Ram Rajya

Ram Rajya the page of new nepal

 #दीपेन्द्र खनियाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला काठमाडौं । पत्रकार तथा रेडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला पर...
23/11/2025

#दीपेन्द्र खनियाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । पत्रकार तथा रेडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

‘प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भर्खरै सकेको छ’ उनले भने, ‘अब शव पोस्टमार्टमका लागि लगिनेछ ।’

सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। तर, खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ। बिक्री गरे पनि खनियाँको परिवार त्यहीँ बस्दै आएको थियो । खनियाँका श्रीमती र एक छोरी छन्।

 #एआईजी दानबहादुर कार्की काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं ...
10/11/2025

#एआईजी दानबहादुर कार्की

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको कसञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।

जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिए काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह  ***N SASH
07/11/2025

जेनजी आन्दोलनपछि सार्वजनिक कार्यक्रममा पहिलोपटक देखिए काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह
***N SASH

जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । अर्यालले  जनताको भरोसा प...
06/11/2025

जेनजी अभियन्ता सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाएका छन् । अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको उनको आरोप छ ।

सामाजिक सञ्जालमा गुरुङले भनेका छन्– 'देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्री पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो। सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्। काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।'

‼️ हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️
तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन।
देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।
सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।
काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।
ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई।
अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।
हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि।
हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं।
अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.
त्यसैले चेतना होस् ।
चुनाबको नाटक नचलोस्।
८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।
नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।
अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।
DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.
जनता जागिसके।
युवा जागिसके।

गुन्डुमा खनाल र अाेली मिलन ।
04/11/2025

गुन्डुमा खनाल र अाेली मिलन ।

 #नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अन्तिम बैठकनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)आयोजक समितिको केन्द्री...
04/11/2025

#नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को अन्तिम बैठक

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
आयोजक समितिको केन्द्रीय समिति बैठक ।
माओवादीको आजको बैठकले नेकपा (एस)लगायतका
पार्टीसँगको एकतालाई अनुमोदन गर्दैछ ।
COMMUNIST PARTY

 #प्रतिलिपिको भरपूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिनुभएको छ । जेन–जी आन्दोलनका क्रममा २०८२ भदौ ...
04/11/2025

#प्रतिलिपिको भर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपि लिनुभएको छ ।
जेन–जी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते भण्डारीको निवासमा तोडफोड र आगजनी भएको थियो। त्यसक्रमममा नागरिकता पनि जलेको थियो। २०८२ कात्तिक १८ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट भण्डारीले नागरिकताको प्रतिलिपि लिनुभएको हो ।

 #कुलमानको काम विगत चार दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । आइतबार सहर...
02/11/2025

#कुलमानको काम

विगत चार दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ । आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङसहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिलाई स्थानीयको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिने सहमति भएको छ ।

 #अाफ्नाे रूप देखाए ।
02/11/2025

#अाफ्नाे रूप देखाए ।

 #थप उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पत्तिनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जाने भए...
27/10/2025

#थप उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पत्ति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जाने भएका छन्। २०८२भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवाको गर्धनमा १२ टाँका लगाइएको थियो।

साेही दिन देउवा पत्नी अारजु पनि कुटपिटमा पर्नु भएकाे थियाे । केही समयकाे अस्पताल बसाइपछि डिस्चार्ज हुनुभएकाे थियाे ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार देउवा केही दिनभित्रै सिंगापुर जाने तयारीमा छन्। प्रदर्शनकारीको आक्रमणमा घाइते भएपछि उनले पार्टी पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

 # जेनजी युनाइटेडका जेनजी पक्राउ  जेनजी युनाइटेडका सदस्य २०८२ कात्तिक ८ गते काठमाडौंकाे माइतीघरमा प्रदर्शनका लागि पुगेका...
25/10/2025

# जेनजी युनाइटेडका जेनजी पक्राउ

जेनजी युनाइटेडका सदस्य २०८२ कात्तिक ८ गते काठमाडौंकाे माइतीघरमा प्रदर्शनका लागि पुगेका थिए । जिल्ला प्रशासनको अनुमतिवना माइतीघरमा प्रदर्शन गर्न पुगेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

 #भग्नावशेषमा अाेली २०८२ भदाै २४ गतेकाे अान्दाेलनमा घर जलाइएपछि पहिलाेपटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालकाेट...
22/10/2025

#भग्नावशेषमा अाेली
२०८२ भदाै २४ गतेकाे अान्दाेलनमा घर जलाइएपछि पहिलाेपटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालकाेट पुग्नुभएकाे छ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ram Rajya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ram Rajya:

Share

Category