08/05/2026
वर्षौँदेखि वरियता, भागबन्डा र राजनीतिक निकटताको आधारमा हुने नियुक्तिको चक्र तोड्न जरुरी थियो, र अहिले सरकारले त्यही साहस गरेको छ।
पहिलो पटक केवल “पालो” होइन, कार्यक्षमता, निर्णय क्षमता र नेतृत्वलाई आधार मानेर प्रधानन्यायाधीश सिफारिस गरिएको देखिन्छ। त्यसका लागि मनोज कुमार शर्मालाई हार्दिक बधाइ।
अब न्याय क्षेत्रमा पनि सन्देश गएको छ : पद केवल पालोले होइन, कामले पाइन्छ।
जब प्रतिस्पर्धा क्षमता र योग्यतामा हुन्छ, तब संस्थाहरू बलिया बन्छन्। संस्थाहरू बलिया भए देश बन्न धेरै समय लाग्दैन।