Khalipati

Khalipati News as it happens. Fast, factual, fair.

अमेरिका र इरानबीच बढ्दो सैन्य तनावसँगै पश्चिम एसियाको अवस्था थप तनावपूर्ण बनेको छ। इरानले अमेरिकी सैन्य आधारमा मिसाइल र ...
02/09/2026

अमेरिका र इरानबीच बढ्दो सैन्य तनावसँगै पश्चिम एसियाको अवस्था थप तनावपूर्ण बनेको छ। इरानले अमेरिकी सैन्य आधारमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गर्दै आक्रमण जारी राख्ने चेतावनी दिएको छ।

यसैबीच, युद्धको प्रभाव विश्वव्यापी तेल आपूर्तिमा पर्न सक्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। ब्रेन्ट क्रुड ०.९२ प्रतिशत बढेर प्रति ब्यारेल ९५.५२ डलर र WTI ०.८९ प्रतिशत बढेर ९१.०२ डलर पुगेको छ। बहराइनले पनि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सतर्कता बढाएको छ।

❓ अमेरिका–इरान तनाव अझै बढ्दै गए विश्व अर्थतन्त्र र नेपालजस्ता आयातमा निर्भर देशमा कस्तो असर पर्ला ?

स्रोत: रासस/रातोपाटी

02/09/2026

केपी ओलीबारे पछिल्लो परिस्थितिबारे डा. सुन्दरमणि दीक्षितले राखे यस्तो धारणा !

02/09/2026

बालेन सरकारको कामकारबाहीप्रति झलनाथ खनालको यस्तो कडा टिप्पणी, उहाँले के भन्न खोज्नुभएको हो?

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोका कारण एलपी ग्यास आपूर्तिमा समस्या भएपछि नेपाल आयल निगमले तराईका ग्यास उद्...
02/09/2026

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोका कारण एलपी ग्यास आपूर्तिमा समस्या भएपछि नेपाल आयल निगमले तराईका ग्यास उद्योगलाई जुनसुकै ब्रान्डका सिलिन्डरमा ग्यास भरेर काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा पठाउन निर्देशन दिएको छ।

निगमले सम्बन्धित उद्योगलाई आफ्नो ब्रान्डबाहेक अन्य कम्पनीका सिलिन्डरमा समेत ग्यास रिफिल गरी वैकल्पिक सडकमार्फत आपूर्ति गर्न निर्देशन दिएको हो।

निगमको निर्देशनपछि हेटौँडास्थित साहारा ग्यास उद्योगले एभरेस्ट र सुगम ब्रान्डका सिलिन्डरमा ग्यास भरेर काठमाडौं पठाएको छ। त्यस्तै, नेपाल ग्यासले चितवन र धनुषास्थित प्लान्टबाट तथा सगर ग्यासले नवलपरासीस्थित चण्डेश्वरी प्लान्टबाट ग्यास भर्न थालेका छन्।

कृष्णभिरको बाटो सञ्चालनमा नआउन्जेल वैकल्पिक मार्गबाट काठमाडौंमा एलपी ग्यासको आपूर्ति सहज बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो।

अन्य ब्रान्डका सिलिन्डरमा ग्यास भर्दा उत्पन्न हुने सुरक्षा जोखिम र थप लागत सम्बन्धित उद्योगले नै व्यहोर्नुपर्ने निगमले जनाएको छ।

स्रोत: नेपाल आयल निगम / समाचार विवरण

#एलपीग्यास #ग्यासआपूर्ति #नेपालआयलनिगम #काठमाडौं #कृष्णभिर

भोटेकोशी बाढी र जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्व समुदायलाई जानकारी गराउँदै जलवायु न्यायको माग राख्न प्रधान...
02/09/2026

भोटेकोशी बाढी र जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्व समुदायलाई जानकारी गराउँदै जलवायु न्यायको माग राख्न प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा पठाउने विषयमा उच्चस्तरीय छलफल सुरु भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेसहितको बैठकमा पनि प्रधानमन्त्री आफैँ महासभामा जानुपर्ने आवाज उठेको बताइएको छ।

⚠️ तर प्रधानमन्त्री जानेबारे अन्तिम निर्णय भने भइसकेको छैन।

01/09/2026

ज्ञानेन्द्र शाहीको दाबी— “सुरुङभित्र पावर हाउस रहेछ, त्यहाँ अहिले पनि मानिस जीवित हुन सक्छन् !”

बाढी प्रभावित क्षेत्रमा सैनिक पोशाकजस्तै देखिने ‘चुस्ता’ लगाएर खटिएको ‘ग्रीन आर्मी’ देखिएपछि सामाजिक सञ्जालमा विभिन्न प्...
01/09/2026

बाढी प्रभावित क्षेत्रमा सैनिक पोशाकजस्तै देखिने ‘चुस्ता’ लगाएर खटिएको ‘ग्रीन आर्मी’ देखिएपछि सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेका थिए।

तर, संस्थाका संस्थापक अध्यक्ष सविन शर्माका अनुसार ‘ग्रीन आर्मी’ कुनै सैन्य संगठन होइन। यो वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा काम गर्ने वैधानिक सामाजिक संस्था हो।

उनका अनुसार संस्थाको पोशाकलाई गृह मन्त्रालय, रक्षा मन्त्रालय र नेपाली सेनाको सहमतिपछि २०७८ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो। पोशाकमा रहेको रुखको पातको लोगोले वातावरण संरक्षणको सन्देश दिने संस्थाको दाबी छ।

‘ग्रीन आर्मी’ले के गर्छ?

🌱 वातावरण संरक्षण तथा वृक्षारोपण
🚨 विपद् व्यवस्थापन तथा उद्धार
🧹 सरसफाइ अभियान
👦 विद्यालयका विद्यार्थीलाई इको क्लबमार्फत तालिम
🪖 अवकाशप्राप्त सुरक्षा प्रशिक्षकमार्फत अनुशासन, ड्रिल र विपद् व्यवस्थापन प्रशिक्षण

संस्थाका अनुसार देशभर हजारौँ जुनियर क्याडेट आबद्ध छन् र विपद्का बेला स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर काम गर्दै आएका छन्।

तर सैनिक पोशाकसँग मिल्दोजुल्दो पोशाक प्रयोगबारे तपाईंलाई के लाग्छ? 🤔

अस्ट्रेलियामा आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैव...
01/09/2026

अस्ट्रेलियामा आयोजित ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गरेका छन्।

बाढीपीडितको सहयोगका लागि हमालले देखाएको यो कदमलाई तपाईं कसरी हेर्नुहुन्छ?

01/09/2026

दुर्गा प्रसाईंको तर्क कस्तो लाग्यो? उहाँले के भन्न खोज्नुभएको हो?

01/09/2026

रसुवा बाढीपीडितको अवस्था बुझेर फर्किएपछि गगन थापालाई अगाडि राखेरै बोले भीष्मराज आङ्देम्बे—खोले यस्तो गम्भीर कुरा !
बाढी प्रभावित क्षेत्रको अवस्थाबारे भीष्मराज आङ्देम्बेको भनाइ के थियो? उहाँकै मुखबाट सुन्नुहोस्।

Address

Kalanki
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Khalipati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khalipati:

Shortcuts

Share