Buddhist Himalayan

Buddhist Himalayan “Three things cannot be long hidden: the sun, the moon, and the truth.”

विश्व शान्तिको लागि सबैले प्रार्थना गरौं 🙏🌻
02/11/2025

विश्व शान्तिको लागि सबैले प्रार्थना गरौं 🙏🌻

सधै सन्देह गरिरहने मान्छेको लागि सुख न यो लोकमा छ, न परलोकमा ।❤️🙏
02/11/2025

सधै सन्देह गरिरहने मान्छेको लागि सुख न यो लोकमा छ, न परलोकमा ।❤️🙏

गुरु रिन्पोछेको क्रोधी रूप — दुष्टताको विनाश र सत्यको स्थापना उहाँको आगो जस्तो दृष्टिमा करुणा लुकेको छ, जो अन्धकारलाई जल...
01/11/2025

गुरु रिन्पोछेको क्रोधी रूप — दुष्टताको विनाश र सत्यको स्थापना उहाँको आगो जस्तो दृष्टिमा करुणा लुकेको छ, जो अन्धकारलाई जलाएर ज्ञानको उज्यालो ल्याउँछ ।

ओम् आ हुँ बज्र गुरू पद्म सिद्धी हूँ |🙇☸️🥀

01/11/2025
तेरो र मेरो छाड । आफ्नो र पराय छाड । तब सबैकुरा तिम्रो हुनेछ र तिमी सबैको हुनेछौं ।💕🙏
01/11/2025

तेरो र मेरो छाड । आफ्नो र पराय छाड । तब सबैकुरा तिम्रो हुनेछ र तिमी सबैको हुनेछौं ।💕🙏

सत्य बोल्नुस्, सत्यको मार्गमा हिड्नुस्। धेरै कुराहरु सम्झिना पर्दैन। ❣️𝗢𝗺 𝗠𝗮𝗻𝗶 𝗣𝗮𝗱𝗺𝗲 𝗛𝘂𝗻𝗴. 🙏1𝗢8!!
01/11/2025

सत्य बोल्नुस्, सत्यको मार्गमा हिड्नुस्। धेरै कुराहरु सम्झिना पर्दैन। ❣️
𝗢𝗺 𝗠𝗮𝗻𝗶 𝗣𝗮𝗱𝗺𝗲 𝗛𝘂𝗻𝗴. 🙏1𝗢8!!

जुन व्यक्तिले सबै इच्छा त्याग गर्छ । म र मेरो भन्ने लोभ एवं भावनाबाट मुक्त हुन्छन् । उसलाई अपार शान्ति प्राप्त हुन्छ ।❤️...
01/11/2025

जुन व्यक्तिले सबै इच्छा त्याग गर्छ । म र मेरो भन्ने लोभ एवं भावनाबाट मुक्त हुन्छन् । उसलाई अपार शान्ति प्राप्त हुन्छ ।❤️🙏

31/10/2025

पद्मराशिस्तूप वा बहुद्वारस्तूपको उत्पत्ति तथा भगवान् बुद्धको संक्षिप्त जिवनी

भगवान् गौतम बुद्धको जन्म लगभग ४६३ ई.पू. मा नेपालको कपिलवस्तु निकट अत्यन्त रमणीय स्थल लुम्बिनी उद्यानमा भएको थियो । राजकुमार सिद्धार्थको जन्म हुँदा सारा जगत प्रकाशमान भएको थियो ।

यसरी सुन्दर नगरी कपिलवस्तुमा राजा शुद्धोदनले राज्य सञ्चालन गर्ने गर्दथे । त्यसबेला उक्त स्थानमा सबै प्रजाहरु सुखी र समृद्ध थिए । यसरी वैभवशाली राजा शुद्धोदनको विवाह पश्चात् पनि धेरै लामो समयसम्म सन्तान लाभ नभएपछि महारानी मायादेवीको बहिनी प्रजापति गौतमीलाई समेत राजा शुद्धोदनले आफ्नी कान्छी महारानीको रुपमा ग्रहण गरेका थिए । यसरी सन्तानको आश गर्दागर्दै लगभग बाईस वर्ष बितेपछि महारानी मायादेवीको कोखबाट अत्यन्त सुन्दर बालकको जन्म भयो ।

साधारणतय स्त्रीहरुलाई प्रसुती पिडाले भयंकर सताउने गरे तापनि राजकुमार सिद्धार्थको जन्म हुँदा भने महामायादेवी दुःख र कष्ट झेल्नको साटो अत्यन्त हर्षित भई देवदह फर्किने क्रममा अति नै मनमोहक लुम्बिनी उद्यानमा मधुर स्वरमा गी गाउँदै यताउती टहली रहेका थिए । यत्तिकैमा महामायादेवीले एउटा विशेष सालको वृक्षको हाँगामा समाउँदै शान्तिको अग्रनायक बोधिसत्व सिद्धार्थ गौतमलाई जन्म दिइन् ।

यसरी राजकुमार सिद्धार्थ जन्मदा सारा जगतमा एक प्रकारको दिव्य प्रकाश छाएको सबैले अनुभव गरेका थिए । के बालक के वृद्ध को अपांग को सपांग सबैले अत्यन्त सुख क्षणको अनुभव गरेका थिए । शास्त्रहरुमा यस्तो पनि भनिएको छ कि, बोधिसत्व सिद्धार्थको जन्म हुँदा सबै प्रकारको प्रतिकुल अवस्था अनुकुल र सहज बनेका थिए ।

सिद्धार्थ गौतमले ६ वर्षको कठोर तपस्यापछि सागा दावा अर्थात् वैशाख पूर्णिमाका प्रभातकालिन समयमा सम्यक सम्बुद्धत्व प्राप्त गरेका थिए । यसरी सम्यक सम्बुद्धत्व प्राप्त गरी राजकुमार सिद्धार्थ एक हप्तासम्म बोधगयाको बोधिवृक्षमुनि एकसुर एकमनले ध्यानमा लीन रहनभयो । कहिले चारद्विपको किनारा त कहिले नागराज वृक्षमुनि भने कहिले न्याग्रोध वृक्ष त कहिले नागवृक्ष वनमा निवास गर्नुहुँदै अनेक सर्वगतहरुलाई बोधिमा परिपाक गरेका थिए ।

तत्पश्चात् राजकुमार सिद्धार्थले यसरी मनमनै कुरा खेलाउनु भयो कि – “मैले गम्भीर, शान्त, निर्मल, आभास्वर, असंस्कृत तथा अमृत समान धर्म प्राप्त गरेको छु । तसर्थ मैले पाएको ज्ञान यदि अरुलाई सुनाए तापनि उनीहरुले सजिलै बुझ्नु सक्दैनन् ।” अतः चुपचाप वनमा निवास गर्नु नै वेश होला भन्ठानी बोधिज्ञान प्राप्त गरेको उनान्चास दिनसम्म चुपचाप मौनव्रतमा बसेका थिए । यस्तो गम्भीर अनि अमृत समान ज्ञान बोधिसत्व सिद्धार्थको मुखारविन्दबाट बाहिर नआउने हो भने कसरी असंख्य सत्वप्राणीहरुको हित होला भनी अनगिन्ती देवता तथा बोधिसत्वहरुले सिद्धार्थ गौतमलाई धर्मोपदेशको निम्ति प्रार्थना गरेका थिए ।

यसरी बारम्बार धर्मोपदेशका निम्ति अनुरोध गर्नुहुनेहरुमा विशेष गरी सम्हपत्ति ब्रम्हाले भगवान् बुद्ध आफूले प्राप्त गरेको अमृतमय धर्म अरुले पनि सुन्ने मौका पाएमा सबैले यसबाट अधिक लाभ लिन सक्ने थिए भनी सोच्नुहुँदै भगवान् बुद्धलाई धर्मोपदेशका निम्ति प्रार्थना गरेका थिए । यसरी ब्रम्हाले बारम्बार अनुरोध गर्नुभएपछि भदन्त भगवान् बुद्धले प्रथमपल्ट धर्मचक्र प्रवर्तन गर्ने निधो गर्नुभयो । यसप्रकार बोधिसत्व सिद्धार्थले आफ्नो अनुरोधलाई स्वीकार गरेकाले सम्हपत्ति ब्रम्हा खुसीले गद्गद हुँदै ब्रम्हलोकमा पुनः फर्केका थिए ।

उता राजा शुद्धोदनको दरबारमा पनि राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरेका चर्चा परिचर्चाले व्यापक स्थान पाई सकेको थियो । चोक–चोक अनि गल्ली र नगर हुँदै गाउँ–गाउँमा समेत जताततै राजकुमार सिद्धार्थले बुद्धत्व प्राप्त गरेको चर्चा परिचर्चा मात्र सुनिन्थ्यो ।

यस्तो खुशीको खबर विस्तारै राजा शुद्धोदनको कानमा समेत पर्न गयो । तर पनि आफ्नो छोरो राजकुमार भएर पनि घरघरमा भिक्षाटन गर्दै हिँडेको राजालाई त्यत्ति चित्त बुझेको थिएन । तर जब राजकुमार सिद्धार्थले गम्भीर, शान्त अनि अमृतमय ज्ञान प्राप्त गरिसकेको तथ्य थाहा भएपछि भने राजा शुद्धोदनमा पनि अन्य प्रजाहरुमा जस्तै खुशीको सिमा रहेन । हुनेभए उनी आकाशमा पंक्षी झैं भएर उड्थे र आफ्नो सबैभन्दा प्यारो पुत्र सिद्धार्थ गौतम छेउ पुगी उनलाई आफ्नो अंगालोमा बाँधेर राखुँ जस्ता अनेक खुसीका तरङ्गहरुले राजालाई तरङ्गित पारेको तथ्य राजाको हँसिलो मुहार र हर्षोल्लासमय व्यवहारबाट प्रष्ट झल्कन्थे ।

महारानी प्रजापति गौतमीले पनि जन्मेको सातै दिनमा राजकुमार सिद्धार्थकी आमा महामाया देवीको देहान्त भएकोले त्यसै दिनदेखि आफ्नै छोरो समान पालन पोषण गरी बामे सर्ने अवस्थादेखि टुकु–टुकु हिँड्दै कोमल गुलावसरी ती हातले आफ्नो औठो पक्रेर ताते–ताते गर्दै बाग बगैंचामा हिडडुल गरेको मिठो सम्झना मानसपटलमा मडारिँदा प्रजापति गौतमीको आँखाबाट अनायास अविरल रुपमा खुशीका आँसु तप्कन्थे । एउटी नारीले आफ्नो सन्तानको सुख बाहेक अरु के नै सोच्न सक्थिन् र ? आमाको न्याने काख छोडेर अनकन्टार तरङ्गहरुले महारनी गौतमीलाई पनि त्यत्तिकै सताई रहेको बेला तीन त्रिलोकमा नै सबैभन्दा श्रेयस्कर अनि उत्तम ज्ञान पाएको खबरले गर्दा उदास–उदास कपिलवस्तुको दरबार एकपल्ट फेरि दुलही झैं सजिसजाउ परेको देखिन्थे ।

जताततै खुशीको माहोल छाएकोले मानौं शिसिरको उराठलाग्दो समयलाई छिचोल्दै वसन्त ऋतुको आगमन खुसी र उमंगतका साथ व्याप्त भएको होस् । यस्तो खुसीको पावन अवसरमा राजा शुद्धोदनले खुशीको माहोलमा एउटा ज्यादै भव्य स्तूपको स्थापना गर्नेबारे विधिवत् रुपमा घोषणा गरेका थिए ।

यसरी राजा, महाराजा, बुद्धिजीवि र समाजका विशिष्ट व्यक्तित्वहरु मिलेर राजकुमार सिद्धार्थले बोधिज्ञान प्राप्त गरेको स्मरणमा देव तथा मनुष्यहरुद्वारा एउटा यस्तो भव्य तथागत स्तूपको निर्माण सम्पन्न गरेका थिए जसलाई बोधिस्तूप (झ्याङछ्युव छ्योर्तेन) को नामले चिन्दछन् । यसरी चाहे त्यो पद्मराशि स्तूप होस् या बोधिस्तूप जुनसुकै तथागत स्तूपको परिक्रमा (कोरा) गर्दा अनेक किसिमको पुर्वकृत पापहरु नाश हुने भए तापनि खास रुपमा शरीरद्वारा सञ्चित पाप शोधन हुनेहुन्छ । यति मात्र हैन कुनै पनि (छ्र्योतेन) स्तूपको प्रदक्षिणा (कोरा) गर्नाले सबै मनोभाव एवं मनोकांक्षा पूर्ण हुने र दुर्गतिका सारा ढोकाहरु बन्द हुनाका साथै सात स्वर्गीय गुणहरुले समेत युक्त हुन्छ ।

स्तूपको परिक्रमा र प्रदक्षिणा गर्नाले अपार पुण्य लाभ गर्न सकिने बारे चैत्य परिक्रमागाथामा विस्तृत रुपमा वर्णन गरिएको छ ।

–टिका शेर्पा (थुप्तेक काल्साङ

Copyright© – हिमगाथा साप्ताहिकमा प्रकाशित
२२ सोमबार २०७० पुस
Monday, January 06, 2014

31/10/2025
31/10/2025

न यो शरीर तिम्रो हो । न तिमी यो शरीरका हौ । यो शरीर त पञ्च तत्वले बनेको छ, आगो, जल, वायु, पृथ्वी र आकास । एक दिन यो शरीर यही पञ्चतत्वमा विलिन हुन्छ ।❤️🙏

Address

Boudha Stupa
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Buddhist Himalayan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddhist Himalayan:

Share

Buddhist Himalayan

Conquer the angry one by not getting angry; conquer the wicked by goodness; conquer the stingy by generosity, and the liar by speaking the truth.