Journalist Abhimanu Patel

Journalist Abhimanu Patel journalist

03/11/2025

फतुवा विजयपुर नगरपालिकामा टावर लाइट जडान कार्यको भुक्तानी प्रक्रियामा अनियमितता भएको आरोप लगाइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत यादव, लेखापाल कामेश्वर सहनी, इन्जिनियर मो. फिरोज आलम र जिन्सी हरेन्द्र यादवले ३० प्रतिशत कमिशन नपाएको कारण देखाउँदै भुक्तानी रोकेको आरोप सप्लायर्स ललित श्रीवास्तवले लगाएका छन्।

02/11/2025

नेपाल मधेस प्रदेश सप्तरी जिल्लाको बोधे वर्षैन नगरपालिका शब्रन पट्टीमा समातेको बाइन्ड मुङ्ग्रे माछा एक कुन्टल रहेको थिए।

मेयर पदको तयारीसँगै जनताको घरदैलोमा यादव, परिवर्तनका नारा गाउँगाउँमा गुञ्जियोअभिमनु पटेल, रौतहट, १५ कार्तिक । देशमा भइरह...
01/11/2025

मेयर पदको तयारीसँगै जनताको घरदैलोमा यादव, परिवर्तनका नारा गाउँगाउँमा गुञ्जियो

अभिमनु पटेल, रौतहट, १५ कार्तिक । देशमा भइरहेको राजनीतिक संक्रमण र स्थानीय तहको शक्तिशाली व्यवस्थासँगै अब नेतृत्वमा नयाँ पुस्ताको आगमन अपरिहार्य भएको चर्चा चलिरहेको बेला, रौतहटको परोहा नगरपालिका पनि राजनीतिक गतिविधिमा तातिन थालेको छ।

नेकपा माओवादी केन्द्रबाट परोहा नगरपालिका वडा नं. ४ लौकाहाका दुईपटकका वडाअध्यक्ष पदका प्रत्याशी रहिसकेका अमिन्द्र प्र. यादवले यसपालि २०८४ सालको स्थानीय तहको निर्वाचनमा मेयर पदको लागि औपचारिक तयारी सुरु गरेको घोषणा गरेका छन्।

२०७९ सालको स्थानीय निर्वाचनमा वडास्तरमै दोस्रो स्थान हासिल गरेका यादव त्यसयता जनताको बीचमा निरन्तर सम्पर्कमा रहेर उनीहरूको समस्याहरू सुन्दै आएका छन्। अहिले वडा नं. १ देखि ९ सम्मका जनप्रतिनिधि, युवा, महिला, किसान, व्यापारीदेखि सर्वसाधारण नागरिकहरूसँग नियमित भेटघाट गर्दै यादवले अबको नेतृत्व पारदर्शी, जवाफदेही र जनमुखी हुनुपर्छ भन्ने सन्देश फैलाइरहेका छन्।

मैले विगत पाँच वर्ष जनताको भावना नजिकबाट बुझें, जनताले परिवर्तन खोजेका छन्। भ्रष्टाचार, नातावाद र असमानताको अन्त्य गरेर सुशासनको शुरुवात गर्नुपर्छ, यादवले एक कार्यक्रममा भने।

भ्रष्टाचार र नातावादविरुद्ध कडा अभिव्यक्ति यादवले हालको नगर नेतृत्वमाथि गम्भीर आरोप लगाउँदै भने, परोहा नपा अहिले हात्तीको जस्तो ठूला कुरा गर्ने तर सुइँ सुइँ गरेर भ्रष्टाचार गर्ने केन्द्र बनेको छ।
उनका अनुसार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विद्युत, सडक, नाला लगायतका अधिकांश विकास योजनामा पार्टीगत नातावाद, ठेकेदारको चलखेल र बजेटको हेरफेर व्याप्त छ।

नगरमा भएका अधिकांश टेन्डर नेपाली कांग्रेस नजिकका ठेकेदार र निर्माण कम्पनीले मात्रै पाएका छन्। कर्मचारीदेखि मेयरसम्म मिलोमतोमा ठेक्का बाँडफाँट हुने गरेको छ, यादवले आरोप लगाए।
उनले थपे, करार शिक्षक, कर्मचारी, नगर प्रहरी, सवारी चालक, राहत वितरणदेखि कृषि बोरिङ, बीउ-बिजन कार्यक्रम सम्ममा नातावाद र कृपावादको जालो रहेको छ, जसले सच्चा नागरिकलाई अधिकारबाट वञ्चित बनाएको छ।

नेतृत्वको खाली ठाउँ र नयाँ विकल्पको उदय परोहा नगरपालिका १८ वटा स्थानीय तहमध्ये एउटा सक्रिय नगरपालिकाको रूपमा परिचित छ। यहाँको नेतृत्व विगत दुई कार्यकालदेखि नेपाली कांग्रेसको हातमा रहँदै आएको छ।
संविधान अनुसार एकै व्यक्ति लगातार दुई कार्यकाल मेयर रहिसकेपछि तेस्रोपटक उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था भएकाले हालका मेयर शेख वकिल अब प्रदेशसभा वा संघीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको चर्चा छ।

त्यसैले, यस पटकको निर्वाचनमा नयाँ पुस्ताको उम्मेदवारीले प्रतिस्पर्धालाई अझ रोचक बनाउने अनुमान गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यादवजस्ता सक्रिय युवा र गाउँस्तरबाट उठेका जनमुखी नेताहरूले स्थानीय राजनीतिमा नयाँ ऊर्जा ल्याउन सक्छन्।

राष्ट्रिय राजनीतिक सन्दर्भमा परोहा रौतहट नेपालको राजनीतिक रूपमा अत्यन्त संवेदनशील जिल्लामध्ये पर्दछ। यहाँको मतदाता संरचना जातीय, धार्मिक र आर्थिक विविधतामा आधारित रहेको छ, जसले हरेक निर्वाचनलाई राष्ट्रिय दलहरूको परीक्षाको रूपमा बदल्ने गर्छ।
स्थानीय चुनावले राष्ट्रिय सन्देश दिने भएकाले परोहाको परिणामले पनि माओवादी केन्द्र, नेपाली कांग्रेस र अन्य दलहरूको संगठनात्मक बल र जनविश्वासको सूचक बन्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरिरहेका छन्।

यादवले भनेका छन् हामी अब आन्दोलन होइन, परिणामका राजनीतिमा जानेछौं। युवाको नेतृत्व र जनताको विश्वासले मात्र स्थानीय विकास सम्भव छ। उनले आगामी दिनमा सबै वडाहरूमा ‘परिवर्तनका लागि घरदैलो अभियान’ सञ्चालन गर्ने र नगरको दीर्घकालीन विकास योजना सहित विस्तृत घोषणापत्र सार्वजनिक गर्ने तयारी समेत गरेका छन्।

01/11/2025

प्रचण्ड माधवको पार्टी एकता धरापमा जनार्दनले प्रचण्डलाई यस्तो चेतावनी दिएर हिडे

01/11/2025

रौतहट : बेमौसमी वर्षा र बाढीका कारण रौतहटका किसानको महिनौँको मेहनत एकैछिनमा नष्ट भएको छ। घर भित्र्याउने तयारीमा .....

Kulman Ghising says, "जब देश अन्धकारमा डुबेको थियो, आम नागरिक लोडसेडिङको पीडामा थिए, त्यतिबेला केही ठूला उद्योगहरूले डेड...
01/11/2025

Kulman Ghising says, "जब देश अन्धकारमा डुबेको थियो, आम नागरिक लोडसेडिङको पीडामा थिए, त्यतिबेला केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेर विद्युत् आपूर्ति पाएका थिए । तर, आजसम्म पनि उनीहरूले त्यसबापतको प्रिमियम महसुल बुझाएका छैनन् । नियमित बिल तिरे पनि प्रिमियम महसुलको बक्यौता तिर्न नमान्दा, नेपाल विद्युत प्राधिकरणले कानुनबमोजिम लाइन का ट्न बाध्य भएको हो...। यदि बक्यौता नतिर्ने चलन बस्यो भने, भोलि अन्य ग्राहकहरूले पनि तिर्न छोडे भने कसले जिम्मा लिने....? प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गरेर बक्यौता रकम बुझाउन सबै उद्योगी–व्यवसायी मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु ।"

रौतहटमा बेमौसमी वर्षा र बाढीले किसानको सपना डुबायो, मेहनत खरानीमारौतहट,१५ कार्तिक । बेमौसमी वर्षा र बाढीले रौतहटका किसान...
01/11/2025

रौतहटमा बेमौसमी वर्षा र बाढीले किसानको सपना डुबायो, मेहनत खरानीमा

रौतहट,१५ कार्तिक । बेमौसमी वर्षा र बाढीले रौतहटका किसानको महिनौँको मेहनत एकछिनमै बगाएको छ। खेतभरी पाकेर घर भित्र्याउने तयारीमा रहेको धानबाली अहिले पानीमा डुबेर सड्ने अवस्थामा पुगेको छ।

वर्षा सुरु हुनुअघि नै किसानले दिनरात मेहनत गरी खेतमा बिजुली मोटर चलाउँदै, महँगा बीउ, मल र श्रमिकको खर्च व्यहोरेर धानबाली उब्जाएका थिए। तर, धान बाली भित्र्याउने बेलामा परेको अविरल वर्षा र बाढीले सबै मेहनत नष्ट गरिदिएको छ।

किसानहरू भन्छन्, देशमा सडक, भवन र सिँचाइ परियोजनाको विकास भइरहेको छ, तर कृषि क्षेत्रमा कुनै सरकारले हाम्रो दुःख बुझेन। समयमै मल, बीउ र सिँचाइ सुविधा नपाएर पनि जसोतसो धान उब्जायौँ, तर अन्त्यमा पानीले सबै बगायो।

यस वर्ष रौतहटमा मात्रै दर्जनौँ किसानको मृत्यु भएको छ। अधिकांश किसानहरू धानमा सिँचाइका लागि बिजुली मोटर चलाउँदा करेन्ट लागेर ज्यान गुमाएका हुन्। दुःखद कुरा त, यस्ता घटनाको रोकथामका लागि सम्बन्धित निकायले कुनै ठोस कदम चालेको छैन।

रौतहटसँगै पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी लगायतका तराई-मधेशका जिल्लाहरूमा समेत किसानको मेहनत पानीमै बगेको छ। हजारौं बिगाहा खेतमा लगाइएको पाकेको धान बाढी र वर्षाले नष्ट भएपछि किसानहरू अहिले असहाय र पीडित बनेका छन्।

किसानहरूको आवाजमा आक्रोश र बेदना झल्किन्छ, हामी दिनरात खेतमा पसिना बगाउँछौं, तर हाम्रो श्रमको मूल्य न सरकारले बुझ्छ न बजारले। वर्षा आयो, बाढी आयो, अनि हाम्रो सपना फेरि भत्कियो।

बेमौसमी वर्षा र प्राकृतिक प्रकोपको मारले यो वर्ष रौतहटका किसानका लागि दुःख, ऋण र निराशाको वर्ष बनेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बाट गएका पुराना नेता/कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरेका छन्।
01/11/2025

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बाट गएका पुराना नेता/कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरेका छन्।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-३ स्थित बुढानीलकण्ठ नारायणस्थान मन्दिरमा शनिबार हरिबोधिनी एकादशीका दिन पूजाअर्चना तथा द...
01/11/2025

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-३ स्थित बुढानीलकण्ठ नारायणस्थान मन्दिरमा शनिबार हरिबोधिनी एकादशीका दिन पूजाअर्चना तथा दर्शन गर्न बर्सातमा छाता ओढेर लामबद्ध भक्तजन ।

आज ठुलो एकादशी अर्थात तुलसीको बिहे गर्ने दिन । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास ...
01/11/2025

आज ठुलो एकादशी अर्थात तुलसीको बिहे गर्ने दिन । हरिशयनी एकादशीबाट चीर निद्रामा सुत्नुभएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ । ❤️

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ भने अहिले भेन्टिलेटरमा उपचार चलिरहेको छ।
31/10/2025

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ भने अहिले भेन्टिलेटरमा उपचार चलिरहेको छ।

काठमाडौँमा सार्वजनिक जग्गा हडपेर बसेकालाई ७ दिन भित्रमा ती संरचना हटाएर खाली गर्न निर्देशन दिइएको छ । ७ दिन भित्र खाली न...
31/10/2025

काठमाडौँमा सार्वजनिक जग्गा हडपेर बसेकालाई ७ दिन भित्रमा ती संरचना हटाएर खाली गर्न निर्देशन दिइएको छ । ७ दिन भित्र खाली नगरे कारबाही गरिने बताइएको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Journalist Abhimanu Patel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Journalist Abhimanu Patel:

Share