Ram Rajya

Ram Rajya the page of new nepal

प्रायः कालो ड्रेसमा देखिनुहुने प्रधानमन्त्री बालेन्द्र शाह आज सेतो ड्रेसमा देखिनुभएको छ । शनिबार बिहान उहाँले आफ्नो नयाँ...
09/05/2026

प्रायः कालो ड्रेसमा देखिनुहुने प्रधानमन्त्री बालेन्द्र शाह आज सेतो ड्रेसमा देखिनुभएको छ । शनिबार बिहान उहाँले आफ्नो नयाँ लुक्स सार्वजनिक गर्नुभएको छ । सेतो सर्ट, धर्के पाइन्ट, सेतो जुत्ता र कालो मोजाका देखिनुभएका शाहले चश्मा भने कालै छ ।


23/04/2026

आजदेखि सुकुम्बासी बस्तीमा डाेजर लगाउने सरकारकाे निर्णय तपाईंलाई कस्ताे लाग्याे ?

22/04/2026

रास्वपाले अबको गृहमन्त्री
कसलाई बनाउनु पर्ला ?
(तपाईंको मत के छ ?)

22/04/2026

अन्ततः राजीनामा

21/04/2026

बालेन शाह सरकारकाे कामलाई तपाईं कसरी मूल्यांकन गर्दै हुनुहुन्छ ?
#गज्जब #ठीकै #सामान्य

 #जनफौज’ निर्माण आवश्यक२०८२ मंसिर १५ गते विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभामा नेपाली कम्युनिस्ट...
01/12/2025

#जनफौज’ निर्माण आवश्यक

२०८२ मंसिर १५ गते विराटनगरमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभामा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनता रक्षाका लागि ‘जनफौज’ निर्माण आवश्यक भएको बताउनुभएको छ ।

‘देश अहिले पनि संकटमुक्त भइनसकेको दाबी गर्दै नेपाली जनताले नै राष्ट्रिय सुरक्षा गर्नुपर्ने’ बताउनुभयो ।

उहाँका अनुसार जेन–जी आन्दोलनका बेला केही घण्टामै देश राज्यविहीनताको अवस्थामा पुगेको थियो र दुई दिनसम्म “नेपाल रहेर नै नहरहने” अवस्था सिर्जना भएको थियो। सुरक्षा निकायको सीमित क्षमता उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘हाम्रो सेना मात्रले देशको रक्षा गर्न सक्ने स्थिति छैन, आवश्यकता परे देशका तीन करोड नेपाली नै फौज बन्न तयार हुनुपर्छ।’
प्रचण्डले जनशक्ति नै सबैभन्दा ठूलो शक्ति हुने र जनताको तागतले मात्र साम्राज्यवादी शक्तिलाई पराजित गर्न सकिने दाबी गर्नुभयो ।

प्रचण्डले कम्युनिस्ट पार्टीहरूको अहिलेको एकतालाई ऐतिहासिक उपलब्धि बताउँदै यसलाई हल्का रूपमा नलिन आग्रह गर्नुभयो ।

‘विगतमा जस्तै फुट–एकता होइन, रूपान्तरणपछि आएको स्थायी एकता हो। अब पुरानो तरिकाले होइन, नयाँ शैलीमा अघि बढ्छौँ,’ एकताबारेमा जनसमुदायलाई आश्वस्त पार्दै उहाँले भन्नुभयो ।

 #दीपेन्द्र खनियाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला काठमाडौं । पत्रकार तथा रेडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला पर...
23/11/2025

#दीपेन्द्र खनियाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । पत्रकार तथा रेडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

‘प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भर्खरै सकेको छ’ उनले भने, ‘अब शव पोस्टमार्टमका लागि लगिनेछ ।’

सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। तर, खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ। बिक्री गरे पनि खनियाँको परिवार त्यहीँ बस्दै आएको थियो । खनियाँका श्रीमती र एक छोरी छन्।

 #एआईजी दानबहादुर कार्की काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं ...
10/11/2025

#एआईजी दानबहादुर कार्की

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको कसञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिए काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह  ***N SASH
07/11/2025

जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिए काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह
***N SASH

जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । अर्यालले  जनताको भरोसा प...
06/11/2025

जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको उनको आरोप छ ।

सामाजिक सञ्जालमा गुरुङले भनेका छन्– 'देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।'

‼️ हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️
तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन।
देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।
सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।
काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।
ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई।
अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।
हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि।
हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं।
अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.
त्यसैले चेतना होस् ।
चुनाबको नाटक नचलोस्।
८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।
नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।
अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।
DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.
जनता जागिसके।
युवा जागिसके।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ram Rajya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ram Rajya:

Share

Category