15/04/2024
1st Nepal International Children Film Festival
20-29 November 2024
प्रेस विज्ञप्ति – २०८१/०१/०३
सम्पूर्ण नेपाली बालबालिका, अभिभावक, कलाप्रेमी तथा सञ्चारकर्मीहरु,
नमस्कार, अभिवादन साथै नयाँ वर्ष २०८१ र विश्व कला दिवसको शुभकामना !
आज मिति २०८१ वैशाख ३ गते तदनानुसार २०२४ अप्रिल १५, विश्व कला दिवसको दिन ‘बालबालिकाका लागि चलचित्र’ अभियानका साथ स्थापना भएको एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) पहिलो ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’को घोषणा गर्दछ ।
घोषणा
नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव
‘अभिभावक र नानीबाबु सँगसँगै’ महोत्सव लोगो सार्वजनिक
‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने आशयका साथ कलाकारहरु दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्दै महोत्सव घोषणा भएको हो । ८ वर्षीय कलाकार प्रसन राई नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को मुख्य कलाकारहरुमध्ये एक हुनुहुन्छ ।
महोत्सव हुने मिति
२०८१ मंसिर ५ देखि १४ गतेसम्म (नोभेम्बर २०–२९, २०२४)
नोभेम्बर २०– अन्तर्राष्ट्रिय बालदिवसको दिन उदघाटन
महोत्सव स्थान
काठमाडौं
नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सवभित्र
– विशेषतः ३ देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षक लक्षित १० दिने पहिलो नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव ।
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल–चलचित्र प्रदर्शन ।
– १८ वर्षभन्दा मुनिका फिल्म निर्माता (योङ्ग फिल्म मेकर)को फिल्म प्रतियोगिता तथा कार्यशाला
– बाल–चलचित्रबारे तथा यसले बालबालिका र समाजमा पार्ने प्रभावबारे सरोकारवालाहरुसँग छलफल÷अन्तक्र्रिया ।
– बालबालिकाको कला तथा बाल–पुस्तक प्रदर्शनी ।
– बालबालिकाको सहभागिता र संग्लनतामा चलचित्रकर्मीसँग छलफल ।
– निर्णायक (जुरी)को रुपमा बालबालिका समावेश तथा सहभागिता ।
बालबालिकाका लागि चलचित्र किन महत्वपूर्ण छ ?
चलचित्र बालबालिकालाई संस्कृति, समाज, शिक्षासँग जोड्न सक्ने विभिन्न कला मिश्रित माध्यम हो । यसले बालबालिकालाई यी विविध पाटोबाट सघाउन सक्दछ –
– दृश्यहरुले बालबालिकालाई कल्पना गर्न सघाउदै अवधारणा बनाउन मदत गर्दछ ।
– तुलना तथा विश्लेषण गर्न सक्ने क्षमता बढाउँछ ।
– रचनात्मक सोचको विकास गर्दछ ।
– विभिन्न सामाजिक, साँस्कृतिक, राजनीतिक मूल्यहरु बुझ्न मदत गर्दछ ।
– विभिन्न सम्बन्धहरु थप बलियो बनाउन सघाउँछ ।
– बालबालिकामा सीपहरु विकास गर्न, दीर्घकालिन सम्झनाहरु निर्माण गर्न, ध्यान केन्द्रित गर्न, वस्तुगत तर्कहरु राख्न, हेर्ने र सुन्ने प्रक्रियालाई चलचित्रले उल्लेखनीय भूमिका खेल्न सक्छ ।
साथै
– चलचित्रले बालबाबलिकाको व्यक्तित्व विकासमा मदत गर्दछ ।
– चलचित्रको माध्यमबाट विश्व समाज र संस्कृतिसँग साक्षात्कार गराउँदछ ।
– बालबालिका र अभिभावकबीच दूरी घटाउन र सामिप्यता सिर्जना गर्न सशक्त माध्यम बन्नसक्छ ।
– चलचित्रले बालबालिकालाई असल र जिम्मेवार बन्न उत्तिकै मदत गर्दछ ।
आयोजक एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) बारे
एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)को ‘बालबालिकाका लागि चलचित्र’को वातावरण सिर्जना गर्ने लक्ष्यसहित वि.सं.२०६९ (सन् २०१३)मा स्थापना भएको हो । जसमा चलचित्रकला मार्फत बालबालिकाको वैयक्तिक र व्यक्तित्व विकासमा सघाउने तथा चलचित्रमा बालबालिकाको विभिन्न सहभागितामार्फत् नेपाली चलचित्रको भविष्य पनि बलियो बनाउने उद्धेश्य राखिएको छ । बालबालिकाको सिकाईको प्रक्रियामा चलचित्र विशेष माध्यम हुनसक्ने अवधारणाका साथ उहाँहरुको पहुँचसम्म पु¥याउन तथा बाल्यकालदेखि नै चलचित्र साक्षरताको विकास गर्न एसिएफ नेपाल प्रतिवद्ध छ ।
एसिएफ नेपालका कार्यक्रमगत उद्धेश्य
– नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव आयोजना ।
– यस अन्तर्गत ‘स्कुल टु स्कुल फिल्म फेस्टिभल’ आयोजना ।
– स्कुलहरुमा नियमित बाल–चलचित्र प्रदर्शनी तथा छलफल कार्यक्रम ।
– योङ्ग फिल्म मेकिङ वर्कसप (१८ वर्ष मुनिकालाई चलचित्र निर्माण कार्यशाला) ।
– स्कुलमा सिनेमा क्ल्ब निर्माण तथा सञ्चालन ।
– शिक्षामा चलचित्रको महत्व सम्बन्धमा अभिभावक, शिक्षक तथा सरोकारवालासँग छलफल, अन्तक्र्रिया तथा तालिम ।
– बाल–चलचित्र संकलन तथा अभिलेखिकरण ।
– अनुसन्धान कार्यक्रम
– चलचित्रकर्मी वा विज्ञहरुसँग छलफल, प्रश्न वा अन्तर्वार्ता लगायतमा बालबालिकाको सहभागिता गर्ने–गराउने ।
– बालबालिकालाई फिल्मको समीक्षा लेखनको अभ्यास गर्ने–गराउने ।
भवदीय
केदार श्रेष्ठ (अध्यक्ष, एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल)