12/07/2026
सडकपेटी सफा गर्ने कि गरिबी लुकाउने?
नेपालका शासक र टाठाबाठाहरूलाई रातारात युरोप जस्तो चिल्लो सडक र 'एस्थेटिक' (सौन्दर्य) चाहियो रे! तर सडकपेटीमा दुई मुठा साग र अलिकति फलफूल बेचेर गुजारा गर्ने ती साना किसान र व्यापारीहरू कुन बाध्यताले त्यहाँ आइपुगे, त्यो कसैले देख्दैन।
गाउँदेखि डोको बोकेर, बिहानै उठी टाढाबाट आफ्नो पसिना बेच्न आउनेहरूसँग पसल भाडामा लिने हैसियत हुँदैन। उनीहरूको समस्याको मूल जरो (Root Cause) के हो? उनीहरूलाई व्यवस्थित ठाउँ कसरी दिने? यसबारे सरकार र ती 'धनी नागरिक' कहिल्यै सोच्दैनन्।
प्रहरी लगाएर डोको र ठेला बजार हुत्याउँदैमा सहर सुन्दर बन्दैन, बरु राज्यको लाचारी छरपस्ट हुन्छ। कसैको पेटमा लात हानेर आफ्नो सहर सफा राख्न खोज्ने तिम्रो यो 'सुन्दरता' को ढोंग बन्द गर!