Tatpar Khabar

Tatpar Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tatpar Khabar, Media/News Company, Kathmandu.

जिल्ला प्रहरी कार्यालय, लमजुङद्वारा "Safe Steps Together" अभियान सहित "प्रहरीसँग एक दिन" कार्यक्रम सम्पन्न        #नेपाल...
23/06/2025

जिल्ला प्रहरी कार्यालय, लमजुङद्वारा "Safe Steps Together" अभियान सहित "प्रहरीसँग एक दिन" कार्यक्रम सम्पन्न

#नेपालप्रहरी

01/06/2025

काठमाण्डौ जिल्ला प्रशासनले २ महिनाको लागि सभा जुलुस कार्यक्रम गर्न:
- सिफल चौर
- कोटेश्वर आकासे पुल देखि दक्षिण बालकुमारी एरिया
- बल्खु एरिया

तोकेको छ भने यो बाहेक अन्य कुनै ठाउँमा जुलुस गर्न नपाउने भनेर सूचना नीकालेको छ ।

दु:खद खबर !!! #जाजरकोटजिपदुर्घटना घाइते आमाको काखमा बसेर 'बुबु' खोजिरहेको बच्चालाई के थाहा आमा जीवन र मृत्युको दोसाँधमा ...
06/08/2024

दु:खद खबर !!!
#जाजरकोटजिपदुर्घटना
घाइते आमाको काखमा बसेर 'बुबु' खोजिरहेको बच्चालाई के थाहा आमा जीवन र मृत्युको दोसाँधमा हुनुहुन्छ । निक्कै हृदयबिदारक देखिने यो जाजरकोटको जिप दुर्घटनाको दृश्य हो ।
खलंगादेखि नेटाबजार जाँदै गरेको ग१ज ७७११ नम्बरको बोलेरो जीप आज दिउसाे दुर्घटनामा परेको थियो । दुर्घटनामा भेरी नगरपालिका-६ गंगटियाका ३५ वर्षीय चालक मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको थियोे । भने बाकी १४ जना घाइतेहरु जिल्ला अस्पताल जाजरकोट र सुर्खेतमा उपचाररत छन । मृतक वलीप्रति भावपूर्ण श्रद्धाञ्जली ! घाईते बच्चाको आमा र अस्पतालमा उपचाररत सबैलाई सिघ्र स्वास्थ लाभकाे कामना गर्दछु ।

29/07/2024

पोखरामा विद्यार्थी चढेको बस दुर्घटना भएको छ । पोखरा बिरौटाको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस विद्यार्थी बोकेर आउँदै गर्दा फुस्रेखोला नजिकै सडकमा पल्टिदा २४ जना घाइते भएका छन् ।

घाइते २४ विद्यार्थीमध्ये दुई जनालाई गम्भीर चोट लागेको छ । घाइतेहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेज र नमस्ते अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

बस घुम्ती मोड्ने क्रममा सडकदेखि करिब ५० मिटर तल खसेको छ । बसका चालक भने अहिले फरार रहेको प्रहरीले बताएको छ ।

29/07/2024

पोखरामा विद्यार्थी बोकेको बस दु-र्घटना हुँदा २४ जना घाइते भएका छन् 😥

विनाशकारी भूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा 🥺🥺🥺२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई हजारौँ मानिसको ज्...
24/04/2024

विनाशकारी भूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा 🥺🥺🥺

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई हजारौँ मानिसको ज्यान जाने गरि गएको विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको हो।भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको सम्झनामा गाउँपालिकाले आज बिहान ११ः४५ बजे हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली कार्यक्रम पनि राखेको छ ।

23/04/2024

काठमाडौं ।
यशस्वी जैसवालको शतकमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि सहज जित निकालेको छ । मुम्बईले दिएको १८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो ।

राजस्थानका यशस्वीले सर्वाधिक १०४ रन बनाए । ६० बल खेलेका उनले ७ छक्का र ९ चौका प्रहार गरे । यस्तै जोस बट्‍लरले ३५ तथा सन्जु सामसनले ३८ रन बनाए । मुम्बईका लागि पियुश चावलाले १ विकेट लिए ।

सवाई मानसिंह स्टेडियम टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाए। ४५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। नेहल बढेरा ४९, मोहम्मद नाबी २३, सूर्यकुमार यादव १० र कप्तान हार्दिक पाण्ड्या १० रनमा आउट भए।

राजस्थानका लागि सन्दीप शर्माले सर्वाधिक ५ विकेट लिए ।यस्तै ट्रेन्ट बोल्टले २ विकेट लिँदा आवेश खान र युजवेन्द्र चहलले १-१ विकेट लिए।

23/04/2024

लोकतन्त्र स्थापनाको १८ वर्ष पूरा भयो । संविधान जारी भयो, मुलुक संघीय संरचनामा प्रवेश गर्‍यो । यसबीचमा संघ, प्रदेश र स्थानीय तहमा नियमित दुईपटक निर्वाचन पनि भए । तर, व्यवस्थामा जुन गतिमा नेपाली जनताले परिवर्तन देख्न पाए, त्यही गतिमा आफ्नै जीवनमा भने अवस्थाको परिवर्तन अनुभूत गर्न पाएनन् । आवधिक निर्वाचन भइरहेको छ, तर संघ र प्रदेशका सरकार भने अस्थिर छन् ।
Dr. Baburam Bhattarai

khabar TVHD

23/04/2024
22/04/2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार नगर्ने बताएका छन् ।

22/04/2024

कतारी राजाको भ्रमणका क्रममा पर्यटन, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरु हुने मन्त्री शर्माले जानकारी दिनुभयो।

22/04/2024

पोखराका ६ वटा सहकारीबाट मात्र ३ अर्ब रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ । ती सबै सहकारीका सञ्चालक र जिम्मेवार व्यक्तिहरु अधिकांश फरार भएको र उनीहरुलाई राजनीतिक दल र नेताहरुको संरक्षण रहेको पीडितहरुको आरोप छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tatpar Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tatpar Khabar:

Share