TaksarNews

TaksarNews taksarnews.com

01/09/2026
31/08/2026

उद्धारका नाममा बाढी प्रभावित भग्नावशेष भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी

नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेषमा परिणत भएका घर तथा भवनमा उद्धारका नाममा अनधिकृत रूपमा प्रवेश नगर्न चेतावनी दिएको छ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी गर्न पाइने बताए ।

उनका अनुसार विपद्को अवस्थालाई अवसर बनाएर आपराधिक गतिविधि गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको छ। आपराधिक मनसायले कोही व्यक्ति भग्नावशेष वा खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न उनले नागरिकलाई आग्रह गरे ।

https://taksarnews.com/2026/08/90788/

31/08/2026

Nepal's No 1 Trusted News Source

काठमाडौं । लेदोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिए...
28/08/2026

काठमाडौं । लेदोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

अवरुद्ध सडकमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ।

लेदो पन्छाउने तथा सडक खुलाउने कार्य जारी राख्दै राजमार्गमा आवागमन क्रमशः सहज बनाइएको मन्त्रालयले जानकारी दिएको छ।

यससँगै पृथ्वी राजमार्गको गल्छी–मलेखु खण्डमा सवारीसाधन सञ्चालनमा आएको हो।

https://taksarnews.com/2026/08/90605/

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when TaksarNews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TaksarNews:

Shortcuts

Share