Khabari Gang

Khabari Gang सम्पुर्ण खबरहरुको संगालो "खबरी Gang"
'' सत्य , प्रष्ट र ताजा समाचार ''
|| सबैका लागी, सँधैका लागी //

16/09/2023

Braking News

गैरिगाउँ स्थित एक काठ पसल चार जनाको हत्या

माथिल्लो तामाकोशी हाइड्रोपावरले माग्यो ४५ कर्मचारी, कुन पदका लागि कति ?
12/07/2023

माथिल्लो तामाकोशी हाइड्रोपावरले माग्यो ४५ कर्मचारी, कुन पदका लागि कति ?

13/06/2023
शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै आज अदालत लगिँदै ||नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई प्र...
17/05/2023

शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै आज अदालत लगिँदै ||
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने भएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने चाँजोपाँजो मिलाउँदै ठगी गरेको आरोपमा हालसम्म पक्राउ परेका १४ जनालाई नै प्रहरीले आज अदालतमा उपस्थित गराउन लागिएको हो । पक्राउ परको एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिएपनि अनुसन्धान नसकिएका कारण पुनःम्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो । हालसम्म पक्राउ परेका १४ जनामध्ये पूर्वसांसद् शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ ।
सृजना भुजेल
Mera Kura TV
मेरा कुरा टि.भि

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले...
16/05/2023

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए । आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १÷१ महिनामा पठाउने गरेको छ । आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य के हुने भन्नेबारे छलफल र प्रस्ताव तयार भइरहेको निगमका प्रवक्ता ठाकुले बताए ।
Mera Kura TV
मेरा कुरा टि.भि
सृजना भुजेल

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्सएक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थि...
16/05/2023

भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स

एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वि.सं. २०७९ जेठ २ गतेदेखि कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको थियो। यद्यपि, यो एयरलाइन्सले पनि विभिन्न कारण देखाउँदै उडान नियमित गरेको छैन। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेठ १५ देखि उडान गर्नेगरी आवश्यक तयारी गरिरहेको छ। निगमले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुर सातामा एक–एक उडान गर्ने कार्यतालिका बनाएको छ। मलेसियाबाट उडान अनुमति पाइसकेको निगमले भारतबाट अझै अनुमति पाएको छैन।
Mera Kura TV
मेरा कुरा टि.भि
सृजना भुजेल

12/05/2023

विदेशी लगानी आकर्षित गर्न प्रतिवद्ध प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार लगानी वोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड वैंक नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा राख्नुभयो ।

Address

Koteshwor
Kathmandu
44600

Telephone

+9779844277605

Website

Alerts

Be the first to know and let us send you an email when Khabari Gang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khabari Gang:

Share