News today

News today we collect news from facebook

11/12/2023

Join us and Celebrate New Year Eve 2024 at Hotel Siddhartha Nepalgunj.


✓ National Singer: Prakash Dutraj (A Rising Star)
✓ DJ: DJ Queen
✓ Live Band
✓ Dance
✓ Fireworks
✓ Live Food Stall
✓ Live Bar
✓ And many more…
For more Details
Call: +977-81-551200 / +977-9858048222
Email: [email protected]

21/11/2023

बर्दियामा नाबालिग बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्पक्राउ पर्नेमा गेरुवा गाउँपालिका – ६ का ४० बर्षीय प्रकाश खवास छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाको सूचना शाखामा कार्यरत प्रहरी सहायक हवल्दार नारायण ओलीका अनुसार खवासले कार्तिक २८ गते दश बजे राति नाबालिगलाई आफ्नै गोठमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

पीडितले आफुमाथि भएको बलात्कार बारे सोमबार दिएको जानकारीका आधारमा आरोपित खवासलाई नियन्त्रणमा लिइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको ओलीले जानकारी दिए ।

21/11/2023

भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाकाबाट पर्सी बिहीबार भित्र्याउन लागिएको छ ।

पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालका अनुसार नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेसँगै भारतले राँगा हस्तान्तरण गरेको हो ।

उन्नत जात मुर्रा राँगा नस्ल सुधारका लागि भारतबाट उपहार स्वरूप ल्याउन लागिएको हो । सो राँगा नेपाल ल्याएपछि विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा, नेपालगन्ज र लहानमा राखिने छ । पोखरा, नेपालगन्ज र लहानबाटै वीर्य उत्पादन गरिनेछ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने छ ।

28/10/2023

मुगुमा तीन जना छोराछोरीसहित आमाको हत्या भएको घटनाबारे अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेको छ ।

घटनाको थप अनुसन्धान गर्न प्रहरी तालिम केन्द्र नेपालगन्जबाट खटिएको अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

हिजोदेखि घटनास्थल सुरक्षित राखेको प्रहरीले आज तालिम प्राप्त कुकुरसहितको टोली पुगेपछि थप अनुसन्धानसहित शव उठाउने तयारी गरेको छ । चारै जनाको शव हिजो बिहान नौ बजे फेला परेको हो ।

ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी बोहोरा, ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेका छन् । स्थानीय धर्मी बोहाेराका अनुसार उनीहरु बुधवार बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर घर फर्किएका थिए ।

हत्या गर्नेले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको पाइएको डीएसपी थापाले जानकारी दिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार र ढुंगा प्रहार गरी हत्या गरिएको देखाएको छ । केही व्यक्तिमाथि हत्याको आशङ्का गरिएको र उनीहरूको निगरानीमा सादा पोसाकका प्रहरी खटिएको डीएसपी थापाले बताएका छन् ।

श्रीदेवीका श्रीमान् दीपक बोहाेरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहेका छन् ।

28/09/2023

कोहलपुर नगर स्वास्थ प्रमुख अनिल सेन ठकुरीले समाचार लेखेको भन्दै पत्रकार प्रमोद रिजाललाई गालिगलोज गरेको रिजालले बताएका छन।

27/09/2023

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका १४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

हार्दिक बधाईकुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय ...
27/09/2023

हार्दिक बधाई
कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियालाई ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको छ ।

चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे ।

यो टि२० इतिहासकै उच्च योगफल हो । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् ।

यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा , दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक हानेका थिए ।

त्यस्तै नेपालका दीपेन्द्र सिंह ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । उनले ९ बलमै अर्धशतक प्रहार गरे । यसअघि टी–२० मा सर्वाधिक छिटो अर्धशतक भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इंग्ल्यान्डसँगको खेलमा १२ बलमा पूरा गरेका थिए ।

ऐरीले अन्तर्राष्ट्रिय कुनै पनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । उनले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हाने ।

sad news😥बर्दिया बारबर्दिया-७, रम्मापुरमा बाढी गाऊमा पसेको खबर प्राप्त !!!
14/08/2023

sad news😥
बर्दिया बारबर्दिया-७, रम्मापुरमा बाढी गाऊमा पसेको खबर प्राप्त !!!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when News today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News today:

Share