27/08/2026
आत्महरू कामिरहेका छन्। शब्द लेखिरहदा हातहरु कामिरहेको छन ।हामीहरु यति टाढा सुरक्षित बसेर news हरु हेर्दा त यति पीडा भएको छ ।यति गाह्राे भएको छ अझ भोग्नेको के हालत भएको होला त्यो कल्पना पनि गर्न सकिँदैन । यदि धेरै पानी आएको भए त आज बाढी आउन सक्छ भन्ने थाहा हुन्थयो तर सधै जस्तै सुरु भएको त्यो दिन यसरी खत्म हुन्छ भन्ने कसलाई के थाहा ,ती मृत आत्मलाई के थाहा यो बिहान अन्तिम हो भनेर .... न बाच्ने सङघर्ष गर्न पाए न गुहार नै लगाउन पाए ।एक्कासी कसरी उनीहरु माथि आकाश खस्यो थाहै पाएनन् । घामको झुल्को सँगै जागेका ती आँखा घाम नअस्ताउँदै निदाए । खै कसरी सहे , त्यो देखिरहँदा उनको दिमागले के सोच्यो होला । कतिले आफ्ना प्रदेशीएका छोराछोरी सम्झे होलान कतिले आफ्नो पति ::: सोचे होलान अब हामी कहिले भेटिने छैनौं । कति अझै पनि छटपटाइ रहेका छन् ।
कोहि बाध्यताले मोरेका छन ।कोहि सायद मोर्नै चाहेर होला बाढीले बगाएर लाएको ग्यास सिलिन्डर दाउरा झिक्न हान थाप छ ।त्यो देखेर अचम्म लाग्छ ।यति धेरै खबर थाहा पाउँदा नि यति धेरै लापरबाही बनिरहेका छन्।
बेपत्ता भएका सबैको सकुशल उदा्र होस्। अनि मृत आत्मको चिर शान्तिको कामना ।
भगबान सँग यही पार्थना गरौ सबै सकुशल रहनुहोला ।