23/10/2025
बेलडारी , बनाैलीबाट खुलेयाम तस्करी
कलैया । दिपावलीकाे अवसरमा सबै सर्वसाधारणको ध्यान अन्यत्र भएको माैका छाेपी बाराकाे बेलडारी नाकाबाट बनाैली तियर नदी हुदै व्यापक तस्करी भैरहेको छ । यो नाकाबाट एक साता देखि ठूलो मात्रामा तस्करी भैरहेको छ । नेपालबाट कस्मेटिक सामान यसै नाकाबाट भारत तस्करी गर्ने र भारतबाट मरेका माछा र फूलकाे नेपाल तस्करी भैरहेको छ । सियाराम , सुरेन्द्र , अजय , दिनेश समेतको समूहले अहिले यो नाकाबाट ठूलो मात्रामा यी सामानको तस्करीको लाइन पाएका छन् । केही दिन अघि राैतहटकाे बंकुल नाकाबाट तस्करीको लाइन चलाएकाे यो समूहले त्याहाकाे तस्करी धन्दाकाे समाचार उजागर भए पछि फेरि बाराको बेलडारी नाकाबाट बनाैलीका तियर नदी हुदै तस्करी गर्न थालेका हुन् । जबकि सीमावर्ती क्षेत्रमा हुने चाेरी तस्करी नियन्त्रणका लागि राज्यले सशस्त्र प्रहरीलाई प्रमुख जिम्मेवारी दिएको छ । बेलडारी स्थित सशस्त्र प्रहरी बलकाे बिअाेपी प्रमुखमा नारायण प्रसाद विश्वकर्मा प्रहरी निरीक्षककाे रूपमा कार्यरत छन् । त्यसैगरी बनाैलीमा सशस्त्र प्रहरी बलकाे वेशमा सईकाे नेतृत्वमा सशस्त्र प्रहरी खटिएको छ । त्यसैगरी नेपाल प्रहरीकाे तर्फबाट पनि यी ठाउँमा चाैकी रहेका छन् । तरपनि यहाँबाट यसरी चलेको ठूलो मात्राकाे तस्करी राेकिएकाे छैन ।
सियाराम नेतृत्वको यो समूहले बाराका विभिन्न नाकाबाट लामो समयदेखि तस्करी धन्दा गर्दै आएका छन् । केही दिन अघि मात्रै यो समूहका दुई जनालाई गाडी नेपाल प्रहरीले पक्राउ गरि दुई दिन थुनामा समेत राखेको थियो । तर सेटिङ मिलाएर उनीहरू छुटेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मात्रै हाेइन उनीहरूले स्थानीय भन्सारमा पनि सेटिङ मिलाएर तस्करी गरिरहेका छन् । हाम्रा संवाददाताले यस बिषयमा साेध्नका लागि सियारामलाई सम्पर्क राख्दा उनलेे फाेन उठाएनन् भने दिनेशकाे माेवाइल अफ रहेको छ ।
देशमा भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकिरहेको अवस्थामा बाराबाट यसरी खुलेयाम तस्करी हुनुले राजश्व संकलन झन् प्रभावित हुने देखिन्छ ।