03/07/2023
Nil Kantha Sharma writes 👇
यि सडकहरु किन बन्दैनन ?
अराजकता भनेको यहीँ होइन त !
=====================
१ काठमाडौंबाट ककनी हुँदै त्रिशुली तिर जाने सडक एकदशक देखि लथालिङ्ग छ ।
२ काठमाडौं देखि दक्षिणकाली हुँदै हेटौंडा तर्फ जाने सडकहरु लथालिङ्ग छन् ।
३ काठमाडौंबाट थानकोट, चित्लाङ हुँदै पालुङ दामन जाने सडक लथालिङ्ग छ ।
४ भक्तपुरबाट नगरकोट जाने सडक दशकौंदेखि लथालिङ्ग छ ।
५ काठमाडौंदेखि मुग्लिनसम्म बल्लतल्ल पुगे पनि त्यहाँबाट पोखरा जाने सडक लथालिङ्ग छ ।
६ डुम्रेबाट लमजुङ तिर जाने सडक पनि वर्षौंदेखि लथालिङ्ग नै छ ।
७ मुग्लिङ्ग नारायणगढको सडक त सबैभन्दा लथालिङ्ग छ ।
८ नारायणगढ देखि बुटवल जाने सडक झन् लथालिङ्ग छ ।
९ बुटवल देखि पाल्पा आउने सडक अझै लथालिङ्ग छ ।
१० बागलुङ बजारबाट गलकोट तिर जाने मध्यपहाडी लोकमार्गको बिहु खण्ड त अहिलेसम्म सामान्य मर्मत र एकपटक पनि पिच भएको छैन ।
११ पुर्वपश्चिम राजमार्गको लगभग धेरै ठाउँमा लथालिङ्ग नै छ ।
१२ नौबिसेबाट दामन हुँदै हेटौंडा जाने सडक पनि राम्रोसँग मर्मतसम्भार हुन सकेको छैन । लथालिङ्ग नै छ ।
१३ यसैगरी उत्तर र दक्षिण जोडिने मेची राजमार्ग, सगरमाथा राजमार्ग देखि कर्णाली राजमार्ग सबैतिर लथालिङ्ग र भताभुङ्ग नै छ ।
देशका प्रमुख सडक, काठमाडौं लगायत मध्य भागमा रहेका महत्त्वपूर्ण सडक, तराई र काठमाडौं जोड्ने सडकहरुको अवस्था वर्षौंदेखि लथालिङ्ग छ, अलपत्र छ, यात्रा गर्दा यातना भोग्नुपर्ने अवस्था छ ।
दुर्गमका सडकहरुको अवस्था कस्तो होला ?
यि सडक मर्मत गर्न, बिस्तार गर्न तोकिएको समयमा पटकपटक म्याद थप गरिएको छ, दुई वर्षको ठेक्कालाई ३-४-५ हुँदै १० वर्षसम्म पुर्याउने काम भएको छ (जस्तै नगरकोट जाने सडक, बालाजु रानीपौवा त्रिशुली सडक), लागत मूल्य डवल भन्दा बढी पुर्याउने काम भएको छ । तर सडक निर्माणको स्थिति सधै कछुवाको गतिमा .....छ !
हो नेपालको पहाडी भूगोल, बाढी पैरोको समस्या भएर अवरोध हुनु, केही ढिलासुस्ती हुनु अस्वभाविक नहोला ! यहाँ त सुनियोजित रूपमा नै नेपालको सडक मार्गलाई तहसनहस पार्ने काम भएको छ !
यसैको कारण;
यात्रा गर्दा समयको बर्बाद त छदैछ,
इन्धनको थप खर्च, गाडी मर्मतको खर्च, प्रदुषण लगायतका कारण हुने नोक्सानी खर्बौमा होला !
गरिब देशले ऋण लिएर बनाएका सडकमा किन यस्तो लापरबाही !
यो कस्तो ज्यादती हो ?
यो जघन्य अपराध होइन र ?
यो सन्दर्भमा सरकार, सडक विभाग, सरोकारवाला सडक आयोजनाका प्रमुख, सरोकारवाला ईन्जिनियर, ठेकेदार, राजनीति दल, नेता, यि सडकसग जोडिएका स्थानीय पालिकाहरु किन बोल्दैनन् ?
किन कोही जवाफदेही हुदैनन् ?
गल्ती गर्नेलाई किन कडा कारबाही हुदैन ?
यो भन्दा ठूलो अराजकता के हुन्छ ?
आउनुहोस् !
यस सन्दर्भमा सबैले निरन्तर खबरदारी गरौ !