Hamro Nepal

Hamro Nepal for news and media webside

अमेरिकामा बस्दै आएकी  Sangam bista  भन्ने नानी लेख्नुहुन्छ: एक वर्ष अगाडिको कुरा हो। म अमेरिका आएको केही समय मात्र भएको ...
03/04/2026

अमेरिकामा बस्दै आएकी Sangam bista भन्ने नानी लेख्नुहुन्छ: एक वर्ष अगाडिको कुरा हो। म अमेरिका आएको केही समय मात्र भएको थियो, र सानैदेखि डिप्रेसन र एन्क्साइटीसँग संघर्ष गरिरहेकी थिएँ। घरबाट टाढा, एक्लै, एउटा अपरिचित ठाउँमा हुँदा यी सबै कुराले मलाई निकै अँध्यारो चरणमा पुर्‍यायो। मेरो मानसिक अवस्थाका कारण म अस्पतालमा भर्ना हुनुपर्‍यो। सायद वर्षौँदेखि आफैँसँग लड्दा-लड्दै मेरो मन र दिमागले हार मानेको थियो।
अस्पतालबाट डिस्चार्ज भएपछि, “अलि प्रयास गरे राम्रो दिन आउला” भन्ने आशा थियो। त्यही समयमा नेपालबाट केही अंकलहरू अमेरिका आउनुभएको थियो। उहाँहरू हाम्रो परिवारसँग वर्षौँदेखि चिनजान भएका हुनुहुन्थ्यो—कसैलाई म दाइ भन्थेँ, कसैलाई अंकल।
यस्तो गाह्रो समयमा, आफ्नै कोही नभएको ठाउँमा आफ्नै जस्तो मानिस भेट्दा छोरीलाई केही सहज होला कि भनेर मेरो बुबाले एकचोटि भेट्न भन्नुभयो। मसँग ऊर्जा थिएन, औषधिमा थिएँ, र निकै एक्लो महसुस गर्थेँ। तर पनि, सायद यो अपरिचित सहरमा आफ्नै कोही भेट्दा घाममा छायाँको जस्तो सान्त्वना पाइन्छ कि भनेर भेट्न गएँ।
एक जना अंकललाई भेट्न पाइएन, तर जसलाई म दाइ भन्थेँ, उहाँसँग भेट भयो। कुराकानी हुँदै जाँदा उहाँले “तिमी बसेको ठाउँ हेरौँ न त” भन्नुभयो। मैले १० वर्षभन्दा बढी समयदेखि चिन्ने, दाइ मानेको मान्छेलाई विश्वास गरेर आफ्नो अपार्टमेन्ट देखाउन लगेँ।
अपार्टमेन्टमा बसेर कुरा गर्दा मेरो स्वास्थ्यको कुरा निस्कियो। मैले आफ्नो संघर्ष सबै साझा गरेँ—रोएँ, भनेँ, कति गाह्रो भइरहेको छ भनेर। मलाई थाहा थिएन, जसलाई म दाइ मान्थेँ र हाम्रो परिवारले आफ्नै जस्तो ठान्थ्यो, त्यो मानिस त एउटा राक्षस रहेछ।
म बलात्कृत भएँ।
जति आशा बाँकी थियो, जति शक्ति बाँकी थियो, सबै हरायो। मेरो आवाज निस्किएन। म चिच्याउन चाहन्थेँ, आफ्नो परिवारलाई भन्न चाहन्थेँ, तर त्यस्तो अवस्थामा पनि केही भनेँ भने मेरो परिवार टुट्छ कि भन्ने डर लाग्यो।
माफ गर्नुहोस् बाबा, अहिले यसरी लेख्दैछु, तर तपाईंलाई भन्न सकिनँ। सायद तपाईं सँगै हुनु भएको भए तपाईंको काखमा रोएर लड्ने हिम्मत जुटाउँथेँ होला। तर म तपाईंभन्दा धेरै टाढा थिएँ। त्यतिखेर एक सास फेर्न पनि गाह्रो भइरहेको अवस्थामा, आफ्नो लागि कसरी लड्थेँ होला?
म भन्न सकिनँ, कसैलाई भन्न सकिनँ। आफैँदेखि घिन लाग्न थाल्यो। वर्षौँदेखि भएको संघर्षका कारण मेरो आत्मा, शरीर, दिमाग र मन—सबैले हार माने।
जीवन त्याग्न पनि सकिनँ, परिवारको बारेमा सोचेर। तर यो घटनाले मलाई हरेक दिन भित्रभित्रै खाइरहेको छ। राम्रोसँग सास फेर्न सक्दिनँ, खान सक्दिनँ, लाग्छ म एउटा जीवित लासजस्तै भएकी छु।
र त्यो राक्षस आफ्नो घर फर्केर खुलेआम बाँचिरहेको छ।
आज अलि हिम्मत आयो र यो लेखेँ। मलाई थाहा छ, मैले न्याय पाउँदिनँ, र अब लड्ने हिम्मत पनि छैन। तर जसले मसँग यस्तो गलत गर्‍यो, उसले आफ्नो कर्मको परिणाम भोग्नै पर्छ। भविष्यमा उसले अरू कसैसँग यस्तो गर्न नपाओस्।
मेरो सम्पूर्ण परिवारसँग माफी माग्न चाहन्छु। यसपछि तपाईंहरू मसँग निराश हुनुहुन्छ होला। तर सधैँ निराश बनाइरहने म एउटा असफल व्यक्ति त हुँ।
अन्त्यमा एउटा प्रश्न छ— कसैको जीवन बर्बाद गरेर बाँच्दा कस्तो महसुस हुन्छ?

अब अरु क्षेत्र को समाचार/गतिबिधि हेर्न छोडियो, रिखि धमला दाजी तिरै ध्यान केन्द्रीत छ मेरो....उहाँ ले जेरि बनाउनु भयो, ट्...
22/01/2026

अब अरु क्षेत्र को समाचार/गतिबिधि हेर्न छोडियो, रिखि धमला दाजी तिरै ध्यान केन्द्रीत छ मेरो....
उहाँ ले जेरि बनाउनु भयो, ट्याक्टर मा चढ्नु भयो,उखु बोक्नु भो, साइकल चलाउनु भो, हाते आरोले प्लाइ काट्नु भो, रौतहट तिरै घरजम गरेर बस्छु भन्दै रुनु भा'छ अहिले सम्म । अरु हेर्दै जाम ... 🤭😁😂

20/01/2026

मनोनयन दर्ता गर्न उपास्थित हुन नसकेका रवि लामिछाने अहिले साढे सात बजे चितवन आएर के भने ?

20/01/2026

नौ वर्षसम्म माओवादीमा लागेका बुबा रवि लामिछानेलाई भेटेपछी भन्नुहुन्छ, " परान रहेसम्म घण्टि बजाईरन्छु ।"

20/01/2026

रवि लामिछाने समय अभावको कारण ५ बजेभित्र उपस्थित हुन नसक्ने भएपछि श्रीमती निकिता पौडेलद्वारा वारेसना मार्फत चितवन क्षेत्र नं २ मा रास्वपा सभापति रवि लामिछानेको उम्मेदवारी दर्ता भएको छ । केही समय पछि रबि लामिछाने चितवन आईपुग्ने छन । र सम्बोधन गर्ने सीता ज्ञ्यावलिले जानकारी दिएकी छन

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजिनामा दिइन
20/01/2026

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजिनामा दिइन

आजको राशिफल २०८२ पौष ३० गते (१४ जनवरी २०२६) बुधवार, माघ कृष्णपक्ष एकादशी तिथि, १८ः२२ बजेपछि द्वादशी। अनुराधा नक्षत्र। चन...
14/01/2026

आजको राशिफल
२०८२ पौष ३० गते (१४ जनवरी २०२६) बुधवार, माघ कृष्णपक्ष एकादशी तिथि, १८ः२२ बजेपछि द्वादशी। अनुराधा नक्षत्र। चन्द्रराशि वृश्चिक।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष - Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि औषधि जाेहाे गर्नुपर्ला। यात्रामा अधिक खर्च हुनेछ। अरूको विश्वास गर्दा काम रोकिन सक्छ।

वृष - Ta**us
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
घुमफिर तथा मनोरञ्जनमा अलमलिनाले काम बन्न समय लाग्नेछ। केही चुनौती अँगाल्दै अघि बढ्नुपर्ला। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। समस्या पन्छाउँदै अघि बढ्ने समय छ। अनावश्यक किनमेलमा फजुल खर्च बढ्ने र लेनदेनमा पनि केही नोक्सान पुग्ने देखिन्छ, सजग रहनुहोला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ।

मिथुन - Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।

कर्कट - Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा पुग्न सक्छ। परिस्थिति र समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।

सिंह - Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउला। घरायसी आवश्यकता बढ्नाले सञ्चित रकम खर्चनुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।

कन्या - Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै पछि पार्न सफल भइनेछ।

तुला - Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। समाजमा आफ्नो प्रभाव कमजाेर बन्नेछ। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहुन सक्छ। काम बनाउन निकै मिहिनेत गर्नुपर्ला। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला।

वृश्चिक - Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। रमाइलो जमघटमा सहभागी हुने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्व आकर्षित तुल्याउन सकिनेछ। तर, बेसुरको अलमलले काम रोकिन सक्छ। खानपानको असावधानीले स्वास्थ्य बिग्रनेछ। अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

धनु - Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाकाे आशा गर्दा आफ्नै धनमाल गुम्न सक्छ। बेलामा होस नपुर्याउँदा खर्च गराउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। थैली नहेरी किनमेलमा लाग्दा अधिक खर्च भएकाे थाहा नहुन सक्छ। उपकरण बिग्रनाले मर्मतमा खर्च गर्नुपर्ला।

मकर - Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

कुम्भ - Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले लाेकप्रियता दिलाउनेछ। नयाँ कामका लागि केही भौतिक साधन पनि जुटाउन सकिनेछ।

मीन - Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश धेरै फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ।

14/01/2026

जनता जनार्दनले आफैं मुल्यांकन गर्नुपर्ने बेला आएको छ ।

02/11/2025

बालेन दाजूले पनि कति छिट्टै प्रमाणित गर्दिनु भएको त ! तर यी सबै सिजनको फूलको कमाल त होला नि !
हेर्दै जाम सिजनको फूलको कमालहरु .....👇️👇️
゚viralシ

01/11/2025

अज एकादशीको दिन दर्शन गर्नुहोस ।
देवघाटधाममा तोरण तार्दै गरेको भिडियो..! 🕉️🕉️
पुण्य मिल्नेछ ।🕉️🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share