Tarun News

Tarun News Tarun News is one of the must popular online news portal of Nepal, operated by Triple media Pvt. Ltd

नेवार सेवा समिति घोराहीले लाखे नाचको अन्तिम दिन शनिबार दाङको घोराही बजारमा निकालेको लाखे जात्रा ।
05/09/2026

नेवार सेवा समिति घोराहीले लाखे नाचको अन्तिम दिन शनिबार दाङको घोराही बजारमा निकालेको लाखे जात्रा ।

धनुषाको औरही गाउँपालिका–५, औरहीमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार कृष्णको भेषमा सजिएका बालक गाईको बाछोसँग रमाउँदै...
05/09/2026

धनुषाको औरही गाउँपालिका–५, औरहीमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार कृष्णको भेषमा सजिएका बालक गाईको बाछोसँग रमाउँदै। तस्बिरः चन्द्रदेव साह

पाका तथा बालक छन् बिहाल (इन्द्रवज्रा छन्द)   भोटे नदी ताल फुटेर आयोचट्याङ झैँ उग्र प्रचण्ड छायो ।कालो भदौ मास छ यो करालप...
05/09/2026

पाका तथा बालक छन् बिहाल (इन्द्रवज्रा छन्द)

भोटे नदी ताल फुटेर आयो
चट्याङ झैँ उग्र प्रचण्ड छायो ।
कालो भदौ मास छ यो कराल
पाका तथा बालक छन् बिहाल ।।१।

जान्यो र कल्ले लिन सक्छ ज्यान ?
सोच्तै नसोची घर भो चिहान ।
अन्धो थियो निष्ठुरी क्रूर काल
पाका तथा बालक छन् बिहाल ।।२।

बाढी थियो कर्कश इन्द्रजाल
आतेस भो जीवन अन्धकार ।
उल्का टुटुल्का नथपून् प्रहार
पाका तथा बालक छन् बिहाल ।।३।

थापेर थाली कतिसम्म बाँच्नू ?
बस्ने थलो खै छ र ओत बस्न ?
फर्की नआऊन् यमराज चाल
पाका तथा बालक छन् बिहाल ।।४।

वेत्रावती ती रसुवा रुँदै छन्
संवेदना सोध दया पलाऊन् !
उद्धारका खातिर हौँ तयार
पाका तथा बालक छन् बिहाल।।५।
०००
मादी,सङ्खुवासभा
हाल: लोकन्थली,भक्तपुर।

भोटेकोशी बाढीका कारण रसुवाको सुरूङ मार्गमा  फसेकाहरुको खोजी तथा उद्धार कार्यमा खटिएका  नेपाली सेना ।  तस्बिरः सरस्वती न्...
04/09/2026

भोटेकोशी बाढीका कारण रसुवाको सुरूङ मार्गमा फसेकाहरुको खोजी तथा उद्धार कार्यमा खटिएका नेपाली सेना । तस्बिरः सरस्वती न्यौपाने

कृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न आज बिहानैदेखि  ला...
04/09/2026

कृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरमा पूजा आराधना तथा दर्शन गर्न आज बिहानैदेखि लामबद्ध भएका भक्तजन । तस्बिर: घनश्याम श्रेष्ठ

महाधिवेशनको चटारोका बीच कांग्रेसले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीलाई पनि सँगै अगाडि बढाउने रणनीति लिएको ...
04/09/2026

महाधिवेशनको चटारोका बीच कांग्रेसले आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनको तयारीलाई पनि सँगै अगाडि बढाउने रणनीति लिएको छ । बैठकले सम्बन्धित तहका निर्वाचनका लागि इच्छुक उम्मेदवारहरूको नामावली संकलन र छनौटको प्रारम्भिक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५ औं केन्द्रीय महाधिवेशनको मिति तय गर्दै सांगठनिक कार्यतालिका सार्वजनिक गर...

नेपाली कांग्रेसको ऐतिहासिक १५ औं केन्द्रीय महाधिवेशन आगामी २०८३ मंसिर २१, २२ र २३ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भए...
03/09/2026

नेपाली कांग्रेसको ऐतिहासिक १५ औं केन्द्रीय महाधिवेशन आगामी २०८३ मंसिर २१, २२ र २३ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ। प्रा.डा. शशांक कोइरालाको संयोजकत्वमा बसेको तयारी समितिको बैठकले असोज १५ देखि वडा अधिवेशन सुरु गरी मंसिर ४ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी विस्तृत कार्यतालिका पारित गरेको छ।

सिंहदरबारमा बिहीबार  बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक । बैठकमा समितिको आव २०८२/०८३ को वार्षिक प्रतिवेद...
03/09/2026

सिंहदरबारमा बिहीबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक । बैठकमा समितिको आव २०८२/०८३ को वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल भएको थियो । तस्बिरः गोपाल दाहाल

भक्तपुरको मध्यपुर थिमि वडा नं ८ बोदेमा सोमबार राति नचाइँएको नीलबाराही नाच। मल्लकालदेखि सञ्चालन हुँदै आएको उक्त नाचमा भैर...
01/09/2026

भक्तपुरको मध्यपुर थिमि वडा नं ८ बोदेमा सोमबार राति नचाइँएको नीलबाराही नाच। मल्लकालदेखि सञ्चालन हुँदै आएको उक्त नाचमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह र सिंहिनी चार, द्वारपाल दुई, गणेश चार गरी १९ देवगण हुनेछ भने विभिन्न बाजा बजाइन्छ । तस्बिर: रत्न श्रेष्ठ

भोजपुरको पौवादुङमा गाउँपालिका–३ मा रहेको प्याक्लाबेँसीको धान फाँट । यो क्षेत्रलाई पौवादुङमाको अन्नको भण्डार रुपमा लिइन्छ...
01/09/2026

भोजपुरको पौवादुङमा गाउँपालिका–३ मा रहेको प्याक्लाबेँसीको धान फाँट । यो क्षेत्रलाई पौवादुङमाको अन्नको भण्डार रुपमा लिइन्छ । तस्बिरः युवराज विष्ट

Address

Anamnagar
Kathmandu
44600

Telephone

+9779842106738

Website

Alerts

Be the first to know and let us send you an email when Tarun News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tarun News:

Shortcuts

Share