28/10/2025
ब्रेकिङ न्युज —
प्रभु ग्रुपका अध्यक्ष तथा पूर्व एमाले सांसद देवी प्रकाश भट्टचनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार, भट्टचनलाई मंगलबार काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको हो। उनी केही समयदेखि अनुसन्धानको निगरानीमा रहेका थिए, र पर्याप्त प्रमाण जुटेपछि पक्राउ गरिएको बताइएको छ। भट्टचन हाल प्रभु ग्रुपका प्रमुख पदाधिकारी हुन्। यसअघि उनले प्रतिनिधि सभामा एमाले सांसदको रूपमा थिए।