Nepal Health Press

Nepal Health Press Official page of www.nepalhealthpress.com A news portal to your daily health related news

एकपटक स्तन क्यान्सर निको भएका महिलामा दोस्रो स्तनमा पनि क्यान्सर हुने जोखिम कति रहन्छ? प्रतिष्ठित 'नेचर' जर्नलमा नेपाली ...
08/06/2026

एकपटक स्तन क्यान्सर निको भएका महिलामा दोस्रो स्तनमा पनि क्यान्सर हुने जोखिम कति रहन्छ? प्रतिष्ठित 'नेचर' जर्नलमा नेपाली चिकित्सक डा. सिद्धार्थ यादव सम्मिलित टोलीको महत्त्वपूर्ण अनुसन्धान प्रकाशित भएको छ। पूरा समाचार लिङ्कमा हेर्नुहोस्। 👇
https://www.nepalhealthpress.com/study-research/13781/
#नेपालहेल्थप्रेस , , , , , , #स्तन_क्यान्सर, #डा_सिद्धार्थ_यादव, #नेचर_जर्नल, #मेयो_क्लिनिक, #स्वास्थ्य_अनुसन्धान, #क्यान्सरको_जोखिम, #वंशाणुगत_क्यान्सर Siddhartha Yadav Mayo Clinic

काठमाडौँ – स्तन क्यान्सर निको भएका महिलाहरूमा पुनः अर्को स्तनमा पनि क्यान्सर (कन्ट्राल्याटरल ब्रेस्ट क्यान्सर) ....

डन्डीफोरको महँगो उपचारबाट हैरान हुनुहुन्छ? अब झन्डै आधा खर्चमै डन्डीफोर निको हुने नयाँ उपाय पत्ता लागेको छ। चिकित्सा विज...
07/06/2026

डन्डीफोरको महँगो उपचारबाट हैरान हुनुहुन्छ? अब झन्डै आधा खर्चमै डन्डीफोर निको हुने नयाँ उपाय पत्ता लागेको छ। चिकित्सा विज्ञानको यो नयाँ अध्ययन हेर्नुहोस्। पूरा समाचार लिंकमा: 👇
https://www.nepalhealthpress.com/skin-beauty/13773/
#नेपालहेल्थप्रेस ​ #डन्डीफोरउपचार #स्वास्थ्यसमाचार #त्वचास्वास्थ्य

नयाँ दिल्ली (ब्युरो) – मध्यम स्तरको डन्डीफोर अर्थात पिम्पल (ग्रेड–२ एक्ने भल्गारिस) बाट पीडित बिरामीका लागि एउटा ख...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेजिडेन्ट डाक्टरहरू सातामा औसत ९८ घण्टा सम्म काम गर्छन्। कोही त हप्तामा १४५ घण्टासम...
06/06/2026

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेजिडेन्ट डाक्टरहरू सातामा औसत ९८ घण्टा सम्म काम गर्छन्। कोही त हप्तामा १४५ घण्टासम्म ड्युटीमा खटिन बाध्य छन।​नेपाल मेडिकल एसोसिएसनको स्मारिकामा प्रकाशित डा. राजेन्द्र घिमिरेको अध्ययनले चिकित्सा क्षेत्रको एउटा अध्यारो पाटो उजागर गरेको छ । 🚨 ४१.९% चिकित्सक मात्र स्टाइपेन्डमा सन्तुष्ट।🚨 २९% चिकित्सकले कार्यस्थलमै हिंसा र दुर्व्यवहार भोगेका।🚨 प्रसूति र शल्यक्रिया विभागका डाक्टरहरूमा बर्नआउटको मात्रा सबैभन्दा उच्च। ​चौबीसै घण्टा थकित हुने डाक्टरबाट बिरामीले कस्तो सेवा पाउलान? यो स्वास्थ्य क्षेत्रको संवेदनशील संरचनात्मक सुधारको घण्टी हो। पूरा रिपोर्ट पढ्न तलको लिङ्कमा जानुहोस।👇
https://www.nepalhealthpress.com/study-research/13768/
#नेपालहेल्थप्रेस #नेपालस्वास्थ्य #रेजिडेन्टडाक्टर #बर्नआउट #पोखरास्वास्थ्यविज्ञानप्रतिष्ठान #चिकित्सकअसुरक्षा #नेपालमेडिकलएसोसिएसन #स्वास्थ्यनीति

पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा कार्यरत आवासीय चिकित्सकहरू सातामा औसत ९८ घण्टा सम्म काम गर्न बाध्य ...

आन्द्रा र पेटको क्यान्सरको परीक्षण छुट्टाछुट्टै गर्नुभन्दा एउटै प्याकेजमा सँगै गर्दा उपचार खर्च ५ गुणासम्म जोगिने 'जामा'...
05/06/2026

आन्द्रा र पेटको क्यान्सरको परीक्षण छुट्टाछुट्टै गर्नुभन्दा एउटै प्याकेजमा सँगै गर्दा उपचार खर्च ५ गुणासम्म जोगिने 'जामा' को नयाँ अध्ययनले देखाएको छ। नेपाल जस्तो एच. पाइलोरीको उच्च सङ्क्रमण भएको देशका लागि यो विधि निकै महत्त्वपूर्ण हुन सक्छ। पूरा समाचार लिंकमा पढ्नुहोस👇
https://www.nepalhealthpress.com/study-research/13764/
#नेपालहेल्थप्रेस #पेटको_क्यान्सर

काठमाडौँ- आन्द्रा र पेटको क्यान्सरको परीक्षण छुट्टाछुट्टै गर्नु भन्दा एउटै प्याकेजमा सँगै गर्दा बिरामीको ज्यान...

डब्लुएचओको नयाँ प्रतिवेदन: 🚨 असुरक्षित खानाले वर्षमा १५ लाखको मृत्यु, ८६ करोड ६० लाख बिरामी 👶 ५ वर्षमुनिका बालबालिका उच्...
04/06/2026

डब्लुएचओको नयाँ प्रतिवेदन: 🚨 असुरक्षित खानाले वर्षमा १५ लाखको मृत्यु, ८६ करोड ६० लाख बिरामी 👶 ५ वर्षमुनिका बालबालिका उच्च जोखिममा, मस्तिष्क विकासमा समेत असर 🧪 ७३% मृत्युको कारण रासायनिक जोखिम (सिसा र आर्सेनिक) 💼 वार्षिक ४७ खरब ४५ अरब रुपैयाँ (३१० अर्ब डलर) को उत्पादकत्व नोक्सान । ​जलवायु परिवर्तनले यो संकट थप बढाउँदैछ। पूरा विवरण जान्न तल दिएको समाचार को लिङ्क क्लिक गर्नुस ।
https://www.nepalhealthpress.com/health-news/13760/
#नेपालहेल्थप्रेस #स्वास्थ्य #खाद्यसुरक्षा #डब्लुएचओ #जनस्वास्थ्य #नेपालनेपाली World Health Organization Nepal World Health Organization South-East Asia Region - WHO SEARO World Health Organization (WHO) Ministry of Health and Population-Nepal PMO Nepal B***n Nepal Health Research Council Nepal Medical Association

काठमाडौँ – विश्वभर असुरक्षित खानाका कारण हरेक वर्ष करिब ८६ करोड ६० लाख मानिस बिरामी पर्ने र १५ लाखको मृत्यु हुने ग...

🚨 बैंकिङ कसूरमा जानकी मेडिकल कलेज, जनकपुरका सञ्चालक ओमप्रसाद पाण्डे पक्राउ! 🚨 कृत्रिम व्यवसाय र शेल कम्पनी खडा गरी बैंकक...
03/06/2026

🚨 बैंकिङ कसूरमा जानकी मेडिकल कलेज, जनकपुरका सञ्चालक ओमप्रसाद पाण्डे पक्राउ! 🚨 कृत्रिम व्यवसाय र शेल कम्पनी खडा गरी बैंकको कर्जा बदनियतपूर्वक दुरुपयोग गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ओमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ। महोत्तरीमा दर्ता रहेको 'इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि' मार्फत उनले प्रभु बैंकबाट ठुलो रकम कर्जा लिएका थिए। अनुसन्धानका क्रममा उक्त कर्जाको कुनै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएको र धितोको समेत अस्वाभाविक रूपमा उच्च मूल्याङ्कन गरिएको पाइएको छ। उच्च अदालत पाटनको पक्राउ पुर्जी अनुमति पछि सीआईबीले उनलाई धनुषाको रमदैया स्थित कलेजकै प्राङ्गणबाट बिहीबार समातेको हो। उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको छ। समाचारको पूर्ण विवरण पढ्न तलको लिंकमा क्लिक गर्नुहोला👇
https://www.nepalhealthpress.com/health-news/13754/
#नेपालहेल्थप्रेस #ओमप्रसादपाण्डे #जानकीमेडिकलकलेज #सीआईबी #बैंकिङकसूर #नेपालसमाचार

काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली (शेल) कम्पनी र कृत्रिम व्यवसाय खडा गरी प्रभु बैंकको करोडौ...

प्रकृतिमा फेरि एउटा ठुलो परिवर्तन देखिँदैछ, जसले हामी सबैको जनजीवन प्रभावित पार्न सक्छ। डब्लुएमओले जारी गरेको पछिल्लो प्...
03/06/2026

प्रकृतिमा फेरि एउटा ठुलो परिवर्तन देखिँदैछ, जसले हामी सबैको जनजीवन प्रभावित पार्न सक्छ। डब्लुएमओले जारी गरेको पछिल्लो प्रतिवेदन अनुसार प्रशान्त महासागरको सतहको तापक्रम औसत भन्दा ६ डिग्री सेल्सियससम्म बढेको छ। यसले 'एल निन्यो' सक्रिय गराउँदैछ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसलाई 'हाम्रो ढोकामै आइपुगेको संकट' भनेका छन। यस वर्ष दक्षिण एसिया (जसमा नेपाल पनि पर्छ) मा औसत भन्दा कम मनसुन वर्षा हुने र अत्यधिक गर्मी बढ्ने प्रक्षेपण गरिएको छ। हामी जलवायु संकटको कस्तो मोडमा छौँ ? तलको लिंकमा क्लिक गरी विस्तृत रिपोर्ट पढ्नुहोस।👇
https://www.nepalhealthpress.com/health-news/13750/
#नेपालहेल्थप्रेस िन्यो #डब्लुएमओ #मौसम_पूर्वानुमान िन्यो, #मौसम_चेतावनी, #डब्लुएमओ, #जलवायु_परिवर्तन, #खडेरी_र_बाढी, #मौसम_पूर्वानुमान

काठमाडौँ- प्रशान्त महासागरको उष्णकटिबन्धीय क्षेत्रमा समुद्री सतह असामान्य रूपमा तातिँदै गएसँगै विश्वभर तापक्.....

श्रम ऐन अनुसार हप्ताको एक दिन बिदा र सरकारी मापदण्ड अनुसार ४८,७३७ रुपैयाँ आधारभूत तलब पाउनुपर्ने माग गर्दै बीपी प्रतिष्ठ...
02/06/2026

श्रम ऐन अनुसार हप्ताको एक दिन बिदा र सरकारी मापदण्ड अनुसार ४८,७३७ रुपैयाँ आधारभूत तलब पाउनुपर्ने माग गर्दै बीपी प्रतिष्ठान धरानका हाउस अफिसरहरू आन्दोलित भएका छन। ​हाल प्रशासनले ३४,५०० रुपैयाँ मात्र दिँदै आएको र पटक-पटकका मागहरूलाई बेवास्ता गरेको उनीहरूको आरोप छ। जेठ २१ गतेभित्र माग सम्बोधन नभए २२ गतेदेखि 'पेन डाउन' गर्ने चेतावनी दिइएको छ। अस्पताल सेवा प्रभावित भएमा यसको जिम्मेवार प्रशासन नै हुने उनीहरूले बताएका छन । ​थप विवरण लिंकमा👇
https://www.nepalhealthpress.com/health-news/13746/
​ #बीपी_प्रतिष्ठान #हाउस_अफिसर #स्वास्थ्य_समाचार #धरान Ministry of Health and Population-Nepal PMO Nepal B***n Nepal Medical Association World Medical Association - WMA Nisha Mehta

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत हाउस अफिसर (एमबिबिएस गरेका डाक्टर) हरूले सरकारी...

तपाईँ कति उचाइमा बस्नुहुन्छ भन्ने कुराले तपाईँको रक्तचापलाई असर गरिरहेको हुन सक्छ। चीनको सिनजियाङमा ५० हजारभन्दा बढी वृद...
02/06/2026

तपाईँ कति उचाइमा बस्नुहुन्छ भन्ने कुराले तपाईँको रक्तचापलाई असर गरिरहेको हुन सक्छ। चीनको सिनजियाङमा ५० हजारभन्दा बढी वृद्धवृद्धामा गरिएको एक नयाँ अध्ययनले उचाइ घट्दै जाँदा उच्च रक्तचापको जोखिम तीव्र रूपमा बढ्ने देखाएको छ। धूमपान, मधुमेह वा मदिरा सेवन नगर्नेहरूमा समेत यो प्रवृत्ति समान देखिएको छ। चिकित्सा जर्नल 'बिएमजे ओपेन' मा प्रकाशित यो रोचक र महत्त्वपूर्ण अध्ययनको पूर्ण विवरण तलको लिङ्कमा पढ्नुहोस्।👇
https://www.nepalhealthpress.com/study-research/13742/
#नेपालहेल्थप्रेस #नेपालस्वास्थ्य #उच्चरक्तचाप

काठमाडौं – समुद्र सतहदेखि कम उचाइ अर्थात होचो भूभागमा बसोबास गर्ने वृद्धवृद्धाहरूमा उच्च रक्तचाप (हाइपरटेन्सन) ....

नेपाल चिकित्सक संघको नेतृत्व अब डा. बद्री रिजालको हातमा पुगेको छ।चितवनमा आयोजित राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका बीच न...
31/05/2026

नेपाल चिकित्सक संघको नेतृत्व अब डा. बद्री रिजालको हातमा पुगेको छ।चितवनमा आयोजित राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका बीच नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ। नयाँ टोली मा को को छन? विस्तृत समाचार पढ्नुहोस👇
https://www.nepalhealthpress.com/health-news/13736/

#नेपालचिकित्सकसंघ #डा_बद्री_रिजाल #स्वास्थ्यसमाचार #चिकित्सकसम्मेलन #राष्ट्रियस्वास्थ्यशिखरसम्मेलन #चितवन #स्वास्थ्यनीति
#चिकित्सकनेतृत्व #नेपालस्वास्थ्य #स्वास्थ्यक्षेत्र

चितवन – नेपाल चिकित्सक संघको पाँचौँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन तथा ३०औँ अखिल नेपाल चिकित्सक सम्मेलन को दो....

Address

Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Health Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Health Press:

Share