Online Khoj Nepal

Online Khoj Nepal Thank you so much visit my page dont forgot to follow .

ब्रड पिक हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ को निधन 😢विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा ए...
01/08/2026

ब्रड पिक हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ को निधन 😢

विश्वप्रसिद्ध नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाई’ को पाकिस्तानस्थित ब्रड पिकमा गएको हिमपहिरोमा परी निधन भएको छ। उहाँको निधन भएको पुष्टि एलिट एक्स्पेडले आधिकारिक वक्तव्यमार्फत गरेको हो।

ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी बेपत्ता भएका थिए। खोज तथा उद्धार प्रयासपछि एलिट एक्स्पेडले उहाँको निधन भएको पुष्टि गर्दै पर्वतारोहण क्षेत्रमा उहाँले पुर्‍याएको असाधारण योगदानको स्मरण गरेको छ।

 : सरकार र गणेश नेपालीको परिवारबीच अन्ततः सहमति!लामो प्रतीक्षापछि सरकार र गणेश नेपालीको परिवारबीच सहमति भएको छ। अब सबैको...
12/07/2026

: सरकार र गणेश नेपालीको परिवारबीच अन्ततः सहमति!

लामो प्रतीक्षापछि सरकार र गणेश नेपालीको परिवारबीच सहमति भएको छ। अब सबैको चासो सहमतिपछि के निर्णय हुन्छ र यसको प्रभाव कस्तो पर्छ भन्नेमा केन्द्रित भएको छ।

💬 तपाईंको प्रतिक्रिया कमेन्टमा लेख्नुहोस् र यो पोस्ट सेयर गर्नुहोस्।

अर्जेन्टिनाले २–० ले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। Lionel Messiले एक गोल ...
07/07/2026

अर्जेन्टिनाले २–० ले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। Lionel Messiले एक गोल गरे र एक असिस्ट दिएर टोलीको जितमा निर्णायक भूमिका खेले। अन्तिम समयमा Enzo Fernándezले विजयी गोल गर्दै अर्जेन्टिनालाई क्वार्टरफाइनलमा पुर्‍याए।

#अर्जेन्टिना #मेसी #फुटबल #विश्वकप 🏆⚽🇦🇷

हर्क साम्पाङ र भीम उपाध्यायबीच ५ फरक १- कुनै बेला हर्क साम्पाङ एउटा नगरको प्रशासनिक अधिकृतको कार्यकक्षमा छिर्न नपाएर अफि...
01/07/2026

हर्क साम्पाङ र भीम उपाध्यायबीच ५ फरक

१- कुनै बेला हर्क साम्पाङ एउटा नगरको प्रशासनिक अधिकृतको कार्यकक्षमा छिर्न नपाएर अफिसको ढोकामा प्लेकार्ड बोकेर उभिएको मान्छे हुन्। धरानको समस्याको बारेमा सीडीओलाई ज्ञापनपत्र बुझाउन खोज्दा उनलाई लछारपछार गर्दै प्रहरीको भ्यानमा हालिन्थ्यो। ठीक त्यही बेला यता भीम उपाध्याय भने नेपालको प्रधानमन्त्री र मन्त्रीहरूको कार्यकक्षमा उपरफुट्टी लगाएर चिया पिइरहेका हुन्थे। नेपाल सरकारको सविच भएकाले उनले सिंहदरबार भित्र बसेर प्रशासनतन्त्र चलाइरहेका हुन्थे। यसरी हेर्दा हर्क साम्पाङ एउटा असन्तुष्ट सेवाग्राहीको प्रतीक हुन् भने भीम उपाध्याय एउटा आडम्बरी शासकको प्रतीक हुन्।

२- इन्जिनियरको पदवी धारण गरेका भीम उपाध्याय जस्ता नेपालका हजारौँ सरकारी इन्जिनियरहरूसँग असारको झरीमा पनि सडकमा अलकत्रा बिछ्याइदिन सक्ने विशेष क्षमता हुन्छ। सायद त्यस्तो अद्भूत क्षमता हर्क साम्पाङसँग छैन। इन्जिनियरले काम नगरेर बजेट मात्रै निकालेर हजम गरेको नेपालमा सयौ परियोजना छन्। मानिसहरू विज्ञान र प्रविधिको कुरा गर्छन्। तर जति भीम उपाध्याय जस्ता इन्जिनियरहरूले खटाएको डोजर, टिप्पर र क्रसरले देश बिगारेको छ, त्यति हर्क साम्पाङले खटाएको डोको, झम्पाल र गैंचीले देश बिगारेको छैन। भीम उपाध्यायहरू दुम्लिङको पुल देखेर मजाक गरिरहेका छन्। त्यहाँ खोला नै छैन भनिरहेका छन्। तर मेलम्चीको कलकल बग्ने खोलाको पानी काठमाडौं ल्याउन नसकेकोमा यिनीहरूलाई एक चिम्टी लाज लाग्दैन।

३- उपल्लो दर्जाका रिटायर्ड कर्मचारीहरूलाई आफू पदमा रहँदा गरेका कुकर्महरूको कारण भविष्यमा मुद्दा लाग्छ कि भन्ने डर हुन्छ। त्यही डरले सुरक्षा देखि निजामती सेवाका ठूला-ठूला हाकिमहरू पेन्सन पकाए पछि राजनीतिमा प्रवेश गर्छन्। खोरमा जानुपर्ने डरले पार्टीमा जान्छन्। भीम उपाध्याय कुनै पार्टीमा त गएका छैनन्, तर सामाजिक सञ्जालको शक्तिलाई आफ्नो रक्षा कवच बनाएका छन्। यिनले बेलाबेलामा मेरा यति लाख फलोअर्स छन्, उति लाख फ्यान छन् भनेर दम्भ देखाउनुको कारण मलाई छोइस् भने तँलाई सक्काइदिन्छु, बदनाम गरिदिन्छु भनेर मनोवैज्ञानिक रुपमा धम्की दिएको हो। त्यसले केही हदसम्म काम पनि गरेको छ। रवि लामिछाने र अहिलेका मन्त्री, सांसदहरू बाघ-भालुसँग डराउँदैनन् तर भीम उपाध्यायको फेसबुक स्टाटससँग डराउँछन्।

४- भीम उपाध्यायहरुले हर्क साम्पाङलाई पास्टरको फर्जी बिल्ला भिराएर अपमान गर्न खोज्छन्, तर टुँडिखेलमा हरेक साल हुने उधौली-उभौलीमा गएर साकेला नाच्ने आँट यिनीहरुले गर्दैनन्। राईको जनसंख्या एकदमै कम भएको आँकडा प्रस्तुत गर्छन्, मानौ कि, कम जनसंख्या भएकालाई चिमोटेर पनि मार्न सकिन्छ। तर पहिलो र दोस्रो विश्वयुद्धमा भर्खर बिहे गरेका राई-लिम्बूका लक्का जवानहरूलाई फोल्कल्यान्ड र मलायामा कसरी बलिको बोको बनाइयो, त्यो बिर्सिन्छन्। युरोपको त जनसंख्या नै मेटिएर मोरक्को, अल्जेरिया र ट्युनिसियातिरबाट कामदार भित्राउनु परेको थियो। राई जातिले नेपालको इतिहासमा कुनै खुरापात गरेको छैन। बरु सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपालका तर्फबाट मुख्य प्रतिनिधिमध्ये एक चन्द्रशेखर उपाध्याय थिए। भीम उपाध्यायको पुर्खाको एक हस्ताक्षरले नेपालले करिब एक तिहाइ भूभाग गुमाउनु परेको थियो।

५-एउटा सी ग्रेडको निजामती कर्मचारी भीम उपाध्यायको लहैलहैमा लागेर केही मानिसहरू भन्छन्, “तलब नपाइने श्रमदान किन गर्ने?” मानौँ कि तिनीहरूले घरको खेतबारीमा अन्न फलाएर बसिरहेका बा-आमालाई पनि मासिक तलब दिएर राखेका छन्। श्रमदान भनेको देशलाई पनि घरजस्तै ठानेर गर्ने कुरा हो। तलब खानका लागि त भीम उपाध्यायजस्तो सरकारी जागिरे हुनुपर्‍यो, वा कुनै ठूलो बहुराष्ट्रिय कम्पनीमा काम गर्न जानुपर्‍यो। एकथरीले क्यूआर कोडलाई लिएर हंगामा गरिरहेका छन्। तर क्यूआर कोडमार्फत पठाएको पैसा हर्क साम्पाङको श्रीमतीको खुद्रा तथा किराना पसलमा जाँदैन। त्यो पैसा नेपाल राष्ट्र बैंक नियन्त्रित बैंकिङ प्रणालीअन्तर्गतको बैंक खातामै जम्मा हुन्छ। हरेक दिनको बैंक ट्रान्जेक्सनको रेकर्ड हुन्छ। अनियमितता भएमा स्वर्णिम वाग्लेको एक फोनको भरमा सम्पूर्ण रकमले नै विरगति प्राप्त गर्न सक्छ।

[यति कुरा बुझ्न भेडाहरूले आफ्नी आमाको पेटभित्र लुसुक्क छिरेर फेरि औंशीको दिन पारेर फुत्त बाहिर निस्किनुपर्छ]

nishani magar

29/06/2026

आज राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पावन अवसरमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। 🙏❤️

#असार१५ #राष्ट्रियधानदिवस #मानोरोपीमुरीफल्ने #दहीचिउरा #किसान #कृषि #नेपाल

नेपाली राजनीतिमा फेरि ठूलो तरंग!एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच वाम एकताको तयारी भइरहेको चर्चा। केपी शर्मा ओली, प्रच...
27/06/2026

नेपाली राजनीतिमा फेरि ठूलो तरंग!

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच वाम एकताको तयारी भइरहेको चर्चा। केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एकै ठाउँमा देखिने सम्भावना! अब नेपाली राजनीति कुन मोडमा पुग्ला? 🤔🇳🇵

#वामएकता #नेपालराजनीति #नेपाल

🎉🇳🇵 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई ...
26/06/2026

🎉🇳🇵 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💙

🔹 सभापति : रवि लामिछाने
🔹 वरिष्ठ नेता : बालेन्द्र शाह
🔹 उपसभापति : स्वर्णिम वाग्ले
🔹 उपसभापति : सोबिता गौतम
🔹 महामन्त्री : बिपिन कुमार आचार्य
🔹 सहमहामन्त्री : हरि ढकाल
🔹 सहमहामन्त्री : असिम शाह
🔹 सहमहामन्त्री (महिला) : निशा डाँगी

जनताको विश्वास, सुशासन र समृद्ध नेपालको यात्रामा तपाईंहरूको नेतृत्व सफल रहोस्। हार्दिक शुभकामना! 🇳🇵❤️

“लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य हुँदैन।” — डा. अमरेशकुमार सिंह 🇳🇵राष्ट्रिय स्...
26/06/2026

“लोकतन्त्र, सङ्घीयता र समावेशितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य हुँदैन।” — डा. अमरेशकुमार सिंह 🇳🇵

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने प्रस्ताव पारित भएपछि रास्वपाबाट निर्वाचित सांसद डा. अमरेशकुमार सिंहले आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन्।

जनकपुरधामबाट सामाजिक सञ्जालमार्फत उनले नेपालको लोकतान्त्रिक व्यवस्था, सङ्घीय शासन प्रणाली र समावेशी चरित्रसँग कसैले छेडखानी गर्न खोजे नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्ने बताएका छन्।

उनले भने,
“जगत जननी सीतामाताको भूमि जनकपुरधामबाट फेरि भन्छु— नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले त्यसको सशक्त प्रतिरोध गर्नेछन्।”

सांसद सिंहले जनताको वास्तविक अपेक्षा सुशासन, पारदर्शिता, विकास र समृद्धि भएको उल्लेख गर्दै राजनीतिक दल र जनप्रतिनिधिहरूले विवादभन्दा पनि जनताको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

 🚦 ट्राफिक नियम उल्लंघन गर्नेहरू बढे कि नियम कार्यान्वयन कडा भयो? 🤔हिजो मात्र ट्राफिक कारबाहीबाट रु. २० लाख ७९ हजार राजस...
26/06/2026


🚦 ट्राफिक नियम उल्लंघन गर्नेहरू बढे कि नियम कार्यान्वयन कडा भयो? 🤔

हिजो मात्र ट्राफिक कारबाहीबाट रु. २० लाख ७९ हजार राजस्व संकलन भएको छ। नियम पालना गरौं, जरिवाना होइन सुरक्षित यात्रा रोजौं। 🚗🏍️🙏

#नेपाल #नेपाल_ट्राफिक

Address

Tarkeshwar 7
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Online Khoj Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share