Erastriya

Erastriya This is Official page of www.erastriya.com
online digital news portal of Nepal ltd

Official page of erastriya
We are officially registered
We deliver authentic news, information, entertaining and updates.this page under the erastriya media house Pvt.

21/10/2025

महेन्द्रनगरमा बिपिन जोशीको श!व यात्रा ! हार्दिक श्रद्धा!ञ्जली !😥

Vdo: Dp Bhatta

एमाले बैठकमा निरिह दुइ नेता न बोले न कतै खुले…
19/10/2025

एमाले बैठकमा निरिह दुइ नेता न बोले न कतै खुले…

आन्दोलनका नाममा आगो सल्काउने TOB कमाण्डरको नागरिकता नक्कली ठहर !!मलाई मेरो देश फिर्ता ले’ भन्ने चर्को नारा लगाउँदै जेनजी...
18/10/2025

आन्दोलनका नाममा आगो सल्काउने TOB कमाण्डरको नागरिकता नक्कली ठहर !!

मलाई मेरो देश फिर्ता ले’ भन्ने चर्को नारा लगाउँदै जेनजी प्रदर्शन र विध्वंशको क्रममा टिओबी अर्थात् टिबेटन ओरिजिनल ब्लड लेखिएको कालो ज्याकेट लगाएर सरकार ढाल्न तोडफोडमा संलग्न तेन्जिन दावा लामाको नागरिकता नक्कली ठहरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ कार्यालयमा शनिवारका दिन जन्म दर्ता गरेर उनलाई नागरिकता सिफारिस गरिएको थियो । उक्त सिफारिस फर्जी ठहरिएको रिपोर्ट प्रहरीले भर्खरै प्राप्त गरेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जन्मेको १० बर्षपछि ०६३ साल चैत १० गते शनिवारको नक्कली जन्मदर्ताका आधारमा बनाइदिएको नक्कली नागरिकताको सिफारिस जनाउने ढड्डा भदौ २४ को आगलागीमा डढाइएको छ तर काठमाण्डौ महानगरपालिकाले सो सिफारिस आफूले नगरेको पत्र काठमाण्डौ प्रहरी परिसरलाई पठाएको बुझिएको छ । अर्थात तेन्जिङ्गलाई नागरिकता दिलाउन टेकिएको आधार नै गलत ठहरिएको छ । यसवारे सोध्दा उनले आमाले के,कसरी सिफारिस बनाइदिनुभयो आफू जानकार नरहेको बयान दिएका छन् । स्रोतका अनुसार तेन्जिङ्गले सोही नागरिकताको आधारमा राष्ट्रिय परिचयपत्र र राहदानीसमेत बनाइसकेका छन् । सोही राहदानी बोकेर उनी अष्ट्रेलिया जाने तयारीमा थिए ।

वार्ड अध्यक्ष: पहिला महानगरको भवन बनाउ,मेयर बालेन: महानगरको भवन तिहारपछी सुरु हुन्छ,वार्ड अध्यक्ष: कुन बेला सुरु हुन्छ, ...
17/10/2025

वार्ड अध्यक्ष: पहिला महानगरको भवन बनाउ,

मेयर बालेन: महानगरको भवन तिहारपछी सुरु हुन्छ,

वार्ड अध्यक्ष: कुन बेला सुरु हुन्छ, जहिले पनि यो भनिरहेर, छिटो गर्न पर्यो ?

मेयर बालेन: १० दिनको तिहार मैले कसरी छिटो सक्काउनु त ?

वार्ड अध्यक्ष: हत्तेरिका, आजभन्दा दुई वर्ष अगाडि जिम्मा लिनुभएको थियो,

मेयर बालेन: आजै सक्काउन मिल्छ तिहार ?

वार्ड अध्यक्ष: आजै होइन भन्या, सुरुवात त गर्नुपर्यो नि,

मेयर बालेन: ए ल ल ठिकै छ, तिहारलाई चाडै सकिनु भन्छु म हस!

'दीपक खड्कालाई खोजेरै भएपनि नेपाल पठाउँछौ'
16/10/2025

'दीपक खड्कालाई खोजेरै भएपनि नेपाल पठाउँछौ'

  : विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टिमलाई Arna Beer ले १ करोड २ लाख रुपैंया दिने भएको छ । 😲🙆
15/10/2025

: विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टिमलाई Arna Beer ले १ करोड २ लाख रुपैंया दिने भएको छ । 😲🙆

बिपिन जोशिको निधनमा इजरायलले यसरी मनाउने भयो सोक 💔😢इजरायलको विदेश मन्त्रालयका महानिर्देशक एडेन बार-टालले हमासद्वारा अ’पह...
15/10/2025

बिपिन जोशिको निधनमा इजरायलले यसरी मनाउने भयो सोक 💔😢

इजरायलको विदेश मन्त्रालयका महानिर्देशक एडेन बार-टालले हमासद्वारा अ’पहरणपश्चात हत्या गरिएका नेपाली नागरिक बिपिन जोशीको श’व फिर्ता गरिएपछि नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईसँग टेलिफोन वार्ता गरेका छन्।

वार्ताका क्रममा महानिर्देशक बार–टालले बिपिन जोशीको निर्मम ह’त्या प्रति गहिरो दुःख व्यक्त गर्दै इजरायल राज्यका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरे।

उनीले जानकारी दिए अनुसार, बिपिन जोशीको सम्झनामा इजरायल र नेपाल दुबै देशमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिनेछ -इजरायलको विमानस्थलबाट शव पठाउने क्रममा र नेपाल आइपुग्दा हुने समारोहमा इजरायलका राजदूत उपस्थित रहने छन्।

बार–टालले थपे, इजरायल सरकारले बिपिन जोशीको परिवारलाई त्यही अधिकार र सहयोग प्रदान गर्नेछ जुन इजरायली नागरिकका परिवारले आफ्ना प्रियजन गुमाउँदा पाउने गर्छन्।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईले बिपिन जोशीको अपहरण र मृत्यु सम्बन्धी जटिल प्रक्रियामा इजरायल सरकारले देखाएको संवेदनशीलता र सहयोगप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।

आफूलाई जेनजी आन्दोलनको प्रतिनिधि बताउँदै सरकारी निकायका प्रमुखलाई धम्क्याउने अर्जुनकुमार शाही ठगी काण्डका नाइके भएको खुल...
14/10/2025

आफूलाई जेनजी आन्दोलनको प्रतिनिधि बताउँदै सरकारी निकायका प्रमुखलाई धम्क्याउने अर्जुनकुमार शाही ठगी काण्डका नाइके भएको खुलेको छ। वैदेशिक रोजगारीका नाममा कोरिया पठाइदिन्छु भन्दै उनले करिब ३० लाख रुपैयाँ उठाएको उजुरी परेको छ।

पीडितहरूका अनुसार, दर्जनौँ ठगी प्रकरणमा संलग्न शाही पछिल्लो समय विभिन्न युट्युबर र मिडियालाई साथमा लिएर अख्तियारदेखि अन्य सरकारी कार्यालयमा पुग्दै राजीनामा माग्ने र धम्की दिने गरेका थिए। तर, वास्तविकतामा उनी चेक बाउन्सदेखि गाडी खरिदसम्मका मुद्दा खेपेका प्रमाण सार्वजनिक भएको छ।

श्रेकृष्ण फुयालसहितका पीडितले महाराजगन्ज प्रहरी वृत्तमा २०८२ असार ३० गते उजुरी दर्ता गर्दै कानुनी कारबाहीको माग गरेका छन्। फुयालले मात्र झण्डै १० लाख रुपैयाँ ठगी भएको दाबी गरेका छन्।

स्रोतका अनुसार, शाहीले पछिल्ला दिनमा झण्डै आठवटा मोबाइल नम्बर प्रयोग गर्दै सरकारी कर्मचारीलाई आतंकित पार्ने काम गर्दै आएका छन्। तर, प्रहरी र सञ्चारमाध्यमलाई पीडितले आग्रह गरेका छन्– ठगीमा संलग्न व्यक्तिलाई बढावा नदिइ सच्चाइ बाहिर ल्याई पीडितलाई न्याय दिलाइदिन।

प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिने कार्यक्रममा समेत देखिएका शाही वास्तवमै ठगी प्रकरणमा मुछिएका व्यक्ति भएको पुष्टि उजुरी र प्रमाणहरूले गरेको छ। सबै प्रमाण ग्यालेक्सीखबरसँग सुरक्षित छन् ।
#ईराष्ट्रिय

कुलमान घिसिङ ऊर्जामन्त्री बनेलगत्तै पूर्वमन्त्री दिपक खड्का परिवारसहित देश छाडेको खुलासा भएको छ। उनका संखुवासभाका नेता–क...
14/10/2025

कुलमान घिसिङ ऊर्जामन्त्री बनेलगत्तै पूर्वमन्त्री दिपक खड्का परिवारसहित देश छाडेको खुलासा भएको छ। उनका संखुवासभाका नेता–कार्यकर्ताले समेत पुष्टि गरेका यो घटनाले राजनीतिक तरंग फैलाएको छ। भदौ २४ को आगजनीमा खड्काको बूढानीलकण्ठस्थित निवास खरानी बनेको थियो, जहाँ ठूलो मात्रामा नेपाली र विदेशी नोट भेटिए। यता, स्थलमार्ग हुँदै भारत प्रवेश गरेर अमेरिका पुगेको चर्चा छ, तर उनी तीन सातादेखि सम्पर्कविहीन छन्। सरकारले यसबारे छानबिन सुरु गरेको छ।

  : इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशीको निधन भएको औपचारिक घोषणा गरेको छ। आइडिएफले परिवारसँग भिडियो कन्...
13/10/2025

: इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपालका विपिन जोशीको निधन भएको औपचारिक घोषणा गरेको छ। आइडिएफले परिवारसँग भिडियो कन्फरेन्स गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी इजरायलमा रहेको दुतावासले दिएको हो।

तर, नेपाल सरकारका अनुसार, यो मात्र आइडिएफको आकलन हो र अझै पक्का पुष्टि भएको छैन। परराष्ट्र मन्त्रालयले विपिनको सकुशल रिहाइको आशा भने कायम राखेको छ। 💔😢

जेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर सित्तैमाजेनजी आन्दोलनको नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा स...
13/10/2025

जेनजी ग्रुपले लियो भोटेकोशीको १० प्रतिशत सेयर सित्तैमा
जेनजी आन्दोलनको नाममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले भोटेकोशी पावर कम्पनीलाई दबाब दिँदै भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा हत्याएको छ । भोटेकोशी जेन-जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडको नाममा स्थानीयको समूहले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर माग्दै आयोजनाको कामकाज एक महिनादेखि बन्द गराएको थियो ।
#ईराष्ट्रिय

जित!!!! नेपालले सुपर सिक्सको खेलमा यूएईलाई १ रनले पराजित गरेको छ!!!! #ईराष्ट्रिय
12/10/2025

जित!!!!
नेपालले सुपर सिक्सको खेलमा यूएईलाई १ रनले पराजित गरेको छ!!!!
#ईराष्ट्रिय

Address

Kathmandu Baneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Erastriya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share