने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमका प्रवक्ता ठाकुले बताए ।
Mera Kura TV
मेरा कुरा टि.भि
सृजना भुजेल

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्सएक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थि...
16/05/2023

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वि.सं. २०७९ जेठ २ गतेदेखि कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको थियो। यद्यपि, यो एयरलाइन्सले पनि विभिन्न कारण देखाउँदै उडान नियमित गरेको छैन। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेठ १५ देखि उडान गर्नेगरी आवश्यक तयारी गरिरहेको छ। निगमले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुर सातामा एक–एक उडान गर्ने कार्यतालिका बनाएको छ। मलेसियाबाट उडान अनुमति पाइसकेको निगमले भारतबाट अझै अनुमति पाएको छैन।
Mera Kura TV
मेरा कुरा टि.भि
सृजना भुजेल

Address

Koteshwor
Kathmandu
44600

Telephone

+9779844277605

Website

Alerts

Be the first to know and let us send you an email when Khabari Gang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabari Gang:

Share